Sunday, March 20, 2016

बेइजिङमा प्रधानमन्त्री ओलीको यसरी भयो भव्य स्वागत (फोटो फिचर)

बेइजिङ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुग्नु भएको छ ।

प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आजदेखि यही चैत १४ गतेसम्म हुने भ्रमणका क्रममा यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई बेइजिङl:yt अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विदेश मन्त्रालयका उपमन्त्री लीउ जेन मिन, चीनका लागि नेपाली राजदूत डा महेशकुमार मास्के, परराष्ट्र मन्त्रालय तथा दूतावासका उच्चपदस्थ अधिकारीले स्वागत गर्नु भएको थियो ।

PM Oli at Beijing Airport-2

प्रधानमन्त्री ओली काठमाडौँबाट बिहान ११ बजे चीनका लागि प्रस्थान गरी पाँच घण्टाको उडानपछि स्थानीय समयअनुसार साँझ ६ः२० मिनेटमा बेइजिङ आइपुग्नु भएको हो । प्रधानमन्त्री ओलीलगायतको नेपाली भ्रमण टोली हिमालय एअरलाइन्सको विमानबाट बेइजिङ आइपुगेको हो ।

PM Oli at Beijing Airport-1

प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वाणिज्यमन्त्री दीपक बोहरा, प्र्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, सांसद, व्यापारिक समुदाय, सञ्चारकर्मीलगायत पनि बेइजिङ आइपुग्नु भएको छ ।

PM Oli at Beijing Airport-3

प्रधानमन्त्री ओली आज साँझ राजधानी बेइजिङस्थित डिआओयुताइ स्टेट गेष्ट हाउसमा रहनु हुनेछ । प्रधानमन्त्री ओलीले भोलि चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटघाट गर्नु हुने कार्यक्रम छ ।

भोलि नै ग्रेट हल अफ दि पिपुलमा नेपाल–चीन वार्ता हुने र केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

साइबर क्राइमको मुद्दामा आङकाजी शेर्पाले सफाई पाए

चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले साइबर क्राइमको मुद्दामा संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पालाई सफाई दिएको छ ।

न्यायाधीश हरिप्रताप केसीको इजलासले शेर्पाविरुद्ध सरकारले लगाएको दाबी अभियोग नपुग्ने ठहर गरेको हो ।

गत भदौ ७ मा भएको टीकापुर घटनालाई लिएर समाजिक सञ्जालमा भ्रमपूर्ण र सामाजिक सद्भाव खलबल्याउने पोष्ट गरेको भन्दै प्रहरीले शेर्पालाई पक्राउ गरेको थियो ।

१६ भदौमा पक्राउ परेका शेर्पा १६ दिनपछि धरौटीमा छुटेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गिरिजाप्रसादको स्मृति कार्यक्रममा नक्कली गिरिजाको हस्यौली

७ चैत, काठमाडौं । ‘उहाँ हामीबाट बिदा हुनुभएको ६ वर्ष बितेको छ, यो ६ वर्ष कति छिटो बित्यो हामीलाई पत्तै भएन ।’

भूतपूर्व कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको छैटौं स्मृति दिवसका दिन आयोजित अन्तक्रिर्या कार्यक्रम उद्घोषकले यस्तो अनर्थ लाग्ने अभिव्यक्तिबाट सुरु गरे । राष्ट्रिय नाचघरमा खचाखच दर्शकले त्यसलाई आफ्नै हिसाबले बुझेर ताली बजाए ।

‘गिरिजाप्रसादले सिकाएको सहकार्य र नेपाली राजनीति’ शीर्षकमा आयोजित कार्यक्रममा कांग्रेस युवा नेताको बाक्लो उपस्थिति थियो । यद्यपि कोइराला वंशका उत्तराधिकारी तथा हालै निर्वाचित महामन्त्री शशांक कोइराला भने अनुपस्थित रहे । पछिल्लो कालखण्डमा आफ्ना हरेकजसो भाषणमा गिरिजालाई सम्झिन खोज्ने एमाओवादी अध्यक्ष प्रचण्ड पनि आइदिएनन् । जब कि कार्यक्रममा दुवैको उपस्थिति रहने भनिएको थियो ।

