Sunday, May 8, 2016

दूतको आश्वासनपछि बदलिए ‘प्रचण्ड’, यस्तो थियो आश्वासन

काठमाडौं, २७ वैशाख । द्वन्द्वकालीन मुद्दाको मामिलालाई लिएर हेग जानुपर्ने आशंकाका कारण एमाओवादी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आतंकित बनेका थिए ।

एनजीओहरू प्रचण्डलाई हेग पुगाउने अभियानमा सक्रियताका साथ जुटेका पनि थिए । तरुण साप्ताहिकले समाचार छापेको छ ।

संयुक्त राष्ट्रसंघमा भिटो पावर भएको मुलुक चीनका राजदूतले हेग जानु नपर्ने आश्वासन दिएपछि सत्ता समीकरण परिवर्तनको गर्जो टरेको बताइन्छ ।

सर्वोच्च अदालतले गरेको फैसला, विचाराधीन मुद्दा, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगको काम प्रभावित हुने गरी एमाले र एमाओवादीबीच नौँ बुँदे सम्झौता भएको छ । ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो कुर्सी जोगाउन र एमाओवादी अध्यक्ष प्रचण्डले हेग जानुपर्ने परिस्थितिलाई जोगाउन यस्तो सम्झौता गरेको हुन् ।

घिउ बेचुवा र तारबार बेचुवाको लेनदेख जस्तो यो समझौता कार्यान्वयन हुने अवस्था भने छैन । तर तत्कालका लागि सत्ताको नेतृत्व गरेको एमालेसँग नौँबुँदे सम्झौता गरेको एमाओवादी भने आफूहरू सुरक्षित हुने ढुक्क देखिएको छ ।

दोहोरो मुठभेडमा मारिएकाबोहक अन्य सर्वसाधारण नागरिकको मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेका कारण एमालेसँगको नौबुँदे सम्झौताले मात्रै एमाओवादीले उन्मुक्ति पाउने सम्भावना छैन । तर यो हप्ता एकाएक सुरु भएर त्यसरी नै सेलाएको सत्ता समीकरण प्रकरणबारेको बहस भेन जारी नै छ ।



from Nepal123.com - दूतको आश्वासनपछि बदलिए ‘प्रचण्ड’, यस्तो थियो आश्वासन

No comments:

Post a Comment