from Nepal123.com - नियमविपरित शुल्क लिने विद्यालयलाई कारबाही गर्ने सहमति
काठमाडौं । नेको इन्स्योरेन्सले अबदेखि दुर्घटना भएको स्थानमै बिमाको दावी भुक्तानी गर्ने भएको छ ।
कम्पनीले ग्राहकहरुले दुर्घटना भए पश्चात वीमा दावीको भूक्तानी लिन ढिलो समय कुर्नु नपरोस, कागजी झन्झटबाट पूर्ण मुक्त भई वीमा दावी सरल तरिकाले प्राप्त गर्न सकुन भन्ने उद्देश्यले स्पट पेमेन्टको व्यवस्था गरिएको जनाएको छ ।
दुर्घटना स्थलमै भुक्तानी लिन ग्राहकले आफ्नो सम्पत्तीको क्षति हुना साथ नेको इन्सुरेन्सको नजिकको शाखा वा केन्द्रिय कार्यालयको दावी विभागमा जानकारी गराउनु पर्छ ।
त्यसपछि कम्पनीबाट तत्काल दुर्घटना स्थलमा कर्मचारी पुगेर भुक्तानी गर्ने विज्ञप्तिमा उल्लेख छ ।
सप्तरी, २४ वैशाख – विभिन्न माग राख्दै राजविराज नगरपालिकाका कर्मचारीले तीन दिनदेखि राख्दै आएको धर्ना आज पनि जारी राखेका छन् ।
नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गरुङको कार्यशैलीमा सुधार, हरुवाचरुवाको भरमा गरिएको गोप्य परिषद् बदर गर्नुपर्ने र तीन महिनादेखि कर्मचारीको रोकिएको तलब उपलब्ध गराउनुपर्नेलगायतका १३ बुँदे माग राख्दै कर्मचारी तीन दिनदेखि धर्नामा बसेका छन् ।
यता कर्मचारीले नगरपालिकामा धर्ना कार्यक्रम जारी राखेपछि कामकाजका लागि आउने सेवाग्रही सेवा लिनबाट वञ्चित भएका छन् ।
यसैबीच कर्मचारीले भने आफूहरुको माग पूरा नभएसम्म धर्ना कार्यक्रम यथावत् रहने बताइएको छ ।
२४ वैशाख, काठमाडौं । एमाओवादीसँगको पार्टी एकतालाई लिएर मोहन बैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुटको संघारमा पुगेको छ ।
अध्यक्ष बैद्यले बैठक टार्दै लगेपछि महासचिव रामबहादुर थापाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । एमाओवादीसँग एकता गर्नुपर्छ भन्ने पक्षको नेतृत्व बादलले गरिरहेका छन् ।
तर, अध्यक्ष बैद्यले महासचिव बादलले बोलाएको बैठकमा नआउन अर्को सर्कुलर जारी गरेका छन् ।
पार्टी एकताबारे छलफल गर्न बैद्य माओवादीको बैठक चैत १२ गतेदेखि बसेको थियो । तर, एकता पक्षधर हाबी भएको उक्त बैठक कुनै निर्णय नै नगरी एक महिनाका लागि स्थगित भयो । पार्टी एकता पक्षको दबाव टार्न बैद्यले बैठक स्थगित गरेका थिए ।
एक महिना कुर्दा पनि अध्यक्षले बैठक नबोलाएपछि बादल आफैं अघि सरेका छन् । उनले २७ गते बुद्धनगरस्थित पार्टी कार्यालयमा सम्पर्क गर्न र २८ गतेबाट केन्द्रीय समितिको बैठक सुरु हुने बताएका छन् । ‘सकेसम्म सहमतिबाट निर्णय हुन्छ नभए बहुमतको निर्णय अल्पमतले मान्नुपर्छ’ बादल पक्षीय एक नेताले भने ।
बादल समूहको तयारी हेर्दा २८ गते वैद्य माओवादीमा औपचारिक फुट आउने देखिएको छ । प्रचण्ड माओवादीसँग एकता गर्ने बादलको लाइनमा सचिव देव गुरुङ, प्रवक्ता पम्फा भुसाल, नेताहरु हितमान शाक्य लगायतको समर्थन देखिएको छ ।
अध्यक्ष वैद्यसहित उपाध्यक्ष सीपी गजुरेल, नेताहरु परि थापा, हरिभक्त कँडेललगायतको समूहले भने तत्काल प्रचण्ड माओवादीसँग एकता सम्भव नभएको बताएको छ ।
