२७ वैशाख, काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा विभिन्न उद्देश्यका लागि खोलिएका गैरसरकारी संघ संस्था एनजिओको संख्या झन्डै ४५ हजार रहेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको तथ्यांकअनुसार हालसम्म दर्ता भएका ४५ हजार संघ संस्थामध्ये मध्ये करिब पाँच हजारले मात्रै नवीकरण गराएका छन् ।
जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन र कडाइ गर्न नसक्दा ४० हजार एनजिओले नवविकरण गर्न कुनै चासो नदेखाएका आजकोनयाँ पत्रिका दैनिकले जनाएको छ ।
गैरसरकारी संघ संस्थाहरुले समयमै नवीकरण गर्न अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले नवीकरणमा कडाइ गर्ने भएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पाँच वर्षसम्म नवीकरण नगर्ने खारेजीमा पर्ने जानकारी दिए ।v
from Nepal123.com - नवीकरण नै नगरी ४० हजार एनजिओ सञ्चालनमा
No comments:
Post a Comment