गुरुङले खादा लगाउन मानेनन्

मञ्चमा बसेका करिब दुई दर्जन अतिथिलाई कार्यक्रमको प्रारम्भमा सबै अतिथिलाई खादा लगाएर स्वागत गरियो । तर, एकजनाले लगाउन मानेनन् । उनी थिए, युवा नेता धनराज गुरुङ ।

सुरुमा उनले खादा नलगाउनुको कारण बुझिएन । तर, आफ्नो भाषणमा गुरुङले यसको तार्किक कारण प्रस्तुत गर्ने प्रयास गरे ।  उनले भने, ‘देश एउटा भिखारीजस्तो हालतमा छ । प्रधानमन्त्री कहिले यो देश कहिले त्यो देश गएर हात पारिरहनुभएको छ । हामी यहाँ के के नै उत्सवझैं गरी कहिले माला र कहिले खादा लगाएर मुसुमुसु गरिरहेका हुन्छौं ।’

गुरुङले देशको धराशयी अर्थतन्त्रलाई जोगाउन स-साना कुरामा पनि ध्यान दिनुपर्ने सोचले आफूले खादा नलगाएको उल्लेख गरे । नेपालले वाषिर्क १० करोडको माला र १५ करोडको खादा आयात गरेको गरेको उल्लेख गर्दै गुरुङले भने, ‘हामी माला र खादा नलगाउँदा वाषिर्क २५ करोड जोगिन्छ राज्यको ।’

पञ्चायतलाई ‘शुभकामना’

‘म के भन्छु भने, म जे भन्छु त्यो गर्छु र म जे गर्छु त्यो भन्छु,’ उनले यसरी गिरिजालाई उडाउँदै गर्दा हलभित्र खचाखच कांग्रेसीहरू खुलेर हाँस्न सकेनन् ।

काठमाडौं कांग्रेसका पूर्वसभापति भीमसेनदास प्रधानले सबैभन्दा पहिलो भाषण गरे । उनले गिरिजाका बारेमा केही रोचक प्रसंग सुनाएका थिए । ‘उहाँको राजनीतिक जीवन सधैँ विवाद र मतान्तरहरूको सेरोफेरोभित्र बित्यो,’ प्रधानले भने । बीपीको मेलमिलाप नीतिमा कोइरालाको प्रारम्भिक मतान्तर रहेको उनको भनाइ थियो ।

‘पञ्चायतको २५ वर्ष पुगेको अवसरमा सरकारलाई कोइरालाले शुभकामना पत्र पठाएको र त्यही निहुँमा गणेशमानसँग कडा विवाद उब्जेको श्रेष्ठले उल्लेख गरे ।  ‘शुभकामना पठाएको थाहा पाएपछि गणेशमानले तुरुन्तै गिरिजाबाबुलाई कारबाही गर्न किसुनजीलाई आग्रह गर्नुभो, तर किसुनजीले गिरिजा यस्तै हो भनेर विवाद टालटुल पार्नुभो,’ श्रेष्ठले सुनाए ।

‘तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री पदका लागि दर्खास्त खोलेका बेला कोइरालाले तीर्थराम डंगोल र मलाई शशांकको घरमा बोलाउनुभो । आफ्ना सहयोगी बालकृष्ण दाहाललाई बाहिर पठाउनुभो र हामीलाई बेडरुममा लैजानुभो । त्यसपछि खुसुक्क सोध्नुभो, बाहिर के हल्ला छ ? म प्रधानमन्त्री बन्दा के हुन्छ ?’ मैले तत्कालै भनेँ, ‘गिरिजाबाबु बाहिर तपाईंले कुनै हालतमा दर्खास्त दिनु हुँदैन । बाहिर सबैले यही भनिरहेका छन् । तीर्थरामजीले भने ठाडै यसो भन्न नसकेर दुई प्रश्न कोइरालासँग राख्नुभो । उहाँले सोध्नुभो, होलेरीकाण्डका बेला दरबारले असहयोग गर्दा तपाईंले राजीनामा दिनुपरेको थियो । माओवादी जनयुद्ध अहिले पनि जारी छ । के प्रधानमन्त्री भएर माओवादी समस्या समाधान गर्न सक्नुहुन्छ ?’

