Sunday, May 8, 2016

२५ वर्षपछि उस्तै संयोग : उनै कार्यक्रम

काठमाडौं । पञ्चायतको अन्त्यपछि २०४७ सालमा जारी संविधानअनुसार भएको निर्वाचनबाट गठिन संसद्का दुवै सदनको संयुक्त बैठकमा राजा वीरेन्द्रले २०४८ साल असारमा पेस गरेका नीति तथा कार्यक्रम र २५ वर्षपछि नेपालको संविधान संविधान सभाले पारित गरेपछि २०७३ साल जेठ २६ गते व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट प्रस्तुत कार्यक्रममा केही समान संयोग परेका छन् भने कार्यक्रम पनि दोहोरिएका छन् ।

विसं २०४७ सालमा सरकारको नीति तथा कार्यक्रममा संविधानको कार्यान्वयमा जोड दिइएको थियो । नेपालको संविधान २०७३ पछि आइतवार संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पनि संविधानको कार्यान्वयनमै जोड दिइएको छ ।

“संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था, मौलिक हक, विविधताबीच एकता, सहिष्णुता र धर्मनिरेपक्षताजस्ता महत्वपुर्ण उपलब्धिहरु संस्थागत भएका छन्, मुलुक संविधान कार्यान्वयनको चरणबाट अघि बढिरहेको छ । राष्ट्रिय स्वाधीनता र स्वाभिमान, लोकतन्त्र, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको नयाँ युग सुरु भएको छ,” नीति तथा कार्यक्रममा उल्लेख छ, “संविधानले अंगिकार गरेको समाजवाद उन्मुख शासन प्रणालीलाई सुखी नेपाली र समृद्ध नेपालको गन्तव्यतर्फ निर्देशित गरिनेछ । यस कार्यमा सबै राजनीतिक दलहरुको सुझबुझपूर्ण सहयोग सरकारलाई प्राप्त हुने विश्वास व्यक्त गरेको छु ।”

विसं २०४८ सालमा प्रस्तुत नीति तथा कार्यक्रममा लेखिएको थियो,“हाम्रो संविधानले प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रतालगायत विभिन्न मौलिक हकहको प्रत्याभूति हुनेगरी मानवअधिकार सुरक्षित गरेको छ । यसैगरी संविधानले कानुनी राज्यको परिकल्पनालाई साकार पार्न स्वतन्त्र न्यायापालिकाको व्यवस्था पनि गरेको छ । तसर्थ संविधान प्रदत्त हकहरुलाई निर्वाध रुपमा उपभोग गर्न र गर्न दिन शान्ति, सुरक्षा र अनुशासन कायम राख्न सहयोग गर्नु सबै नेपाली नागरिकको कर्तव्य हुन आएको छ । आशा छ, देश र जनताको हित हुने कुरामा मेरो सरकारलाई सबैबाट सहयोग प्राप्त हुने नै छ ।”
त्यस्तै अर्को संयोग दुवै नीति तथा कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माणलाई केन्द्रमा राखिनु पनि हो ।

अहिलेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ “भूकम्पले घर ढलेपनि आँट र जाँगर ढलेको छैन भन्ने नेपाली जनताको भावना अनुरुप पुनर्निर्माण तथा पुनस्र्थापनाको पाँचवर्षे रणनीतिक खाका तयार गरी योजनाबद्ध रुपमा कार्यान्वयन गरिनेछ । ”

विसं २०४८ को नीति तथा कार्यक्रममा लेखिएको थियो “मेरो सरकारले २०४५ सालमा भूकम्पपीडित जनतालाई राहत दिन सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभावकारिताको मूल्यांकन गर्नेछ ।”

अर्को संयोग हो भारतीय नाकाबन्दी । विसं २०४५ सालमा भारतले नाकाबन्दी गरेको थियो । त्यसको तीन वर्षपछि प्रस्तुत नीति तथा कार्यक्रममा भारत र चीनसँगको सम्बन्ध बलियो बनाउने विषयमा जोड दिइएको थियो ।

