काठमाडौं । भुकम्प र नाकाबन्दीको असर र्याडिसन होटलको वासलातमा देखिएको छ । गत बर्ष चैतसम्म १५ करोड ६ लाख रुपैयाँ नाफा गरेको होटलले यसपाली चार करोड ७४ लाख रुपैयाँ मात्र नाफा गरेको छ ।
नाकाबन्दी र भुकम्पपछि पर्यटन क्षेत्रमा छाएको मन्दीले होटलको ब्यापार प्रभावित भएको हो । यसपाली होटलले कोठा, रेष्टुरेन्ट, ब्याङ्केटबाट ५५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत बर्ष यस्तो आम्दानी ७७ करोड २४ लाख रुपैयाँ थियो ।
होटलको ब्यापार नहुँदा कर्मचारीलाई तलव सुविधा दिनु परेका कारण खर्च बृद्धि भएको छ । गत बर्ष कर्मचारीमा १२ करोड खर्च गरेको होटलले यसपाली १३ करोड खर्चेको छ ।
from Nepal123.com - नाकाबन्दीले खायो र्याडिसन होटलको कमाइ, ६८ प्रतिशतले नाफा घट्यो, कर्मचारी खर्च भने बढ्यो
No comments:
Post a Comment