उहाँको दोस्रो प्रश्न थियो, ‘के हामीले उठाउँदै आएको संसद पुनस्र्थापनाको एजेन्डालाई पूरा गराउन सक्नुहुन्छ ?’ त्यसपछि गिरिजाबाबुले जवाफ दिनुभयो, ‘माओवादी समस्या त तुरुन्तै समाधान गर्न सक्छु ।’

उहाँको प्रधानमन्त्री बन्ने मनसाय बुझेर हामी त्यहाँबाट हिँड्यौं । तर, त्यही दिन बसेको एमाले बैठकले माधव नेपाललाई प्रधानमन्त्रीमा दर्खास्त दिने निर्णय लियो र उहाँले दर्खास्त दिनुभयो । त्यसपछि गिरिजाबाबुले दिनुभएन । आखिरमा न गिरिजाबाबु प्रधानमन्त्री बन्नुभयो, न माधव । राजाले शेरबहादुरलाई रोजे ।’

विश्वप्रकाशले देखाए तीन नेपालीका अनुहार

कार्यक्रममा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले निकै मन छुने भाषण गरे । यद्यपि, सुरुमा उनले कोइरालाको बढाइँचढाइयुक्त तारिफबाट सुरु गरेका थिए ।

‘कुनै विद्वान्ले भनेका छन् कि यस्तो किताब लेख जुन वर्षौंसम्म पढियोस्, पढून् । अथवा यस्तो कर्म गर, जसका बारेमा युगौंसम्म किताबहरू लेखिऊन् । गिरिजाप्रसादले आफ्नो जीवनमा कुनै किताब त लेख्नुभएन, तर यस्तो कर्म गर्नुभयो, जसका बारेमा भविष्यमा थुप्रै किताबहरू लेखिन सक्छन्,’ शर्माले भने, ‘नेपालमा सबैभन्दा बढी पुत्ला गिरिजाप्रसाद कोइरालाकै जलाइयो । सिंगो कम्युनिस्ट आन्दोलनले आफ्नो समय उहाँको आलोचनामा बितायो । गिरिजाप्रसाद पनि कम्युनिस्ट आन्दालनको कट्टर आलोचक रहनुभयो । तर जब उहाँ जमिनबाट बिदाइ हुनुभो, त्यतिबेला हामीले मात्र होइन, कम्युनिस्टहरूले पनि भने, हामीले अभिभावक गुमायौं । हामी मात्र होइन, उनीहरू पनि रोए ।’

त्यसपछि विषयान्तर भएर शर्माले पार्टीका सभापति देउवालाई तीनथरी नेपाली अनुहारहरू हेर्न यसरी सुझाव दिए-

एउटा अनुहार रुकुमबाट निर्वाचित भएर आउनुभएको थियो, गोपाल शर्मा । माओवादीले उहाँको दुवै आँखामा तेजाब हालिएकाले उहाँ देख्न सक्नुहुन्न । तर आफ्नो अन्तरदृष्टिले राम्रो कांग्रेस र राम्रो देश देख्नुहुन्छ । उहाँजस्तै माओवादी द्वन्द्वकालमा राज्पक्षबाट वा विद्रोहीबाट प्रताडीत भएका युवा हुन्, उनीहरूको अनुहार हाम्रो पार्टी सभापतिको स्मृतिमा पहिलो नम्बरमा आउनुपर्छ ।

दोस्रो, गरिब आमाबाबुले गाँस काटेर पढाएको छोरो हातमा सर्टिफिकेट बोेकेर जागिरका लाठ सोर्स खोज्दै छ । सभापतिज्यु, यो देशको युवाले जागिर खानलाई यो वा त्यो पार्टीको ढोका चहानुपर्ने बाध्यता दुःखद र पीडादायी छ । तपाईंले कार्य-सम्पादन गर्दै गर्दा त्यो युवाको अनुहार पनि सम्झिनुपर्छ ।

तेस्रो, युवा नेपालमा कुनै अवसर नभेटिएपछि त्रिभुवन विमानस्थलमा पुगेको छ, सपनाहरूको खोजी गर्न । उसले दुःख गरेर रेमिट्यान्स पठाएको छ, हामी रोटी खाइरहेका छौं । तर उसैलाई थाहा छैन, भोलि खादा लगाएर नेपाल आउँछ वा बाकसमा भरिएर लास भएर आउँछ ।