यसपल्ट संविधान जारी भएपछि भारतले नाकाबन्दी ग¥यो । नाकाबन्दी हटेपछिको यो पहिलो नीति तथा कार्यक्रम हो । यसमा छिमेकीसँगको सम्बन्धमा जोड दिँदै मुलुक आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने उल्लेख छ । उति बेला भने भारतले आन्दोलन हुनुभन्दा पहिले नै नाकाबन्दी गरेको थियो ।

त्यसबाहेक केही कार्यक्रम र योजना पनि अहिले दोहोरिएका छन् ।

“मुलुकमा धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव र एकताको अभिवृद्धि तथा पूर्ण धार्मिक समानता र स्वतन्त्रता सुनिश्चित गर्दै परम्परादेखि कायम रहेको सनातन धर्म र संस्कृतिको संरक्षण र संवद्र्धनमा जोड दिइनेछ,” अहिलको नीति तथा कार्यक्रममा भनिएको छ । विसं २०४८ सालमा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको थियो, “अधिराज्यभरका मठमन्दिर तथा गुम्बाहरु र तिनका बहुमूल्य सम्पदाको अभिलेख तयार गर्ने तथा तिनको संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।”
त्यसैगरी त्यसबेलाको नीति तथा कार्यक्रममा पनि कृषि विकासलाई केन्द्रमा राखिएको थियो भने यसपटक पनि नीति तथा कार्यक्रम कृषि विकासमा केन्द्रिते छ ।

“कृषि क्षेत्रलाई बढी उत्पादनशील बनाउन मेरो सरकारले गाउँस्तरमा रहेका साझा संघसंस्थाहरूको कार्यशैलीमा सुधार गरी किसानहरूलाई कृषि उत्पादन सामग्रीहरू सुलभ तरिकाबाट उपलब्ध गराउनेछ, किसानलाई ऋण, कृषि सामग्री र कृषि सेवा एउटै छानोमुनि उपलब्ध गराउनेतर्फ कदम चालिनेछ,” २०४८ सालको नीति तथा कार्यक्रममा भनिएको थियो,“साना किसानलाई सरल दरमा कृषि ऋण उपलब्ध गराइनेछ । मलखादको आपूर्तिमा वृद्धि गर्न स्वदेशमै मल कारखाना खोल्न नीतिगत प्रोत्साहन दिइनेछ तथा जैविक मलखादको प्रयोग गर्नेतर्फ जोड दिइनेछ । किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्यमा तथा समयमै खरीद गर्ने नीति मेरो सरकारले लिनेछ । पशु स्वास्थ र उपचार सेवामा पनि व्यापक विस्तार गरिनेछ ।”

यसपटकको नीति तथा कार्यक्रम कृषिको व्यवसायीकरण र आधुनीकरणमा जोड दिइएको छ ।

“कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्दै यसलाई मर्यादित, सुरक्षित एवम् आकर्षक पेसाका रूपमा विकास गरिनेछ,” २०७३ सालको नीति तथा कार्यक्रममा लेखिएको छ, “तुलनात्मक एवम् प्रतिष्पर्धात्मक लाभको सम्भावना र भौगोलिक एवम् पर्यावरणीय स्थितिअनुसार मुलुकका विभिन्न भागलाई विभिन्न खाद्य वस्तु उत्पादनको पकेटक्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।”

त्यसैगरी,“कृषिको यान्त्रीकरणलाई प्रोत्साहन दिन सामूहिक र सहकारी कृषि प्रणालीको विकास गरिनेछ । मल, बीउ, सिंचाई, प्रविधि र कृषि उपजको बजारको सुनिश्चितता कायम गरिनेछ । कृषि ऋण, बाली तथा पशुपंक्षी बीमामा किसानको सर्वसुलभ पहुँच पुग्ने व्यवस्था गरिनेछ । कृषि सहकारीको प्रवर्धन गरी साना किसानहरूको आर्थिक सामाजिक सशक्तीकरण गरिने छ । यसमा निजी क्षेत्रसँगै सहकारी संस्थाहरूलाई समेत परिचालन गरिनेछ ।”

