Sunday, May 8, 2016

के तपाईको साथीको यस्तो बानी छ ? त्यसो भए १ मिनेट पनि नबस्नुहोस उसँग

आइतबार, २६ वैशाख। काठमाडौं । नेपाली समाजमा भन्ने गरिन्छ, कसको मनमा पस्न सकिन्छ र ? वास्तममै कसको मनमा के छ भन्ने कुराको हामीलाई पत्तो हुँदैन ।

जसका कारण तपाईले तपाईसँगै संगत गरिरहेको वा तपाईसँगै उठबस गरेको व्यक्तिबाट समेत धोका पाइरहनुभएको हुन्छ । केही कुरामा मात्रै हामीले ध्यानदिने हो भने हामी धोकाबाट बच्न सक्छौं ।

१.प्रत्यक्ष अप्रत्यक्ष आफ्नो गुनगान गाउँने मान्छे देखि टाढा बस्नुहोस । उसको महत्वकांक्षाले तपाईलाई हानी पुग्न सक्छ ।
२. धनको पछि मात्र कुद्ने मानिस देखि सर्तक रहनुस् । धनको आँखा अन्धो भएकाले त्यस्ता मानिसले तपाईलाई जेपनि गर्न सक्छ ।
३. त्यस्तै चाणक्यका अनुसार धन हुने तर गुणविहीन ब्यक्तिको साथपनि तुरुन्तै छोडिहाल्नु पर्छ । पैसा हुने गुण नहुने मानिसपनि तपाईको लागि खतरनाक बन्न सक्छ ।
४. दाँयाबायाँ केही नहेरी जुनसुकै काम गर्न उक्साउँने साथी देखि टाढा हुनुहोस् । त्यस्ता व्यक्तिले तपाईलाई कुनैपनि समय बर्बात गरिदिन सक्छ ।
५.आफ्नो मात्रै कुरा गरिरहने अरुको कुरा एक शब्द पनि सुन्ने धैर्य नराख्ने देखि तुरुन्तै टाढा हुनुहोस् , त्यस्तो व्यक्तिले तपाईको समयमात्र नष्ट गरिदिन्छ ।
६. विनाकारण झगडा मात्र गर्न तम्सिने मुर्खको संगतमा तपाई एक मिनेटपनि नबस्नुस् । भनिन्छ मुर्ख मित्रको संगत गर्न भन्दा विद्धान शत्रुको संगत गर्नु जाति । त्यसैले बुद्धीमान मानिसको साथ रोज्नुहोस् मुर्खलाई आफ्नो बाटो लाग्न दिनुहोस् ।
७. झुटो बोल्नेसँग १ मिनेटपनि नबस्नुहोस् । त्यस्ता झुटो बोल्नेले तपाईलाई कुनैपनि बेला बेचिदिन सक्छ ।
८. कुलतमा फँसेको व्यक्तिसँगको संगत तुरुन्तै छाडिदिनुस् उसले तपाईको परिवार र धन दुबै नष्ट गरिदिन सक्छ ।
९. सुन्दरीकोपछि लाग्ने व्यक्तिसँगको संगतपनि तपाईका लागि हानीकारक हुनसक्छ । त्यस्ता व्यक्तिले तपाईको सामाजिक प्रतिष्ठा ध्वस्त पार्न सक्छ ।
१०. राजनैतिक पार्टी चाहार्दै हिड्नेसँग सतर्क रहनुस् त्यस्ता मानिस अस्थिर र स्वार्थी दुबै हुन्छन् त्यस्ता व्यक्तिले तपाईलाई उपयोग गरि उ आफू माथि चढिरहेको हुन्छ, जुन तपाईले तुरुन्तै थाहा पाउनु हुन्न । जति बेला थाहा पाउनु हुन्छ त्यतिबेला तपाई बर्बाद भइसक्नु भएको हुन्छ ।



from Nepal123.com - के तपाईको साथीको यस्तो बानी छ ? त्यसो भए १ मिनेट पनि नबस्नुहोस उसँग

आजै बाट सुरु गर्नुस ! मोटोपन सजिलै घट्छ, यो हो तरिका

खानपान र दैनिक दौडधुपका कारण मानिसमा मोटोपनको समस्या निकै धेरै देखिन थालेको छ । यसमा पनि पेट बढ्ने समस्याले त झन् धेरैलाई सताएको छ । दैनिक जीवनमा खाने पानलाई मात्र ध्यान दिन सके यसको समाधान गर्न सकिन्छ । थाहा पाऔ पेट घटाउने केही घरेलु उपायः