त्यसपछि शर्माले एउटा कवितांश सुनाए-

म त सगरमाथाको देशको मान्छे
भयो यो कुरा फेरि भविष्यमा गरौंला
अहिले त म जीवनको उचाई खोज्न खाडीमा ओर्लिएको छु
म खाडीमा आउनलाई बिदाइ गर्दा
मेरी श्रीमतीले बगाएको आँसुलाई सीधै टर्बाइनमा हालेर
मेरो देशको एक मेगावाट बिजुली उत्पादन गरियो अरे
म त त्यो देशको मान्छे
एउटा चित्रकारले संसार पूरै रंग्याउन पर्‍यो भने
मेरो देशको लालीगुराँससँग सापटी लिन सक्दैनन्
तर म त मेरी बूढी आमाको अनुहारको रंग खोज्नलाई खाडीमा आएको छु

कार्यक्रमकै बीचमा नक्कली गिरिजा

Gp-acting

गम्भीर विषयमा भएको अन्तक्रिर्या कार्यक्रमको बीचमा एउटा हास्यास्पद प्रयोग पनि गरियो । एमाले महासचिवको भाषणअघि उद्घोषकले भने, ‘आजका दिनमा गिरिजाप्रसाद हाम्रो बीचमा हुनुभएको भए के हुन्थ्यो होला ? यदि यो कार्यक्रममा उहाँ भाषण गर्न आउनुभएको भए के भन्नुहुन्थ्यो होला ? आउनुस् हामी तपाईंहरूको कौतुहल समाधान गरिदिन्छौं ।’

नभन्दै गिरिजाको भेषमा एक व्यक्ति आएर ड्यासमा ठडिए । उनी गिरिजाकै हाउभाउ र आवाजमा बोल्न थाले ।

‘म के भन्छु भने, म जे भन्छु त्यो गर्छु र म जे गर्छु त्यो भन्छु,’ उनले यसरी गिरिजालाई उडाउँदै गर्दा हलभित्र खचाखच कांग्रेसीहरू खुलेर हाँस्न सकेनन् । मञ्चमा बसेका नेताले पनि खासै स्वाद मानेनन् ।

‘म जय नेपाल भन्छु तपाईंहरू पनि भन्नुस्’ भन्दै सिम्खडा हिँडेपछि बुहारी नामको किताब विमोचन गराउन पनि भ्याए आयोजकले ।

कोइरालाको प्रशंसामा देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई अथक परिश्रमी नेताको संज्ञा दिए । उनले भने, ‘बरु हामी युवा थाक्थ्यौं, उहाँ बिहानदेखि बेलुकासम्म खट्दा पनि थाक्नुहुन्थेन ।’

देउवाले ०२४ सालमा नख्खु जेलमा बस्दा कोइरालासँग आफ्नो चिनजान भएको सम्झिए । त्यसयता निरन्तर आफूहरूको सहकार्य रहेको भन्दै उनले बीचमा एकपटक आफूलाई पार्टीबाट निकालेको पनि उल्लेख गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञवालीमाथि अख्तियारको छानबिन

रवीन्द्र घिमिरे
७ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीमाथि भ्रष्टाचारको अभियोगमा छानविन थालेको छ ।
सीईओ ज्ञवालीविरुद्ध अख्तियारमा झण्डै एक दर्जन उजुरी परेका छन् ।

उजुरीका आधारमा अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले अनलाइनखबरसँग पुष्टि गरे । पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत नियुक्त हुनुअघि ज्ञवाली नगर विकास कोषमा कार्यकारी निर्देशक थिए ।

‘कोष र प्राधिकरण दुबैमा ज्ञवालीले अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएका छन्’ पुस्करले भने- ‘हामीले छानविन गरिरहेका छौं ।’

चार किसिमका आरोप
स्रोतका अनुसार प्राधिकरणका सीईओ ज्ञवालीविरुद्ध अख्तियारमा अहिले चार किसिमका उजुरी परेका छन् । प्राविधिक, प्रशासनिक, आर्थिक विषयका साथै सार्वजनिक खरिदमा अनियमितता गरेको आरोप लागेको छ ।

उनले नगर विकास कोषमा कार्यरत रहँदा नगरपालिका र उपभोक्ता समितिहरुलाई विभिन्न आयोजनाका लागि ऋण तथा अनुदान दिँदा विभिन्न किसिमबाट भ्रष्टाचार गरेको आरोप लागेको छ ।

नगर विकास कोषले दातृ निकायसँग एक प्रतिशतसम्म ब्याजदरमा ऋण लिएर नगरपालिकाहरुले सञ्चालन आयोजनालाई ८ प्रतिशतसम्म ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको छ ।