“सबै जनताका लागि आगामी दुईवर्षभित्र आधारभूत रुपमा स्वच्छ खानेपानी तथा सरसफाइ कार्यक्रमहरु सञ्चालन गरिनेछन्,” राष्ट्रपति भण्डारीले आइतबार प्रस्तुत गरेकी नीति तथा कार्यक्रममा भनिएको छ ।

“सहरी तथा ग्रामीण क्षेत्रका प्रत्येक नेपालीलाई आगामी दस वर्षभित्र शुद्ध पिउने पानी उपलब्ध गराउने कार्यक्रमलाई मेरो सरकारले उच्चतम प्राथमिकता प्रदान गरी सञ्चालन गर्नेछ,” २०४८ सालको नीति तथा कार्यक्रममा भनिएको थियो ।
यसैगरी, विद्युतीय सवारी सञ्चालन, ऊर्जा विकासलगायतका धेरै कार्यक्रम २५ वर्षदेखि बर्सेनि दोहोरिँदै आएको देखिन्छन् ।



from Nepal123.com - २५ वर्षपछि उस्तै संयोग : उनै कार्यक्रम

अब बेरोजगार युवाले प्रमाणपत्रका आधारमा ऋण पाउने, ६० वर्ष पुगेपछि पेन्सन

काठमाडौँ, २६ वैशाख । कामदार र कर्मचारीलाई ६० वर्ष उमेर पूरा भएपछि पेन्सनको व्यवस्था मिलाउन विद्यमान सञ्चयकोष तथा उत्पादनसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीेले व्यवस्थापिका–संसद्मा आगामी आव २०७३/७४ को नेपाल सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने बताउनुभयो ।

विद्यमान श्रम ऐनलाई प्रतिस्थापन गर्न बनेको विधेयक र सामाजिक सुरक्षा विधेयकलाई संसदबाट पारित गरी श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम यसै आर्थिक वर्षबाट प्रारम्भ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सार्वजनिक प्रतिष्ठानका पुँजी र व्यवस्थापनमा श्रमिकको समेत स्वामित्व हुने व्यवस्था गरिने, सामूहिक संवादको माध्यमबाट मर्यादित पारिश्रमिक तथा उत्पादनको लाभमा श्रमिकको न्यायोचित हिस्सा विस्तार गर्दै श्रमशक्तिको उत्पादकत्व वृद्धि गरिने आज प्रस्तुत गरिएको कार्यक्रममा राष्ट्रपति भण्डारीले बताउनुभयो ।

रोजगारीलाई सामाजिक सुरक्षाको महत्वपूर्ण कडीका रूपमा स्थापित गर्न ‘एक घर, एक रोजगारी’ प्रत्याभूतिको व्यवस्था गरिने तथा त्यसका लागि आवश्यक कानुनी व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ ।

यसै आर्थिक वर्षबाट औद्योगिक, पर्यटन, यातायात र निर्माण क्षेत्रलगायत श्रमिकको दुर्घटना बीमालाई अनिवार्य गरिने कार्यक्रममा रहेको छ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र भरपर्दो बनाउन सीपमूलक, व्यावसायिक र प्राविधिक जनशक्तिलाई आकर्षक तथा सुरक्षित गन्तव्यमा पठाउने एवम् वैदेशिक रोजगारीबाट प्राप्त हुने ज्ञान, सीप, अनुभव र विप्रेषणलाई मुलुकको आर्थिक विकासमा उपयोग गर्न सक्नेगरी नीतिगत एवम् कानुनी व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘जनताको लगानीमा जलविद्युत्’ जस्ता कार्यक्रम सञ्चालन गरी तोकिएका आयोजनामा वैदेशिक रोजगारीमा रहेका श्रमिकको विप्रेषणको समेत प्रयोग हुनेगरी कार्यान्वयन प्रारम्भ गरिने जनाइएको छ । जनताको सहभागितामा अन्य विकास पूर्वाधार निर्माण गर्दै श्रमिकको समेत क्रमशः उत्पादनको साधनमाथि पहुँच बढाइने उल्लेख छ ।

