Sunday, May 8, 2016

खै ! जनतावाट चुनाव जित्ने सामर्थ्य ?

केशवप्रसाद पाण्डे

वुधवार कांग्रेस सभापति शेरवहादुर देउवामार्फत फालिएको तुरूपमा एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नो नेतृत्वमा सरकार निर्माणको खेलमा होमिएपछी सुरू भएको सत्ता परिवर्तनको अस्वभावीक सरगर्मी ३६० डिग्रिमा पुग्नै लाग्दा विहिवार चौविस घन्टा भित्र सरकार विस्थापित देखि स्थापित सम्मको उथलपुथलको खेलले उल्टो यु टर्न गर्दै पुःन घुमेर १८० डिग्रिमै आएर रोकियो ।

यसरी सत्ता परिवर्तनका माहिर खेलाडिहरूलाई प्रत्येक समयमा एउटा पात्रलाई अर्को पात्रको कॉध चढाएर वफादार सेवकको रूपमा उपयोग गरिन्छ र चौविस घण्टा भित्र मै राति सुत्दा राष्ट्रवादी भोलिपल्ट उठ्दा राष्ट्रघाती अनी राष्ट्रवादी चॉही राष्ट्रघातीको रूपमा स्खलित भईसकेको हुन्छ।संविधान निर्माणको जस पाएका शुशील कोईराला पछी सरकार निर्माणको क्रममा ज्ञट वुॅदे भद्र सहमती उल्लंघन गर्दै पुन उमेद्वार वनेर स्खलित वनाईए त संविधान निर्माणपछी राजनेताको छवी वनाएका प्रचण्डको शाख अव गिरॉईदैछ र प्रयोग गरिॅदैछ।

यसरी भौगोलिक रूपमा ईतिहासमा कैले पनी उपनीवेश नवनेको गर्विलो ईतिहास वोकेको देशलाई कसैको उपनीवेशको पञ्जावाट छुटेको देशले राजनितिक निर्णयक्षमतामाथि लादेको उपनिवेश नेपालको नेतृत्वले लोभमा फसेर सहर्ष सदर गरिदिनाले उनीहरूको केटाकेटीपना र निर्णय क्षमताको क्षणिकताले देशलाई कहिल्यै उॅभो लाग्न दिएन अर्थात आयातित राजनितिक क्षमता देशका लागी सुहॉउदो भएन।

त्यो क्रम फेरी सुरुवात भयो। संविधान निर्माणपछी एमाओवादी सहीतको समर्थनमा असोज द्दद्ध गते नेपालको घड औॅ प्रधानमन्त्री वनेका के पी शर्मा ओली नेतृत्वको सरकार सात महिना पुग्नै लाग्दा परिवर्तनको खेल सुरू भयो ।

धेरै ढिलो गरि असोज घ मा वनेको नेपालको संविधान नयॉ संविधान निर्माण प्रकृया पुरा भए पछी जनताले मुलुक नयॉ चरणमा अगाडि वढ्ने अपेक्षा सहित सामाजिक ,आर्थिक र जनजिविकाका सवालमा केही राम्रा सुरूवातको आशा राखेर र लामो अस्थीरताको अन्त्य होस ,देशले सही निकास पाओस भन्ने चाहनाले संविधानलाई स्वागत गरेका थिए तर राजनितिक व्यवस्थामा तन्त्रको अगाडि प्रजा,राज,लोक,गण जुनसुकै शव्दमा भाषिक परिवर्तन आएतापनी वास्तविक अनुभुत हुनेगरी जनजिवनमा रूपान्तरण भएन ।

शासनको शैली उही रह्यो अर्थात जनताको वास्तविक चाहनालाई नसमेटिई संविधान वनाईयो।पहिला राजाको चाकडी ,चाप्लुसि र चुक्ली लगाउने वफादारहरू प्रधानमन्त्री वन्ने परम्परा थियो यस्कै निरन्तरताको रूपमा अहिले कतैवाट उमेद्वार चुनिन्छ र यता वानेश्वरको नाट्यशालामा त्यसलाई सदर मात्रै गरिन्छ ।जसले वनायो उतैपट्टी उत्तरदायि रहनुपर्दा जनताले चाहेको शासन पाउन नसकिएको हो।लेनिनले भनेझैॅ नेपालमा संसदिय शासन व्यवस्था खसिको टाउको देखाएर कुकुरको मासु वेच्नै थलो भएकै हो।

यो कुनै पार्टी विशेषको एजेण्डा उठाईएको होईन । वास्तविक वहुमत नेपालिको चाहना हो।जुन संविधान निर्माण ताका गरिएको जनताको सुझाव संकलनमा पनी जननिर्वाचित कार्यकारी प्रमुखको रूपमा राष्टपती वा प्रधानमन्त्रीको पक्षमा देखिएको हो तर यसलाई संविधानमा समेटिएन ।

