Sunday, May 8, 2016

जौको सातु र सर्वत खाँदै अक्षय तृतिया पर्व मनाइँदै

आजको दिन जौको सातु र सर्वत खाँदै र दान गर्दै आज अक्षयतृतिया पर्व मनाईदैछ । आज खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने जन विश्वास रहेको छ ।धार्मिक हिसावले आजको दिनलाई एकदमै राम्रो मानिन्छ । आजको दिन बिवाह आदि शुभ कार्य गर्दा पनि अन्य कुनै साइत जुराउनु नपर्ने ज्योतिषिहरु बताउँदछन् ।

आज बूढाबूढीलाई छाता, लौरो र कपडाको जुत्तादान गर्ने चलन पनि छ। ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ।वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई बिघ्नविनाशक दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।

चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट शुरु भएको मानिन्छ। चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ। बेदव्यासलेसमेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ। त्यसैले आजको दिन कुनै पनि कार्यको शुभारम्भ गर्दा सफल हुने मानिन्छ ।

 



from Nepal123.com - जौको सातु र सर्वत खाँदै अक्षय तृतिया पर्व मनाइँदै

No comments:

Post a Comment