प्रत्येक प्रदेशमा कम्तीमा एक/एकवटा श्रम कार्यालय रहने व्यवस्था मिलाइने र श्रम विवाद सिर्जना हुन नदिन श्रम निरीक्षण प्रणाली लागू गरिने कार्यक्रममा रहेको छ ।

युवाहरूको उद्यमशीलता विकास गर्दै उत्पादनसँग जोड्न युवा स्वरोजगार कार्यक्रमलाई विस्तार गरी प्रत्येक वर्ष ५० हजार युवालाई स्वरोजगार बनाइने छ । युवा स्वरोजगार कार्यक्रम, कृषिको पकेट क्षेत्र विकास कार्यक्रम एवम् लघु तथा घरेलु उद्योग कार्यक्रमबीच समन्वय गरी ‘दश युवा, एक युवा उद्यम कार्यक्रम’ आगामी आवको नमुनाका रूपमा सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ ।

कृषिलगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि समेत सामाजिक सुरक्षाको व्यवस्था गरिने कार्यक्रममा छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् जस्ता निकायको संलग्नता रहने गरी विदेशमा काम गरेर फर्किएका नेपालीको सीप परीक्षण गरी प्रमाणपत्र प्रदान गर्ने कार्य आरम्भ गरिने, वैदेशिक रोजगारीबाट फर्किएकालाई आन्तरिक श्रमबजारमा आबद्ध गर्ने कार्यक्रम कार्यान्वयन गरिने छ ।

राष्ट्रसेवकको निवृत्तिभरण योगदानमा आधारित बनाउने गरी समग्र निवृत्तिभरण व्यवस्थामा सुधार गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । रासस

– See more at: http://dainiknepal.com/2016/149745.html#sthash.91576jUl.dpuf



from Nepal123.com - अब बेरोजगार युवाले प्रमाणपत्रका आधारमा ऋण पाउने, ६० वर्ष पुगेपछि पेन्सन

भिरमा मौरीको मह, आम्दानी साह्रै गुलियो

सुजाता खत्री/उज्यालो ।

काठमाडौं वैशाख २६ – मुल गेटबाट भित्र छिर्दा दाहिने पट्टी तीन वटा स्टल पछाडि उहाँको पसल छ । मेला हेर्न आउनेको घुँइचोमा पनि उहाँको आवाज स्पष्ट सुनिन्छ ‘लौ आयो हजुर, स्वास्थ्यलाई फाइदा गर्ने शुद्ध भिर मौरीको मह ।’ 

म्याग्दी घर भइ अहिले पोखरामा बस्दै आएका आसमान गुरुङ मह किन्न आउने ग्राहकलाई भन्नुहुन्छ ‘मह लानुस्, हात चाटि चाटि खानुस् ।’ ६४ वर्षका गुरुङ पोखराबाट काठमाडौंमा भिर मौरीको मह बेच्न आउनुभएको हो । खुलामञ्चमा भएकौ औद्योगिक तथा सांस्कृतिक पर्यटन मेलामा उहाँले भिर मौरीको महको पसल राख्नु भएको छ । तर महको बारेमा ग्राहकलाई नै थाहा नभएपछि ठूलो आवाजमा चिच्याउनु परेको उहाँको भनाई छ ।

‘मान्छेलाई भिर मौरीको महको बारेमा थाहा पनि छैन, बल्ल बल्ल कोही आए भने पनि बुझाउनै समय लाग्छ ।’ उहाँ भन्नुहुन्छ ‘नेपालीलाई भन्दा त विदेशीलाई नै यसको बारेमा धेरै थाहा छ ।’