बिहान उठेपछि कागतीको जुस पिउनु पेट घटाउने सबैभन्दा राम्रो उपाय हो । दैनिक रूपमा कागतीको जुस पिउनाले पेट घटाउनका लागि मद्धत गर्छ । शरिरमा अन्य खानाभन्दा फलफुलको मात्रालाई बढाउने । सकिन्छ भने बिहान र बेलुका फलफुल खाने । यसले शरिरमा आवश्यक पर्ने एण्टीअक्सिडेन्ट, मिनेरल्स र भिटामिनको मात्रालाई पुरा गर्न मद्धत गर्छ ।

सकेसम्म खानामा चामलको प्रयोग नगर्नुस्, यसको विकल्पमा गँहुको प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ । गुलियो खानेकुराबाट टाढा रहने । यस्तै, चिल्लो पदार्थ धेरै भएको खाना समेत नखाने । धेरै पानी पिउने । समय समयमा पानी पिउनाले शरिरमा रहेको टक्सिनहरू हटाउन मद्धत गर्छ ।

२ ३ वटा काँचो लसुन दैनिक रूपमा बिहान खाने र सँगसँगै मनतातो कागतीपानी पिउनाले पनि पेट घटाउनका लागि मद्धत गर्छ । सकेसम्म मासुजन्य खानेकुराहरू कम गर्ने ।



from Nepal123.com - आजै बाट सुरु गर्नुस ! मोटोपन सजिलै घट्छ, यो हो तरिका

जान्नैपर्ने कुरा – यी खानेकुरा मिसाएर खाए मानिसको ज्यान जान सक्छ

काठमाडौं । मानिसहरुले खानेकुरा मिलाएर खान नजान्दा ज्यानै जान सक्ने चिकित्सक बताउँछन् । आफ्ना घरमा भएका खाने कुरा मिलाएर खान खाए अमृत हुने नजाने विष सावित हुने गर्छ ।

१. घ्यु र मह बराबर मात्रामा मिसाएर कहिल्यै पनि खानु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि अत्यन्तै घातक मानिन्छ ।

२. दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै भुँइकटर तरबुजा खरवुजा, काँक्रो, टमाटर, आदि कहिल्यै पनि खानु हुँदैन ।

३. दुधसँग दही, नून, कागती र अन्य फल मिसाएर खानु घातक मानिन्छ । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।

४. पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग नखाँदा राम्रो हुन्छ ।

५. मह तातो दुधसँग कहिल्यै पनि खानु हुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानु हुँदैन मह आफैंमा तताएर पनि खानु हुँदैन ।

६. मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक मानिन्छ । मुला र दुध एकसाथ खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।

७. माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।

८. खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा निकै घातक हुन्छ । तत्कालै ज्यान समेत जान सक्ने खतरा भएकाले खरबुजा र हाँसको अण्डा खानु हुँदैन ।

९. काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिककारक मानिन्छ ।

१०. तेल तथा घ्यूमा बेसार फ्राइ गरी पकाइएका परिकारले विभिन्न रोग निम्त्याउने गर्छ ।



from Nepal123.com - जान्नैपर्ने कुरा – यी खानेकुरा मिसाएर खाए मानिसको ज्यान जान सक्छ

बजेट अगाडि सरकार परिवर्तन हुँदैन: उपप्रधानमन्त्री रायमाझी

उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले बजेट आउनु अगाडि सरकार परिवर्तन नहुने बताएका छन्।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा उनले सरकार बनाउने र ढाल्ने क्रम शुरू भएता पनि बजेट आउनु अघिसम्म सरकार परिवर्तन नहुने बताएका हुन्।

उपप्रधानमन्त्री रायमाझीले नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी भईसकेको र सरकार परिवर्तनले सबै क्षेत्रलाई प्रभाव पार्ने भएकाले समेत राजनीतिक समिकरणमा कुनै परिवर्तन नहुने बताए।

नेपालको संसदमा सबैभन्दा ठूलो पार्टी कांग्रेस भएकाले र ऊ सरकारमा नरहेको अवस्थाका कारण सरकार परिवर्तनका लागि उसले गर्ने कसरत समेत स्वाभाबिक रहेको उनको भनाई छ।

उपप्रधानमन्त्री रायमाझीले वर्तमान समयमा सरकार गिराउने र बनाउने भन्दा पनि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताए।

बहुमतीय प्रणालीमा सरकार परिवर्तन भए पनि कुनै परिवर्तन नहुने भएकाले सकेसम्म कांग्रेसलाई समेत समेटेर राष्ट्रिय सरकार निमार्णमा लाग्नुपर्ने बताए।

