Saturday, May 7, 2016

हो म पागल भएकै हुँः बाबुराम

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विकास र समृद्धिका लागि नयाँ शक्ति गठन गरिएको बताएका छन् ।

चितवनको भरतपुरमा शनिबार आयोजित आमसभामा बोल्दै भट्टराईले समृद्धिको नारा अघि सार्दा आफूहरुमाथि ‘पागल’ को आरोप लाग्ने गरेको बताए । आफूहरुसँग समृद्धिमार्फत नेयाँ नेपाल निर्माण गर्ने पागलपन रहेको उनको भनाइ थियो ।

‘म र अभियानमा जुटेका हामी अलिकति मुर्ख भएकै हौं र अलिकति पागल भएको हौं’, भट्टराईले भने, नेपालको समृद्धिको सपना र त्यसलाई पूरा गर्ने पागलपन हामीसँग छ, दुस्साहसिक काम गर्नेलाई नेपालमा पागल भन्ने गरिएको छ ।’

नयाँ शक्ति अभियानबारे जनताका विभिन्न तहमा आशंका रहेको स्वीकार गर्दै उनले नयाँ चिजको सुरुआत आशंकाबाटै हुने तर्क गरे । भट्टराईले लहड र सनकका भरमा नभई विवेकसंगत ढंगले सोचविचार गरेरै नयाँ शक्ति निर्माण अभियान थालेको बताए ।

उनले अबको १० वर्षमा नेपाललाई गरिबीमुक्त र दुई अंकको आर्थिक वृद्धि गर्ने हैसियतमा कसरी लैजाने भन्नेबारे आफूले खाका कोरिरहेको उल्लेख गरे । अभियानका सचिवालय सदस्य मुमाराख खनालले आगामी निर्वाचनमा नयाँ शक्तिलाई पहिलो पार्टी बनाएरै छाड्ने जिकिर गरे ।



from Nepal123.com - हो म पागल भएकै हुँः बाबुराम

No comments:

Post a Comment