‘दम तथा मुटु रोगीका लागि काम लाग्ने महका बारेमा नेपालीलाई थाहा छैन बरु विदेशीलाई थाहा छ ।’ विभिन्न देशका भाषा समेत जानेका उहाँ भन्नुहुन्छ ‘मौका मिले जापानिज, कोरियन, जर्मनलाई पनि मह बेच्छु ।’ उहाँले एसएलसीसम्मको पढाई पूरा गर्नु भएको छ ।

शिरमा पाल्पाली ढाका टोपी ढल्काएका गुरुङ भन्नुहुन्छ ‘महको काम थाहा नभएर होला भाउ सुन्ने बित्तिकै मान्छे जिब्रो काट्दै भाग्छन्, कहिले काहिँ त दुई किलो पनि बिक्दैन ।’

बजारमा मिसावट भएको मह सस्तोमा पाइने भएकाले पनि उहाँको मह विकेको छैन । महका बट्टामा लागेको धुलो पुछ्दै गुरुङ भन्नुहुन्छ ‘गुलियोको लागि मात्र खाने भएर ग्राहकले सस्तो खोज्छन् तर यो त महंगो छ ।’ उहाँले ग्राहकलाई थाहा पाउन सजिलो होस् भनेर ठूलो तुलमानै महका फाइदालाई प्रिन्ट गराएर राख्नुभएको । ‘यो पनि जान्नेलाई श्रीखण्ड नजान्नेलाई काठ हो ।’

उहाँ भन्नुहुन्छ ‘कहिले काहिँ त भन्दा भन्दै थाक्छिु, अनि महको फाइदा यहाँ पढ्नुस भनि देखाइदिन्छु ।’ ६ वर्षदेखि भिर मौरीको मह बेचेका आसमानको पोखरामा मह र जडिबुटीको पसल छ । ‘मैले जडिबुटी बेचेको त २२ वर्ष भन्दाबढी भयो तर पैसा अझ बढी आउने भएर महतिर पल्किएँ ।’

मह झिक्न जान सार्है गाह्रो भएपनि महले दिने आम्दानीले दुःख बिर्साउने उहाँको भनाई छ । ‘हामी ४ दिनको बाटो हिँडेर, मह झिक्न जंगल जान्छौ, भिरको घारबाट मह झिक्नुको सास्ती त छँदै छ ।

झिकेको महलाई पनि खच्चरको भाडा तिरेर यहाँ ल्याउनुपर्छ । त्यसमा पनि वन समितिलाई पैसा तिर्नुपर्यो’ उहाँ भन्नुहुन्छ ‘मह लिन जादाँ त जिउको मासु पनि घट्छ तर त्यसबाट आउने कमाईले त्यसको पीडा पनि भुलाइदिन्छ ।’
एक किलो महको तीन हजार रुपैयाँ लिने उहाँ मान्छे हेरेर भाउ गर्नुहुन्छ । उहाँ भन्नुहुुन्छ ‘विदेशीलाई त अझै धेरै लिन्छु ।’  नौ जनाको परिवार भएका गुरुङलाई परिवारले पनि सघाउछन् । काठमाडौंमा उहाँसँग कान्छा छोरा आएका छन् । वृद्ध भएपनि सकुञ्जेल आफैंले कमाउनुपर्छ भन्दै उहाँ काम गर्नुहुन्छ ।

‘आफूले पालेका बच्चाले मलाई के पाल्लान जस्तो लाग्छ ।’ उहाँ भन्नुहुन्छ ‘मलाई पालुन् की आफू पालिउन् ? आफ्नो हातखुट्टा चलुन्जेल के अर्काको भरमा पर्नु भनेर नी, सकुञ्जेल गर्ने हो, मलाई अझै १५ वर्षसम्म गर्न सक्छु कि जस्तो लाग्छ ।’



from Nepal123.com - भिरमा मौरीको मह, आम्दानी साह्रै गुलियो

कोरियामा बुद्ध भारतमै जन्मेको भ्रम अझै पनि कायमै, नेपाल सरकार र दुतावास उदासिन

२६ वैशाख, सोल। दक्षिण कोरियामा बुद्ध भारतमै जन्मेको भन्ने भ्रम अझै पनि हट्न सकेको छैन् ।