राष्ट्रपतिको भारत भ्रमण र राजदूत फिर्ता बोलाउने काम कुटनीतिक पहल भएको भन्दै उनले प्राकृतिक प्रकोप र नेपालको आन्तरिक राजनीतिका कारण भ्रमण रोकिएको टिप्पणी गरे।

उनले सरकारलाई असफल भयो भन्नु गलत हुने बताउँदै सरकारले भुकम्प त्यसपछिको मधेश आन्दोलन र अघोषित नाकाबन्दीका कारण सोचअनुसार काम गर्न नसक्नुलाई सरकार असफल भयो भनि टिप्पणी गनु गलत हुने बताए।

६ उपप्रधान मन्त्री नेपालका लागि सुहाउँदो नभएता पनि जनताको जनादेश भएको बताउँदै उपप्रधानमन्त्री रायमाझीले भने, ‘जनताले कसैलाई बहुमत नदिएका कारण जनताकै आदेशमा ६ उपप्रधानमन्त्रीको आवश्यकता भएको  हो।’

पछिल्लो समय एमाओबादी र बैद्य पक्षबीचको एकताको कामले तिब्रता पाएको भन्दै अब छिट्टै दुई पार्टी एक हुने उनले दाबी गरे।

ऊर्जाको प्रबर्धनमा नेपाल सरकार लागि परेको बताउँदै उनले नेपालीले भोग्नु परेको लोडसेडिङ अब छिटोभन्दा छिटो अन्त्य गर्न सरकार लागिपरेको बताए।



from Nepal123.com - बजेट अगाडि सरकार परिवर्तन हुँदैन: उपप्रधानमन्त्री रायमाझी

बाहिर आयो कांग्रेस र एमाओवादी हुन नसकेको ७ बुँदे सम्झौता (एक-एक बुँदासहित)

काठमाडौं, २६ वैशाख । नयाँ सरकार बनाउन प्रतिपक्षी दल नेपाली कांग्रेस र एमाओवादीबीच सम्झौताका लागि तयार पारिएको ७ बुँदे ड्राफ्ट सार्वजनिक भएको छ ।

एमाले नेतृत्वको वर्तमान सरकार परिवर्तन गरेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने एमाओवादी निर्णयलगत्तै यी दुबै दलबीच सम्झौताको सम्पूर्ण तयारी पूरा भइसकेको थियो । तर, अन्तिममा बाह्य दबाब थेग्न नसकेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो निवास लाजिम्पाटमा बोलाएर सरकार परिवर्तनको निर्णयबाट आफू ब्याक भएको जानकारी गराए ।

सम्झौताको ड्राफ्ट बोकेर तयार पार्ने नेताहरु पनि सँगसँगै लाजिम्पाट पुगेका थिए । तर, प्रचण्ड पछि हटेपछि सम्झौता भएन् ।

के-के थियो ७ बुँदे सम्झौतामा ? (हेर्नुस् एक–एक बुँदा)

१. नेपालको संविधानबारे देशभित्र मधेसी, आदिवासी जनजाति, दलितलगायत पक्षले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै राजनीतिक दलहरुको सहमतिका आधारमा संविधानमा आवश्यक संशोधनको वातावरण बनाउने।

२. नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको ऐतिहासिक उपलब्धीको रक्षा गर्दै संविधान बमोजिम आवश्यक कानुनी व्यवस्था गर्ने।

३. सक्रमणकालीन न्यायको विषय सम्बोधन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तामा छानविन आयोगसँग सम्बन्धित कानुनमा आवश्यक संशोधन गरी समाजमा शान्ति, मेलमिलापको स्थिति बनाउन आयोगहरुलाई प्रभावकारी रुपमा काम गर्ने वातावरण बनाउने। सशस्त्र संघर्षको क्रममा मारिएका मृतकका परिवार, बेपत्ता व्यक्तिका परिवार, अंगभंग र द्धन्द्धका क्रममा विस्तापित परिवारले पाउनुपर्ने क्षतिपूर्ति रकम उपलब्ध गराउने। सशस्त्र संघर्षको अवधिमा भएका जग्गा विवाद सहमतिका आधारमा समाधान गर्ने।

४. वि.सं. २०७२ साल वैशाख १२ र २९ गएको भूकम्पबाट भएको क्षतिको विवरण लिई भूकम्पपीडितको राहत तथा पुन:स्थापनाका लागि पुनर्निर्माण कार्यलाई राष्ट्रिय अभियानका रुपमा अगाडि बढाउने।

५. देशमा शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति गर्दै कालोबजारी, कृत्रिम अभाव, महंगीको अवस्था अन्त्य गरी दैनिक उपभोगका सामाग्रीको सहज उपलब्धीको व्यवस्था गर्ने।