त्यसताका एमाओवादी प्रत्यक्ष निर्वाचित निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली, नेपाली कांग्रेस संसद्‌बाट प्रधानमन्त्री निर्वाचित हुने परम्परागत संसदीय प्रणाली र नेकपा एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा संसद्‌बाट निर्वाचित आलंकारिक राष्ट्रपतिको पक्षमा थिए। दलहरूका बीचमा कस्तो शासकीय स्वरूपमा जाने भन्ने ठूलो विवाद थियो, तर लामो गतिरोध अन्त्य गर्दै सोह्रबुँदे सहमतिमार्फत उनीहरू संसदीय शासन प्रणालीमा सहमति गरियो ।

जसवाट लामो समयसम्म भारतले नेपालको संविधानलाई उस्को चाहनाअनुरूप नभएकाले स्वागत गरेन भनिएतापनी उस्का चाहनाअनुरूपका हस्तक्षेपकारी कतिपय मुद्दा नसेमेटिएको पक्कै हो ।

तर यही संसदवाट निर्वाचित प्रधानमन्त्री रहुन्जेल उस्ले हस्तक्षेप वढाउनसक्नेगरी अप्रत्यक्ष वा घुमाउरो रूपमा यो चाहना समेटिएको हो र यसैमार्फत हस्तक्षेप वढाईरहने छ ।

कहिले मधेशि दल, कहिले एमाओवादी, कांग्रेस, एमालेलाई प्रयोग गरेर इन्डिएन कार्डको प्रयोग गरिरहनेछ र यसलाई असफल वनाउन वेईजिङको दौडधुप पनी चलिरहनेछ।सिंहदरवार नाटकघर, संसद भवन नाट्यशाला र वालुवाटारलाई थिएटर मात्र वनाएर रमितामा मात्र देशलाई भुल्याएर फाईदा अर्कैले लिनेछ ।

जवसम्म जनतावाट निर्वाचित भएर आउने सामर्थ्य नेतृत्वले राख्न सक्दैनन तवसम्म जति पात्र परिवर्तन हुन्छन चाहे प्रचण्ड ,चाहे शेरवहादुर, के पि ओली, झलनाथ,माधव नेपाल,वावुराम,रामचन्द्र पौडेल नामका जो सुकै भएपनी प्रवृती उही आफ्नो खुट्टामा वन्चरो हानेर धर्मरॉउदै गरिने लङ्गडो यात्रा मात्र हुनेछ ।

सत्ता टिकाउनका लागी जुनसुकै फोहोरी खेल र सम्झौतालाई आत्मसाथ गर्नुपर्दा न त, जनताका प्रतिवध्दता र योजना पुरा हुन्छन न त,जनउत्तरदायी सरकार ।कसैको कठपुतलिका रूपमा चलाईने रिमोर्ट कन्ट्रोलवाट कहिले व्याक र कहिले फर्वार्ड हुनुपर्दा पात्र स्खलित र देश खतरा र पछाडि रहिरहन्छ।र यसका लागी पॉचवर्षे कार्यकाल र एउटा व्यक्ति द्द पटकभन्दा बढी सो पदमा रहन नपाउने व्यवस्था हुनुपर्दछ ।

वास्तविक जनताको नेतृत्वले यो आॅट राख्नसक्नुपर्दछ र संविधान संसोधनको वाटो खुल्ला छ ।

यति गर्नसके दिल्लि दौडाहा र दर्शनमा जानुपर्ने नेताहरूलाई फुर्सद र आउनेजाने खर्चको भार समेत वच्नेछ र दिल्लिको नुनको सोझो गर्नुपर्नेछैन ।

हिजोआज आठ कक्षा पास मन्त्रीलाई डिग्रि र पिएचडी होल्डर सचिव र कर्मचारिसंग काम गर्न कम्ता गार्हो भा छैन१ न त सम्वन्धित विषयमा ज्ञान छ अनी जवर्जस्ती हठलेमात्र चलाउनुपर्ने वाध्यता छ यसका लागी निश्चित शैक्षिक योग्यता र विशेषज्ञताको आधारमा मन्त्रालयको जिम्मवारिको व्यवस्था आवश्यक छ ।

वास्तविक रूपमा यसरि देश सञ्चालन गर्नसक्नु नै आजको आवश्यकता हो ।



from Nepal123.com - खै ! जनतावाट चुनाव जित्ने सामर्थ्य ?

No comments:

Post a Comment