चर्चित लोकगायक भोजराज काफ्लेलाई यतिखेर उखरमाउलो बैश लागेको छ । त्यसैले होला यतिखेर उनी हरेक कार्यक्रममा जाँदा भन्ने गर्छन साह्रै बैश लाग्दो रैछ चालिस कटेपछि । तर ,यो उनको वास्तविक जिवनमा भन्दा पनि उनले तयार पार्न लागेको गीतको बोल हो ।
जुन गीत आफुले चालिस नाघेका नेपाली दाजुभाई दिदीबहिनीको लागि तयार पारेको बताउछन काफ्ले । पछिल्लो समय ‘गाँजा तानेर’ र ‘लोकल भाले’को अपार सफलता पछि उनी एकदमै व्यस्त छन् ।
केही दिन अघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा यो गीतको बोल सुनाउदा उपस्थित दर्शक स्रोता रमाएका थिए । साथै उनको चर्चित गीत ‘बोतलको पानी’ र ‘लोकल भाले’ एल्वमको मासु मिठो भाालेको माछा तारेको, लेउ लेउ साइली दुई बोतल घरमै तारेको गीत गाइरहँदा दर्शकहरुले टुँडिखेल नै तात्तिएको थियो ।
हेर्नुस भिडियो
https://youtu.be/Lr2bZ0BwTKE
from Nepal123.com - चर्चित लोकगायक भोजराज काफ्ले भन्छन : ‘साह्रै बैश लाग्दो रैछ चालिस काटेपछि’
No comments:
Post a Comment