काठमाडौँ : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले शिक्षा मन्त्रालयलाई कुन विषय कुन देशको कुन विश्वविद्यालयमा उपयुक्त छ भन्ने सूची प्रकाशित गर्न निर्देशन दिएको छ।
समितिको शुक्रबार बसेको बैठकले अध्ययनका लागि उपयुक्त देखिएका देशहरुसँग एमओयू गर्नसमेत निर्देशन दिएको छ।
‘विदेशमा अध्ययनका लागि कुन विषयमा कुन देशको कुन युनिभर्सिटी उपयुक्त छ, यसको अध्ययन गरी सूची प्रकाशित गर्न निर्देशन दिने निर्णय भयो।’ समितिको निर्णयमा भनिएको छ।
एजुकेशनल कन्सल्टेन्सीहरु व्यवस्थित गर्न समेत निर्देशन दिँदै समितिले त्यस्ता कन्सल्टेन्सीलाई मान्यता दिँदा प्रभावकारी मापदण्ड बनाउन समेत शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
साथै अनुगमन संयन्त्र निर्माण गरी उचित कारबाही गर्न पनि समितिको निर्देशन उल्लेख छ।
काठमाडौ,२४ बैशाख । विहीबार राति ११ बज्न लाग्दा सत्तारुढ दुई मुख्य दल नेकपा एमाले र एनेकपा माओवादीबीच बालुवाटारमा सम्पन्न ९ बुँदे लिखित सहमतिबाहेक नेताहरुबीच सत्ता हस्तान्तरणबारे भद्र सहमति भएको भनेर बाहिर चर्चा चलेको छ । नीति–कार्यक्रम र बजेटपछि केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भनी चलेको चर्चालाई एमालेका नेताहरुले अस्वीकार गरेका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा एमाले नेता विष्णु रिमालले नौ बुँदे सहमति बाहेक सत्ता हस्तान्तरणका अरु कुनैखाले सहमति नभएको दावी गरेका छन् । लिखित समझदारीपत्रको पहिलो बुँदामा राष्ट्रिय सहमतिबारे उल्लेख भए पनि अमूर्त कुरा गरिएको छ । एमाओवादीका लागि यही बुँदा आशाको त्यान्द्रो हुनसक्छ ।
एमाओवादीका नेता तथा कृषि मन्त्री हरिवोल गजुरेलले सत्ता हस्तान्तरणबारे ठोस खालको सहमति नभए पनि राष्ट्रिय सहमतिको सरकार निर्माणमा एमाले सकारात्मक रहेको बताएका छन् ।
मौखिक कुराकानीलाई आधार मान्दा एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सकारात्मक भूमिका खेल्ने आफ्नो पार्टीको विश्वास रहेको गजुरेलको भनाई छ । गजुरेलले राष्ट्रिय सहमतिको सरकारका विषयमा एमाले र एमाओवादी मात्रैले सहमति गरेर नहुने बताए । दुई दलबीच ९ बुँदे सहमतिपछि वर्तमान सरकारप्रति एमाओवादीको असझदारी र संशयहरु हटेको व्याख्या एमाले नेताहरुले गरेका छन् ।
काठमाण्डु, २४ वैशाख– करि छली प्रकरणमा मुछिएको एनसेल खरिदबिक्रीमा पूजिगत लाभकर असुल गर्नुपर्ने सम्बन्धमा संसदमा छलफल गर्नुपर्ने माग राख्दै कांग्रेसका सांसद गगन थापाले प्रस्ताव दर्ता गराएका छन् ।
एनसेलले दिनुपर्ने रकम वार्षीक आयको महत्वपूर्ण हिस्सा हुने बताउँदै थापाले संसदमा छलफल गरी सरकारलाई निर्देशन दिन सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।
एनसेल र बिक्रेता कम्पनी टेलियासोनेले सरकारलार्य कर नतिर्ने बताएएपछि चौतर्फी बिरोध भइरहेका बेला थापाले यस्तो प्रस्ताव दर्ता गराएका हुन् ।
एनसेलले एक खर्ब ४० अर्ब रुपैयाँको खरिदबिक्रीको ८० प्रतिशत सेयरतर्फको लाभकर नतिर्ने बताउदै आएको छ ।