यस्तै नगरपालिकाले ऋण लिएर चलाएको आयोजना बनेपछि अर्को योजनाका लागि अनुदान समेत दिने गरेको थियो । पछिल्लो समयमा भने कोषले एउटै आयोजनामा ऋण र अनुदान दिँदैछ ।

प्राधिकरणमा आएपछि ज्ञवालीले प्राविधिक (ड्रोइङ तथा डिजाइनिङ) अनियमितता गरेको भन्दै उजुरी दर्ता भएका छन् ।

अनुसन्धान आधा सकियोः अख्तियार
अख्तियार प्रवक्ता पुस्करले ज्ञवालीमाथि भ्रष्टाचारको अनुसन्धान तीव्र गतिमा भइरहेको दाबी गरे । अनुसन्धानले दिने निश्कर्षमा आधारमा मात्रै थप बोल्न सकिने उनले बताए ।

केही उजुरीको अनुसन्धान प्रारम्भिक अवस्थामा नै छन् । दोषी पाइए उनीविरुद्ध मुद्दा दायर गरिने अख्तियारले बताएको छ ।

सीइओ ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा गएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

विद्यार्थी बोकेको बस दुर्घटनामा १४ को मृत्यु, ४३ घाइते

स्पेन– स्पेनको उत्तरपूर्वी इलाकामा भएको एक बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको क्याटालोनियाका सुरक्षा अधिकारीले बताएका छन् ।

बार्सिलोना विश्वविद्यालयमा भर्ना भएका उनीहरु स्पेनको पूर्वी सहर भेलेन्सियामा आयोजित एक परम्परागत कार्यक्रममा सहभागी भई बार्सिलोना फर्किँदै गर्दा दुर्घटना हुँदा मृत्यु भएको यहाँको गृह मामिला प्रमुख जोडी जेनले बताए ।

बार्सिलोनाबाट १५० किलोमिटर टाढा रहेको फ्रेजिनल सहर नजिकै भएको थियो ।

उनीहरु कुनकुन देशबाट स्पेन आएका भन्ने विषयमा समाचारमा केही जनाइएको छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भाटभटेनी सुपर मार्केटले उपभोक्तालाइ ठगिरहेको खुलासा

काठमाडौँ- भाटभटेनी आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले भाटभटेनी सुपर मार्केटले उपभोक्ता ठगिरहेको भेटिए पछि अनुगमनमा सामानको मुल्य चर्को असुल्ने गरेको फेला परेको जनाएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभाग निर्देशक लक्ष्मण श्रेष्ठले सर्वसाधरणको उजुरीको आधारमा अनामनगरमा रहेको भाटभटेनी सुपर मार्केटमा अनुगमन गरेको बताउनु भयो । उहाँका अनुसार बाल्ट्राको थरमसमा १८ सय १० रुपैयाको ट्याङ टासिएको तर, बिक्री बिलमा  १९ सय २० रुपैयामा बिक्री भइरहेको  बताउनु भयो ।

उपभोक्तालाई सिधै ठगी गरेकाले थप अनुसन्धानबाट कारबाही प्रक्रिया अघि बढाइने विभागको तयारी छ । विभागका अनुसार ऐन अनुसार दूई बर्षसम्म कैद र जरिवाना हुन सक्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Hot bed scene from the Movie Zhigrana – Removed by the Censor Board

Censor Board of Nepal is often dragged into disputes for different types of certificates hands over to Nepali Movies. The board gives ‘A’ (*adult) certificate by deleting scenes of the movie. What’s the justification of providing ‘A’ certificates by cutting the scenes? This is the question often raised by film directors and producers.

Recently, the censor board of Nepal didn’t pass the bed scene of ZHIGRANA. In the scene, artist Nikun Shrestha and Menuka Pradan have enjoyed in the bed room.

The film unit claims that the scene was shot in an artistic way. But, the board deleted the scene and provided ‘A’ certificate to the movie. Now, the movie is not available to watch for audiences below 16 years. The film unit is riled by the decision and says that there is no reason to remove the bed scene from the movie.
Shanti Giri, Hanna Gesciwski, Jyoti Karki, Arun Regmi, Diwakar Piya, Bina Pandey among other have acted in the movie.


यो समग्री नेपाल१२३.com मा पुरै पढौं