पच्चिस सय साठीऔ बुद्ध जयन्तीको अवसरमा राजधानी सोलमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय शान्ति दिप महोत्सवको दोश्रो दिन जोगेसा गुम्बा परिसरमा आयोजित कार्यक्रममा सहभागी अधिंकाश कोरियन र विदेशीलाई भगवान बुद्ध कुन देशमा जन्मिएको भनेर सोध्दा भारत मै जन्मेको भनेर उत्तर दिएका थिए ।

यसले के पुष्टि गर्छ भने बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा अझै पनि विश्व समूदायमा भ्रम छ । महोत्सव अवलोकन गर्न आएका कोरियन बालबालिका, युवायुवती, वृद्धवृद्धा र विदेशी पाहुनालाई बुद्धको जन्मस्थलका बारेमा सोध्दा अधिकांशले बुद्ध भारतमा जन्मेको बताएका थिए भने केहीले बुद्धको जन्मस्थल बारे थाहा नभएको बताएका थिए ।

korean budhha mahotsab 54299419

अन्तर्राष्ट्रिय शान्ति दिप महोत्सवको दोश्रो दिन छोङगाकस्थित जोगेशा गुम्बा परिसरमा राखिएको नेपाली स्टलमा पनि बुद्ध नेपालमा जन्मिएको तथा धार्मिक पर्यटन स्थलका बारेमा जानकारी दिने कुनै पनि पर्चा सामाग्री राखिएको थिएन् । केवल धार्मिक माला, थान्का, व्याग लगायतका व्यापारिक सामग्राी मात्र राखिएको थियो ।

यद्यपी बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको मुलुक श्रीलंका, म्यान्मार, थाइल्याण्ड, भियतनाम लगातयका मुलुकले आफ्नो मुलुकमा रहेका बौद्ध गुम्बा तथा धार्मिक पर्यटन स्थलको जानकारी दिन प्रचार सामाग्री र आफ्नो देशको भेषभुषा झल्किने पोशाक सहित नाचगाना गरेर त्यहाँ आएका आगन्तुकलाई ध्यान आकृष्ट गर्दै प्रर्यटन प्रचारको उच्चतम् सदुपयोग गरेका थिए ।

तर गत वर्षको महाभुकम्पबाट थिलिएको नेपालको पर्यटन प्रवद्र्धन गर्न न त दुतावासले आवश्यक ठान्यो न नेपाल सरकारले । नेपालमै बसेर बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै पर्छ भनेर हुँकार गर्ने सरकारले विदेशमा हुने यस्ता अन्तर्राष्ट्रिय महोत्सवलाई प्रचार र भारतले बेला बेलामा बुद्धको जन्म र जन्मस्थलका बारेमा गर्ने भ्रामक प्रचार चिर्ने अवसरको रुपमा कहिल्यै सोच्न र गर्न सकेको छैन ।

कोरिया स्थित नेपाली दुतावासले पनि यस बारेमा मौन नै देखिएको छ । यद्यपी हिजो शनिवार आयोजित शान्ति दिप र्यालीमा भने दुतावासका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधी सहभागी भएका थिए ।



from Nepal123.com - कोरियामा बुद्ध भारतमै जन्मेको भ्रम अझै पनि कायमै, नेपाल सरकार र दुतावास उदासिन

आइतबार संसदमा देखिएका केही नदेखिनुपर्ने दृश्य, जसका कारण उपस्थित सबैले जिब्रो टोके !

