प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो मुलुकको सार्वभौमसत्तामाथि कसैले धावा नबोलेसम्म आणविक हतियार प्रयोग नगरिने बताएका छन् । उत्तर कोरियाले सबैभन्दा पहिला सन् २००६ मा आणविक हतियार परीक्षण गरेको हो ।
उत्तरले लगातार दक्षिण कोरिया र अमेरिकाविरुद्ध आणविक आक्रमण गर्ने धम्की दिँदै आएको छ । तर किमले हाल प्योङयाङमा जारी वर्कस पार्टीका कंग्रेसलाई सम्बोधन गर्दै पटकपटक आफू सम्भावित दुश्मन मुलुकहरूसँग सम्बन्ध सामान्य पार्न इच्छुक रहेको समेत उल्लेख गरे ।
बीबीसी संवाददाताले उत्तर कोरियाबाट जनाएअनुसार किमले मिश्रित सन्देश खोजिरहेका बेला मुलुकको आणविक क्षेत्रमा चाहिँ अर्को परीक्षणको तयारी भइरहेको बुझिन्छ । राज्य नियन्त्रित मिडियाका अनुसार किम यतिबेला विश्वासको वातावरण बनाउनका लागि उत्तर कोरियासँग संवाद अगाडि बढाउन चाहन्छन् ।
उनले आफ्नो देश ‘निशस्त्रीकरणप्रतिको आफ्नो दायित्वमा उत्तर कोरिया प्रतिबद्ध’ रहेको बताए । किमको भाषण अलंकारले भरिएको तर खास तथ्यमै चाहिँ निकै न्यून देखिन्छ ।
-कान्तिपुर दैनिकबाट
from Nepal123.com - ‘अरुले धावा बोले आणविक हतियार हान्छौं’
No comments:
Post a Comment