काठमाडौं, २७ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एकीकृत माओवादीको संसदीय दलको बैठक बस्ने भएको छ ।
सिंहदरबारमा आज बस्ने संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीतिक अवस्थाका विषयमा जानकारी गराउने बुझिएको छ ।
सरकार परिवर्तनको तयारीमा जुटेको एमाओवादी नेतृत्वले आफ्नो अभियानलाई एकाएक परिवर्तन गरेपछिको अवस्थाका विषयमा पनि सांसदहरूलाई जानकारी गराउने स्रोतको भनाइ छ ।
संसदीय दलको बैठकमा सरकारको नीति तथा कार्यक्रम र अबको नयाँ बजेटमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि एमाओवादीले छलफल गर्ने बुझिएको छ ।
from Nepal123.com - एमाओवादीभित्र ‘सरकार परिवर्तनको खेल’का विषयमा छलफल हुने
No comments:
Post a Comment