२६ वैशाख, काठमााडौं । एमाओवादीको कारण झण्डै नढलेको केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०७३-०७४ को नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ । राष्ट्रपति भण्डारीले आज दिउसो चार बजे सरकारको तर्फबाट संसदमा बार्षिक नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका संसद सचिवालयले बताएको छ ।
भुकम्प पीडितहरुले मानो र छानो नपाएर छटपटाइरहेको बेला संसद सचिवालले भने लाखौं रुपैयाँमा खर्च गरेर संसद सजावट गरेको छ । स्वागतका लाागि संसद भवन पुरै सजाइको छ । सुरक्षा व्यवस्था पनि कडा गरिएको छ । राष्ट्रपति भण्डारीले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम पेस गर्न लागेकी हुन् ।
नीति कार्यक्रममाथि संसदमा दुई दिन छलफल हुने कार्यतालिका तय भएको छ । छलफलपछि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
नीति तथा कार्यक्रममा सरकारले यसपटक आर्थिक बृद्धिलाई दश वर्षमा दोहोरो अंकमा पुर्याउने लक्ष्य लिएको छ । उर्जा, कृषि, उद्योग र पर्यटन क्षेत्रले यसपटक प्राथमिकता पाएका छन् । भूकम्पछिको पुनर्निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउने प्राथमिकता सहित नीति तथा कार्यक्रम आउने यस अघि नै प्रधानमन्त्री अोलीले बताइसकेका छन् ।
संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउने विषयलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ । तर मधेसवादी सांसदहरुले संसद बैठक अवरोध गर्ने तयारी गरेको बताइएको छ ।
from Nepal123.com - पुर्नजन्म पाएको ओली सरकारको नीति तथा कार्यक्रम आज
No comments:
Post a Comment