प्यूठानमा भएको जिप दुर्घटनामा मृत्यु भएका दाङका चार जनाको आइतवार सामुहिक अन्तेष्टि गरिएको छ । उक्त दुर्घटनामा एकै परिवारका आमा, छोरा र दुइ जना नातिनीको सामुहिक अन्तेष्टि गरिएको हो । सामुहिक अन्तेष्टि स्थल बबई नदीमा मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली दिन सयौं स्थानीय सितलपुर घाट पुगेका थिए । चार जनाको एकै लाईनमा लक्सरै चितामा राखेर अन्तेष्टि गरिएको हो । मृतक शुकदेवका कान्छा छोरा नारायण खनालले लक्सरै राखेका चारवटा चितामा दागवत्ति दिनेक्रममा धेरै मलामीका आँखा आँशुले भरिएका देखिन्थे ।
उक्त हृदयविदारक दृष्य देखेर आँशु नझार्ने व्यक्ति त्यहाँ सायदै थिए । आमा छोरा र दुई जना नातिनीको सामुहिक अन्तेष्टि कार्य निकै कारुणिक थियो । स्वर्गद्धारी प्रभुको दर्शनमा गएका एकै परिवारका चार जनाको मृत्यु भएपछि उरहरी गाउँ शोकमा डुवेको छ । स्वर्गद्धारी प्रभुको दर्शनका लागि प्यूठान गएका दाङ तुलसीपुर १९ उरहरीका ६५ वर्षीया आमा दुवा खनाल, ५० वर्षीय छोरा सुकदेव खनाल र उनकी १९ वर्षीया छोरी विमला खनाल र सुकदेवको भाईको छोरी १२ वर्षीया अस्मिता खनालको आइतवार उरहरी स्थित सितलपुर घाटमा सामुहिक अन्तेष्टि गरिएको हो ।
दुर्घटनामा परेका मध्ये दुवा खनालको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने अन्य तीन जनाको भने घटना स्थलमै मृत्यु भएको राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता तुलवहादुर कार्कीले बताए । स्वर्गद्धारी प्रभुको दर्शन गरेर घरतर्फ फर्कदै गर्दा प्यूठानको भिंगृ–१ स्थित मुहान खोलाले शनिवार दिउँसो उनीहरु सवार बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपलाई बगाउँदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा परी खनाल परिवारकै थप चार जना घाईते भएका छन् । मृतक सुकदेव खनालकी श्रीमती ४६ वर्र्षीया कौशिला खनाल, साईली छोरी २२ वर्षीया शारदा खनाल, माईली छोरी २६ वर्षीया बशन्ता खनाल र भाई वुहारी ३५ वर्षीया कमला खनाल घाईते छन् । उनीहरुको श्वास्थ्य खतरा मुक्त रहेको कोहलपुर मेडिकल कलेजवाट बाँकेवाट उरहरीको वडा नं. १९ का सचिव एवं स्थानीयवासी मानवहादुर रावतले जानकारी दिए । एकै परिवारका चार जनाको मृत्यु र अन्य चार जना घाईते भएपछि उरहरी गाउँ शोकमा डुवेको छ । गाडी चालक कवित चौधरी र अन्य दुई जना मध्ये मृतक सुकदेवका भतिजा सुशील भण्डारी र मृतक सुकदेवका माईला ज्वाँई चेतराज अवस्ती भने सकुसल रहेको वडा सचिव रावतले जानकारी दिए । चेतराज अवस्ती धनगढी निवासी हुन ।
from Nepal123.com - एकै परिवारका चार जनाको सामुहिक अन्तेष्टि
No comments:
Post a Comment