Sunday, May 8, 2016

कोरियामा बुद्ध भारतमै जन्मेको भ्रम अझै पनि कायमै, नेपाल सरकार र दुतावास उदासिन

२६ वैशाख, सोल। दक्षिण कोरियामा बुद्ध भारतमै जन्मेको भन्ने भ्रम अझै पनि हट्न सकेको छैन् ।

पच्चिस सय साठीऔ बुद्ध जयन्तीको अवसरमा राजधानी सोलमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय शान्ति दिप महोत्सवको दोश्रो दिन जोगेसा गुम्बा परिसरमा आयोजित कार्यक्रममा सहभागी अधिंकाश कोरियन र विदेशीलाई भगवान बुद्ध कुन देशमा जन्मिएको भनेर सोध्दा भारत मै जन्मेको भनेर उत्तर दिएका थिए ।

यसले के पुष्टि गर्छ भने बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा अझै पनि विश्व समूदायमा भ्रम छ । महोत्सव अवलोकन गर्न आएका कोरियन बालबालिका, युवायुवती, वृद्धवृद्धा र विदेशी पाहुनालाई बुद्धको जन्मस्थलका बारेमा सोध्दा अधिकांशले बुद्ध भारतमा जन्मेको बताएका थिए भने केहीले बुद्धको जन्मस्थल बारे थाहा नभएको बताएका थिए ।

korean budhha mahotsab 54299419

अन्तर्राष्ट्रिय शान्ति दिप महोत्सवको दोश्रो दिन छोङगाकस्थित जोगेशा गुम्बा परिसरमा राखिएको नेपाली स्टलमा पनि बुद्ध नेपालमा जन्मिएको तथा धार्मिक पर्यटन स्थलका बारेमा जानकारी दिने कुनै पनि पर्चा सामाग्री राखिएको थिएन् । केवल धार्मिक माला, थान्का, व्याग लगायतका व्यापारिक सामग्राी मात्र राखिएको थियो ।

यद्यपी बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको मुलुक श्रीलंका, म्यान्मार, थाइल्याण्ड, भियतनाम लगातयका मुलुकले आफ्नो मुलुकमा रहेका बौद्ध गुम्बा तथा धार्मिक पर्यटन स्थलको जानकारी दिन प्रचार सामाग्री र आफ्नो देशको भेषभुषा झल्किने पोशाक सहित नाचगाना गरेर त्यहाँ आएका आगन्तुकलाई ध्यान आकृष्ट गर्दै प्रर्यटन प्रचारको उच्चतम् सदुपयोग गरेका थिए ।

तर गत वर्षको महाभुकम्पबाट थिलिएको नेपालको पर्यटन प्रवद्र्धन गर्न न त दुतावासले आवश्यक ठान्यो न नेपाल सरकारले । नेपालमै बसेर बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्छ भनेर हुँकार गर्ने सरकारले विदेशमा हुने यस्ता अन्तर्राष्ट्रिय महोत्सवलाई प्रचार र भारतले बेला बेलामा बुद्धको जन्म र जन्मस्थलका बारेमा गर्ने भ्रामक प्रचार चिर्ने अवसरको रुपमा कहिल्यै सोच्न र गर्न सकेको छैन ।

कोरिया स्थित नेपाली दुतावासले पनि यस बारेमा मौन नै देखिएको छ । यद्यपी हिजो शनिवार आयोजित शान्ति दिप र्यालीमा भने दुतावासका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधी सहभागी भएका थिए ।



from Nepal123.com - कोरियामा बुद्ध भारतमै जन्मेको भ्रम अझै पनि कायमै, नेपाल सरकार र दुतावास उदासिन

No comments:

Post a Comment