Sunday, May 8, 2016

सौर्य मण्डलमा रहेको बुध ग्रह आज सूर्यको निकै नजिक आउँदै

सौर्य मण्डलमा रहेको बुध ग्रह आज सूर्यको निकै नजिक आउँदैछ । बुध ग्रह आज सूर्यको निकै नजिक भएर गुज्रने खगोल वैज्ञानिकले बताएका छन् । यो निकै दुर्लभ परागमन रहेको वैज्ञानिकको भनाई छ । आज बुध ग्रह सूर्यको सिधा भएर नजिकबाट गुज्रने छ । यस्तो घटना एक शताब्दीमा १३ पटक मात्रै हुन्छ ।

नेपालसहित एसिया, युरोप तथा उत्तरी अमेरिकाका धेरै क्षेत्रबाट यो परागमन देख्न सकिने छ । टेलिस्कोप तथा बाइनाकुलरको सहायताले परागमन अवलोकन गर्न सकिने तर त्यसका लागि मौसमले साथ दिनुपर्ने छ । यो परागमन नेपाली समय अनुसार बेलुका चार बजेर ५७ मिनेट जाँदा सुरु हुनेछ । बुध ग्रहलाई यो परागमन पूरा गर्न साढे सात घण्टा लाग्नेछ । नेपालमा यो परागमन बेलुका ४ बजेर ५७ मिनेटदेखि सूर्य नअस्ताउँदासम्म देख्न सकिने खगोलविद् एंव नेपाल खगोलिय समाजका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

यो बेला नाङगो आँखाले सूर्यलाई हेर्न नहुने खगोलविदको सुझाव छ । यो बेला सूयलाई हेर्नु अघि आफूले अवलोकन गर्ने माध्यममा सोलार फिल्टर भए नभएको हेर्नु पर्छ । सोलार फिल्टर नभएको माध्यमबाट हेर्नु हुँदैन । यस्तै मोबाइल फोनको क्यामराबाट पनि हेर्न नहुने वैज्ञानिकले बताएका छन् । यसरी हेरेमा आँखामा गम्भीर समस्या आउन सक्नेछ । यस्तो परागमन यसपछि सन् २०१९ को नोभेम्बर ११ मा हुनेछ । त्यसपछि सन् २०३२ मा हुने वैज्ञानिकले बताएका छन् ।

बुध ग्रह सौर्यमण्डलको बुध हाम्रो सोलार सिस्टमको सबैभन्दा सानो र सूर्यको सबैभन्दा नजिक रहेको ग्रह हो । बुधले सूर्यको चक्कर ८८ दिनमा लगाइसक्छ । पृथ्वीले सूर्यको चक्कर लगाउन ३ सय ६५ दिन लगाउँछ । यस भन्दाअघि बुध ग्रह सन् २००६ मा सूर्य अगाडिबाट गएको थियो ।



from Nepal123.com - सौर्य मण्डलमा रहेको बुध ग्रह आज सूर्यको निकै नजिक आउँदै

No comments:

Post a Comment