Sunday, May 8, 2016

आइतबार संसदमा देखिएका केही नदेखिनुपर्ने दृश्य, जसका कारण उपस्थित सबैले जिब्रो टोके !

व्यवस्थापिका–संसदमा सरकारको तर्फबाट आगमी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम थियो । सो अवसरमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा उपस्थित भएर कार्यक्रम प्रस्तुत गर्नुपर्ने थियो । सोही अनुसार राष्ट्रपति भण्डारी संसद छिरिन तर, त्यहाँ देखिएको केही दृश्यका कारण विभिन्न टिका टिप्पणी भए ।

दृश्य नम्बर १
सामान्यतया राष्ट्रप्रमुख संसद भवन छिर्दा शिष्टाचारका लागि स्वागत गर्ने परम्परा छ । संसद प्रमुखको हिसावले सभामुख ओनसरी घर्तीले उनको स्वागत गर्नुपर्ने हो तर, त्यहाँ त्यस्तो केही देखिएन ।

संसद सचिवालयले हो या ओनसरीले नै चासो नदिएर हो राष्ट्रपति संसद भवन छिर्दै उनलाई कुनै शिष्टाचार प्रकट गरिएन ।

दृश्य नम्बर २
संसद भवनमा राष्ट्रिय गान बजिसकेपछि ओनसरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नीति तथा कार्यक्रम राष्ट्रपति समक्ष हस्तान्तरणका लागि आग्रह गरिन् । उनको आग्रह अनुसार प्रधानमन्त्री नीति तथा कार्यक्रम बोकेर राष्ट्रपति भएतिर पुगे । तर, उनले पनि त्यहाँ राष्ट्रपतिलाई कुनै शिस्टाचार टक्राएनन् र नमस्ते समेत गरेनन् ।

केही समयअघि ओली एमाले अध्यक्षसमेत रहेका ओलीकै पार्टीमा भण्डारी उपाध्यक्ष थिइन् । जुन हैसियद र पद ओलीको भन्दा तल थियो । तर, कार्यकारी अधिकार ओलीमा भएता पनि भण्डारी राष्ट्रप्रमुख हुन् । सामान्य कार्यक्रम होस् या सरकारकै कुनै ठूला कार्यक्रम ओलीले शिष्टाचारका लागि राष्ट्रप्रमुखको सम्मान गर्ने परम्परा छ । तर, त्यहाँ त्यस्तो देखिएन ।

दृश्य नम्बर ३
यी दुबै माथिका दृश्यहरु मिडियाले लाइभ गरिरहेको थियो । संसदमा पूर्वप्रधानमन्त्रीहरु, सरकारका मन्त्रीहरु, सांसदहरु, अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनीधिहरु, उच्च पदस्थ सरकारी कर्मचारीलयातका सम्मानजनक व्यक्तिहरु उपस्थित थिए ।

संसदको गतिबिधि नियालीरहेका केहीले पहिलो र दोश्रो दृश्य देखेर मुख बिगारे त कतिले जिब्रो टोके ।

शिष्टाचार र सम्मान गर्नाले हामी कोही सानो र ठूलो होइने होइन । त्यो पहिल्यै देखि चल्दै आएको परम्परा हो । तर, आइतबार संसद भवनमा त्यो सब देखिएन । सबैले नयाँ कुराको अनुभव गरे ।



from Nepal123.com - आइतबार संसदमा देखिएका केही नदेखिनुपर्ने दृश्य, जसका कारण उपस्थित सबैले जिब्रो टोके !

No comments:

Post a Comment