उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले बजेट आउनु अगाडि सरकार परिवर्तन नहुने बताएका छन्।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा उनले सरकार बनाउने र ढाल्ने क्रम शुरू भएता पनि बजेट आउनु अघिसम्म सरकार परिवर्तन नहुने बताएका हुन्।
उपप्रधानमन्त्री रायमाझीले नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी भईसकेको र सरकार परिवर्तनले सबै क्षेत्रलाई प्रभाव पार्ने भएकाले समेत राजनीतिक समिकरणमा कुनै परिवर्तन नहुने बताए।
नेपालको संसदमा सबैभन्दा ठूलो पार्टी कांग्रेस भएकाले र ऊ सरकारमा नरहेको अवस्थाका कारण सरकार परिवर्तनका लागि उसले गर्ने कसरत समेत स्वाभाबिक रहेको उनको भनाई छ।
उपप्रधानमन्त्री रायमाझीले वर्तमान समयमा सरकार गिराउने र बनाउने भन्दा पनि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताए।
बहुमतीय प्रणालीमा सरकार परिवर्तन भए पनि कुनै परिवर्तन नहुने भएकाले सकेसम्म कांग्रेसलाई समेत समेटेर राष्ट्रिय सरकार निमार्णमा लाग्नुपर्ने बताए।
राष्ट्रपतिको भारत भ्रमण र राजदूत फिर्ता बोलाउने काम कुटनीतिक पहल भएको भन्दै उनले प्राकृतिक प्रकोप र नेपालको आन्तरिक राजनीतिका कारण भ्रमण रोकिएको टिप्पणी गरे।
उनले सरकारलाई असफल भयो भन्नु गलत हुने बताउँदै सरकारले भुकम्प त्यसपछिको मधेश आन्दोलन र अघोषित नाकाबन्दीका कारण सोचअनुसार काम गर्न नसक्नुलाई सरकार असफल भयो भनि टिप्पणी गनु गलत हुने बताए।
६ उपप्रधान मन्त्री नेपालका लागि सुहाउँदो नभएता पनि जनताको जनादेश भएको बताउँदै उपप्रधानमन्त्री रायमाझीले भने, ‘जनताले कसैलाई बहुमत नदिएका कारण जनताकै आदेशमा ६ उपप्रधानमन्त्रीको आवश्यकता भएको हो।’
पछिल्लो समय एमाओबादी र बैद्य पक्षबीचको एकताको कामले तिब्रता पाएको भन्दै अब छिट्टै दुई पार्टी एक हुने उनले दाबी गरे।
ऊर्जाको प्रबर्धनमा नेपाल सरकार लागि परेको बताउँदै उनले नेपालीले भोग्नु परेको लोडसेडिङ अब छिटोभन्दा छिटो अन्त्य गर्न सरकार लागिपरेको बताए।
from Nepal123.com - बजेट अगाडि सरकार परिवर्तन हुँदैन: उपप्रधानमन्त्री रायमाझी
No comments:
Post a Comment