Sunday, May 8, 2016

‘प्रचण्ड अन्तर्राष्ट्रिय फटाह, म्यादी सरकारको के कुरा गर्नु !’

नीति तथा कार्यक्रम र बजेट ल्याउने बेलामा भारत भ्रमणबाट फर्के लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार परिवर्तनको खेलमा लागेपछि उनको बाहिर मात्र होइन, पार्टी भित्रै पनि आलोचना भइरहेको छ । महत्वपूर्ण विषयमा पार्टीमा छलफल समेत नगरी जनताको नजरमा गिर्ने काम भएको भन्दै कांग्रेसका केन्द्रीय नेताहरु, सांसददेखि तल्लो तहका नेता तथा कार्यकर्ताहरुले पनि देउवामाथि प्रश्न उठाएका छन् ।


वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मात्र देउवामाथि प्रश्न उठाएको विश्लेषण पनि हुने गरेको छ । तर देउवा  निकट मानिने बाहेक अन्य कांग्रेसीहरुले पछिल्लो कदमको विरोध गरेको कांग्रेसका एक नेता बताउँछन् ।

सरकार फेर्ने रणनीति असफल भएपछि प्रत्येक छलफलमा देउवाले आफूमाथि लागेको आरोपको खण्डन गर्नुपर्ने अवस्था बनेको छ । यसैक्रममा संसदीय दलको बैठकदेखि आफ्नो निवासमा आएका नेता तथा कार्यकर्ताहरुलाई पनि देउवाले स्पष्टीकरण दिइरहनुपरेको छ ।

यसैक्रममा देउवाले सवै सहमति भइसकेपछि अन्तिममा धोका दिने ‘प्रचण्ड अन्तर्राष्ट्रिय फटाह’ र आलोपालो एमाले र एमाओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको भन्दै ओली नेतृत्वको सरकारलाई  ‘म्यादी सरकारको के कुरा गर्नु !’ भन्ने गरेका छन् ।

कांग्रेसका एक केन्द्रीय सदस्यले नेपालपाटीसँग भने ‘सभापतिको कदम कच्चा देखियो, जुन कदमको स्पष्टीकरण दिँदा नै अहिले धेरै समय बित्ने गरेको छ ।’



from Nepal123.com - ‘प्रचण्ड अन्तर्राष्ट्रिय फटाह, म्यादी सरकारको के कुरा गर्नु !’

No comments:

Post a Comment