२७ वैशाख, काठमाडौं । आम नागरिकलाई सुसुचित गर्दै समाज र राज्यका विभिन्न क्षेत्रमा भएका बेथितीबारे जनतामा यथार्थता पस्कने र समाजलाई निर्देशन गर्नै सभ्य समाज निर्माणमा भूमिका खेल्ने काम राज्यको चौथो अंग मानिएको पत्रकारिता जगतबाट अपेक्षा गरिन्छ ।
तर दुर्भाग्यको कुरा अन्तर्राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा चितवनको टाँडीमा आयोजना भएको नेपाल पत्रकार महासंघको साधारणसभामा भने पत्रकारहरुले हदैसम्मको गैरजिम्मेवार हर्कत प्रदर्शन गरेर पेशाकै बदनाम गरे ।
कतिसम्म भने राष्ट्रपति कार्यक्रमस्थल आउन केहीबेर ढिलाई भएपछि राष्ट्रपतिविरुद्ध खनिएका थिए । राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै पत्रकारहरुे असन्तोष व्यक्त गरे । पत्रकारिताको मर्म र भावना अनुसार पत्रकारिता गर्दै आएका केही पत्रकारहरु भने उपस्थित पत्रकारहरुले देखाएको हर्कको लज्जा महसुस गरेका थिए । साँघु साप्ताहिकमा खबर छ ।
from Nepal123.com - राष्ट्रपतिकै अगाडि पत्रकारहरुको उपद्रो
No comments:
Post a Comment