व्यवस्थापिका–संसदमा सरकारको तर्फबाट आगमी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम थियो । सो अवसरमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा उपस्थित भएर कार्यक्रम प्रस्तुत गर्नुपर्ने थियो । सोही अनुसार राष्ट्रपति भण्डारी संसद छिरिन तर, त्यहाँ देखिएको केही दृश्यका कारण विभिन्न टिका टिप्पणी भए ।

दृश्य नम्बर १
सामान्यतया राष्ट्रप्रमुख संसद भवन छिर्दा शिष्टाचारका लागि स्वागत गर्ने परम्परा छ । संसद प्रमुखको हिसावले सभामुख ओनसरी घर्तीले उनको स्वागत गर्नुपर्ने हो तर, त्यहाँ त्यस्तो केही देखिएन ।

संसद सचिवालयले हो या ओनसरीले नै चासो नदिएर हो राष्ट्रपति संसद भवन छिर्दै उनलाई कुनै शिष्टाचार प्रकट गरिएन ।

दृश्य नम्बर २
संसद भवनमा राष्ट्रिय गान बजिसकेपछि ओनसरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नीति तथा कार्यक्रम राष्ट्रपति समक्ष हस्तान्तरणका लागि आग्रह गरिन् । उनको आग्रह अनुसार प्रधानमन्त्री नीति तथा कार्यक्रम बोकेर राष्ट्रपति भएतिर पुगे । तर, उनले पनि त्यहाँ राष्ट्रपतिलाई कुनै शिस्टाचार टक्राएनन् र नमस्ते समेत गरेनन् ।

केही समयअघि ओली एमाले अध्यक्षसमेत रहेका ओलीकै पार्टीमा भण्डारी उपाध्यक्ष थिइन् । जुन हैसियद र पद ओलीको भन्दा तल थियो । तर, कार्यकारी अधिकार ओलीमा भएता पनि भण्डारी राष्ट्रप्रमुख हुन् । सामान्य कार्यक्रम होस् या सरकारकै कुनै ठूला कार्यक्रम ओलीले शिष्टाचारका लागि राष्ट्रप्रमुखको सम्मान गर्ने परम्परा छ । तर, त्यहाँ त्यस्तो देखिएन ।

दृश्य नम्बर ३
यी दुबै माथिका दृश्यहरु मिडियाले लाइभ गरिरहेको थियो । संसदमा पूर्वप्रधानमन्त्रीहरु, सरकारका मन्त्रीहरु, सांसदहरु, अन्तर्राष्ट्रिय कुटनीतिक नियोगका प्रतिनीधिहरु, उच्च पदस्थ सरकारी कर्मचारीलयातका सम्मानजनक व्यक्तिहरु उपस्थित थिए ।

संसदको गतिबिधि नियालीरहेका केहीले पहिलो र दोश्रो दृश्य देखेर मुख बिगारे त कतिले जिब्रो टोके ।

शिष्टाचार र सम्मान गर्नाले हामी कोही सानो र ठूलो होइने होइन । त्यो पहिल्यै देखि चल्दै आएको परम्परा हो । तर, आइतबार संसद भवनमा त्यो सब देखिएन । सबैले नयाँ कुराको अनुभव गरे ।



from Nepal123.com - आइतबार संसदमा देखिएका केही नदेखिनुपर्ने दृश्य, जसका कारण उपस्थित सबैले जिब्रो टोके !

