Saturday, May 7, 2016

तेल चोर को–को हुन् ? अब पत्ता लाग्छ

मापदण्डअनुसारको नापतौल उपकरण प्रयोग गरी पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको क्यालिब्रेसन नगर्दा प्रत्येक ट्यांकरबाट तेल चोरी हुने गरेको छ ।चालक, ढुवानी व्यावसायी र कर्मचारीको मिलेमतोमा गलत क्यालिब्रेसन देखाई तेल चोरी भइरहे पनि नियन्त्रण गर्नमा निगम व्यवस्थापन उदासीन देखिएको छ ।
त्यति मात्रै होइन, विभिन्न सरकारी निकायले पटकपटक ताकेता गरे पनि आयल निगमले सही क्यालिब्रेसन प्रयोग गर्न अस्वीकार गर्दै आएको छ ।सरकारले व्यापारिक नाप र तौलका लागि ऐन बनाएर सही मापन दिने औजारसमेत राखेको छ ।

ती औजारबाट इन्धन बोकेका ट्यांकरको क्यालिब्रसेन जाँच्न ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ ले तोकेको छ ।तर, सही तौल आउने डरका कारण तेल बोक्ने ट्यांकरको गुणस्तर तथा नापतौल विभागमा क्यालिब्रेसन गराउने गरिएको छैन ।

ट्यांकर चालक र ढुवानी व्यवसायीले भारतीय मापदण्डको क्यालिब्रेसन भन्दै प्रत्येक ट्यांकरमा कम तेल ल्याएर निगमको विभिन्न डिपोमा खन्याइरहेका छन् ।निगमले कम तेल बुझ्दै आए पनि सरकारी मापदण्डको क्यालिब्रेसन गर्न नमानेर ‘तेल चोर’लाई साथ दिँदै भारतीय क्यालिब्रेसन नै ठीक भएको तर्क गर्दै आएको छ ।

यसरी कम आएको तेललाई निगमले तापक्रम, कार्यगत, प्राविधिकलगायतका शीर्षकमा नोक्सानी देखाउने गरेको छ ।निगमका कार्यकारी निर्देशक गोपाल खड्काले क्यालिब्रेसन सुधार गर्न खोजिरहेको बताए । ‘हामीले क्यालिब्रेसनमा सुधार गर्न खोजिरहेका छौँ ।

खासगरी भारतीय आयल कर्पोरेसन (आइओसी) र गुणस्तर तथा नापतौल विभागको क्यालिब्रेसनलाई पनि तुलना गर्न खोजिरहेका छौँ’, उनले भने, ‘किनभने दुवै निकायको क्यालिब्रेसनमा कतै–कतै फरक आइरहेको छ, त्यसैले सही कुन हो र कुनचाहिँ राख्ने उद्देश्यले एउटा समिति बनाएर काम सुरु गर्न लागेका छौँ ।आजको नयाँ पत्रिका दैनिकबाट  ।



from Nepal123.com - तेल चोर को–को हुन् ? अब पत्ता लाग्छ

No comments:

Post a Comment