६. नेपालको संविधानले परिकल्पना गरे बमोजिम देशमा शान्ति, स्थिरता र सुशासनको प्रत्याभूति गर्दै आर्थिक समृद्धि तथा विकासका अभियान संचालन गर्ने।

७. नेपाली कांग्रेस र एमाओवादीको संयुक्त सरकार गठन गर्ने। दुबै दलको सहमतिमा संसदमा रहेका अन्य दललाई सरकारमा सहभागी गराउने। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने। …महिनापछि वि.सं. … साल … महिना … गतेदेखि संघीय संसदको निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने।

हस्ताक्षर                                           हस्ताक्षर

शेरबहादुर देउवा                               प्रचण्ड



from Nepal123.com - बाहिर आयो कांग्रेस र एमाओवादी हुन नसकेको ७ बुँदे सम्झौता (एक-एक बुँदासहित)

जलवायु परिवर्तनले नेपाल जोखिममा

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापाद्वारा आयोजित दैवीप्रकोप उद्धार समितिका लागि पूर्व सूचना प्रणाली र विपद् जोखिम न्यूनीकरण गोष्ठीमा जलवायु परिवर्तनले प्रकृतिमा देखिएको परिवर्तन एवम् प्रभावबाट मानवजीवन जोखिममा पर्न गएको सन्दर्भमा प्रशिक्षण दिइयो ।

विपद्बाट समाजका मानिसलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षक कृष्ण बस्यौलाले जानकारी दिएका थिए ।
सो अवशरमा प्रजिअ मदन भुजेलले मौसममा आएको परिवर्तनले ल्याएको खडेरी , बाढी जस्ता प्रकोपबाट तत्काल जोगिन जोखिम क्षेत्रमा मानिस चनाखो भएर बस्नुपर्ने बताए ।

रेडक्रस झापाका सभापति लोकराज ढकालले जलवायु परिवर्तनले विश्वमा नै त्यसको प्रभाव भएकाले नेपाल अन्य मुलुकभन्दा बढी जोखिममा रहेको बताए ।



from Nepal123.com - जलवायु परिवर्तनले नेपाल जोखिममा

चर्चित लोकगायक भोजराज काफ्ले भन्छन : ‘साह्रै बैश लाग्दो रैछ चालिस काटेपछि’

चर्चित लोकगायक भोजराज काफ्लेलाई यतिखेर उखरमाउलो बैश लागेको छ । त्यसैले होला यतिखेर उनी हरेक कार्यक्रममा जाँदा भन्ने गर्छन साह्रै बैश लाग्दो रैछ चालिस कटेपछि । तर ,यो उनको वास्तविक जिवनमा भन्दा पनि उनले तयार पार्न लागेको गीतको बोल हो  ।
जुन गीत आफुले  चालिस नाघेका नेपाली दाजुभाई दिदीबहिनीको लागि तयार पारेको  बताउछन काफ्ले । पछिल्लो समय ‘गाँजा तानेर’ र ‘लोकल भाले’को अपार  सफलता पछि उनी एकदमै व्यस्त छन् ।
सामाजिक विकृती विसंगतीलाई भिन्न तरिकाले व्यंग्यात्मक रुपले आफ्ना गीतसंगित मार्फत ल्याउने गरेका काफ्लेको यतिखेर दिनेश काफ्ले र टिका पुनको स्वरमा भोजराज काफ्लेको लय शव्द र निर्देशनमा तयार गरिएको गीत ‘औठी चिनु  नक्कली कान्छीलाई फिर्ता लिनु छ’ यूट्युव मार्फत सार्वजनिक भएको छ ।  चालिस नाघेकाहरुका लागि गाउन लागिएको गीत ‘यो मनले आँटेछी साह्रै बैंश लाग्दो रैछ चालिस काटेपछि’ भने रेकर्डिङको तर्खरमा रहेको छ ।
केही दिन अघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा यो गीतको बोल सुनाउदा उपस्थित दर्शक स्रोता रमाएका थिए । साथै उनको चर्चित गीत ‘बोतलको पानी’ र ‘लोकल भाले’ एल्वमको मासु मिठो भाालेको माछा तारेको, लेउ लेउ साइली दुई बोतल घरमै तारेको गीत गाइरहँदा दर्शकहरुले टुँडिखेल नै तात्तिएको थियो ।
हेर्नुस भिडियो
https://youtu.be/Lr2bZ0BwTKE


from Nepal123.com - चर्चित लोकगायक भोजराज काफ्ले भन्छन : ‘साह्रै बैश लाग्दो रैछ चालिस काटेपछि’