यस्तो देखियाे संसद भवन (तस्बिरमा)

सबै तस्बिर : राेजित खड्का, १२खरी

_MG_9492Byabasthapika_samsad_baahrakhari (1)Byabasthapika_samsad_baahrakhari (2)Byabasthapika_samsad_baahrakhari (3)Byabasthapika_samsad_baahrakhari (4)Byabasthapika_samsad_baahrakhari (5)Byabasthapika_samsad_baahrakhari (6)Byabasthapika_samsad_baahrakhari (7)Byabasthapika_samsad_baahrakhari (8)Byabasthapika_samsad_baahrakhari (9)Byabasthapika_samsad_baahrakhari (10)Byabasthapika_samsad_baahrakhari (11)Byabasthapika_samsad_baahrakhari (12)Byabasthapika_samsad_baahrakhari (13)Byabasthapika_samsad_baahrakhari (14)Byabasthapika_samsad_baahrakhari (15)Byabasthapika_samsad_baahrakhari (16)Byabasthapika_samsad_baahrakhari (17)Byabasthapika_samsad_baahrakhari (18)Byabasthapika_samsad_baahrakhari (19)Byabasthapika_samsad_baahrakhari (20)Byabasthapika_samsad_baahrakhari (21)Byabasthapika_samsad_baahrakhari (22)Byabasthapika_samsad_baahrakhari (23)Byabasthapika_samsad_baahrakhari (25)Byabasthapika_samsad_baahrakhari (26)Byabasthapika_samsad_baahrakhari (27)Byabasthapika_samsad_baahrakhari (28)Byabasthapika_samsad_baahrakhari (29)Byabasthapika_samsad_baahrakhari (30)Byabasthapika_samsad_baahrakhari (31)Byabasthapika_samsad_baahrakhari (32)Byabasthapika_samsad_baahrakhari (33)Byabasthapika_samsad_baahrakhari (34)



from Nepal123.com - यस्तो देखियाे संसद भवन (तस्बिरमा)

ऋण तिर्न नसक्दा साहुलाई आफ्नै श्रीमती सुम्पिएपछि…

एजेन्सी । तपाईले ऋण तिर्न नसकेको खबर त सुन्नुभएकै होला तर, यस्तो पहिलोपटक भएको छ कि एक व्यक्तिले साहुको पैसा फिर्ता गर्न नसकेपछि आफ्नै श्रीमती र बालबच्चा सुम्पिएका छन् ।

घटना भारतस्थित नालन्दा जिल्लाको नारजपुरको गाउँको हो । यहाँका हिमांशु प्रसाद सुमन नामका युवकले आफ्नो स्टुडियो खोल्नका लागि गाउँकै साहु सावन कुमारबाट चार लाख रुपैयाँ ऋण लिएका थिए । त्यसपछि सुमनले एक युवतीसँग प्रेम गरे र उनैसँग विहे पनि गरे । तर, यो प्रेम सम्बन्धको समयमा उनले लिएको ऋणको ब्याज पनि बढ्यो । साहुले जब उनीसँग साहु ब्याजसहित ऋण फिर्ता मागे तब उनले आफ्नी श्रीमती र दुई सन्तानलाई ऋणको बदला दिने प्रस्ताव गरे जसलाई साहुले स्वीकार गरे ।

दुबैको सहमतिमा सुमनले आफ्नी श्रीमतीको विहे साहु सवान कुमारसँग गरिदिए । र बच्चाका साथ श्रीमतीलाई अन्माएर पठाए । यो घटना पुरै इलाकामा जंगलमा आगो लागेजसरी फैलिरहेको छ । तर, गाउँलेहरु यस्तो लज्जित कार्यप्रति बोल्न मानिरहेका छैनन् ।

ऋणको बहानामा श्रीमतीबाट मिल्यो छुटकारा

समाचार अनुसार ऋण लिनेदिने चक्करमा साहु सावन कुमार सुमनको घर आउजाउ गरिरहन्थे । स्थानीयहरुको भनाई अनुसार साहु सावन कुमार र सुमनकी श्रीमतीबीच निकटता बढ्दै थियो । सुमनले ऋण तिर्ने बहानामा यो खेल खेले जसले उनको ऋण पनि चुक्ता भयो र श्रीमती र सावनकुमारको सम्बन्धबाट पनि उनले छुटकारा पाए ।



from Nepal123.com - ऋण तिर्न नसक्दा साहुलाई आफ्नै श्रीमती सुम्पिएपछि…