Saturday, May 7, 2016

‘कामुक’ ढंगबाट केरा खाइरहेको दृश्य इन्टरनेटमा राख्न नपाइने

एजेन्सी । चीनको लाइभ स्ट्रीमिंग सर्विसेसले सर्वसाधारणलाई ‘कामुक’ ढंगबाट केरा खाइरहेको समय भिडियोग्राफी गरेर प्रसारण गरिएको भन्दै प्रसारणमा रोक लगाइएको छ । ‘बीबीसी’को एक रिपोर्ट अनुसार लाइभ स्ट्रीमिंग साइटलाई नियन्त्रणमा राख्न चीनीया सांस्कृतिक मन्त्रालयले नै एक अनुसन्धान टोली गठन गरेको छ ।

जसले २४ घण्टाको निरिक्षण गर्ने बिबिसीले जनाएको छ । रिपोर्टका अनुसार उक्त लभइभ स्ट्रिमीगंमा अनुपयुक्क्त प्रसारणका कारण सेक्स इरोटिक विषय बस्तुका कारण समाजमा नकारात्मक सन्देश गएको सांस्कृतिक मन्त्रालयलको निष्कर्ष छ । जस्ले पोर्न साइटको प्रचार गरेको मन्त्रालयको आरोप छ ।



from Nepal123.com - ‘कामुक’ ढंगबाट केरा खाइरहेको दृश्य इन्टरनेटमा राख्न नपाइने

एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

२६ वैशाख, काठमाडौँ। एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् ।

मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् ।

कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी जेठ ६ गते ३२१ लोकप्रिय कलाकारको आवाजमा वातावरणसम्बन्धी चेतनामूलक गीत रेकर्ड गराइने भएको हो । ढाकाले उक्त अभियानलाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा दर्ता गरिने जानकारी दिए ।

उक्त सङ्गीत रेकर्डका लागि रेडियो नेपालको चारवटा स्टुडियो प्रयोग गरिने र ३३ मिनेट ४९ सेकेन्डको हुनेछ । यसलाई म्युजिक भिडियो बनाएर वातावरणसम्बन्धी चेतनामूलक अभियानका रुपमा देशभर प्रचारप्रसार गरिनेछ ।

ढाकाले दिनानुदिन मुलुकमा वातावरणीय ह्रास भइरहेको र यसले प्राकृतिक सन्तुलन, वातावरणीय सुन्दरतालगायत मानवीय जीवनमा नकारात्मक असर पुर्याएको भन्दै यस्तो अभियान सञ्चालन गरेको बताए ।

उनले मुलुकका विभिन्न ५३ जिल्लामा गएर वातावरणबाट हुने असरका बारेमा छायाङ्कन गरी वृत्तचित्र निर्माण गरेको र वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा रहेको उल्लेख गरे । रासस



from Nepal123.com - एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

सरकार ढाल्ने ७२ घण्टे खेलः भाग एक !

२६ वैशाख, काठमाडौं । सरकार बनाउन निर्णायक भूमिका खेलेका प्रचण्ड आफैं प्रधानमन्त्री बन्न अघि सरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरुले हरेस खाइसकेका थिए । तर, प्रचण्ड एकाएक पछि हटे । अन्ततः ओली नेतृत्वको सरकार अब केही दिनका लागि जोगिएको छ । र, बजेटको तयारीमा जुटेको छ ।

आखिर किन छाडे त प्रचण्डले मुखैमा आएको प्रधानमन्त्री ? दिन बित्दै जाँदा वास्तविकता खुल्न थालेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्ड पछिल्लो केही समयदेखि केपी ओली सरकार प्रति सन्तुष्ट थिएनन् । र, उनलाई पटक-पटक प्रधानमन्त्री हुने अफर आएको थियो । तर, पार्टी समीकरणका कारण अघि बढ्न सकेका थिएनन् ।

तर, योपटक द्वन्द्वकालीन मुद्दाहरुका विषयमा भएको भद्र सहमति ओलीले बेवास्ता गरेपछि एमाओवादी नेतृत्व दबावमा पर्‍यो । एमाले र एमाओवादीबीच वार्ताका लागि लिखित पत्र नै पठाउँदा समेत सुनुवाइ भएन । र, वामपन्थीहरुको सरकार टिकाइराख्नुपर्छ भन्ने नारायणकाजी श्रेष्ठहरु पनि के हो भन्ने अवस्थामा आइपुगे ।

एमाओवादी स्थायी कमिटीको बैठकले एमालेसँग वार्ता गर्ने र सरकारलाई प्रभावकारी बनाउनेसहितको तीन बुँदे निर्णय गरेको थियो । जसको दोस्रो बुँदामा कांग्रेस र तेस्रोमा मधेसवादी दलहरुसँग वार्ता गर्ने उल्लेख थियो ।

तर, प्रचण्ड दोस्रोबुँदालाई टिपेर कांग्रेससँग वार्ता थाले । र, कांग्रेसलाई ओली सरकारलाई हटाउने यो उपयुक्त मौका थियो ।

एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर कि कांग्रेसले मलाई समर्थन गरिसक्यो, एमालेले पनि गर्नुपर्‍यो । होइन भने हामी समर्थन फिर्ता लिन्छौं भनिदिए । ओलीले कुरा गर्न खोज्दा पनि उनी मसँग समय छैन भनेर हिँडे । प्रचण्ड ‘बोल्डली’ अघि बढेको देखेपछि एमाले नेताहरु अब सरकार त ढल्ने भयो भन्ने निष्कर्षमा पुगे । र, उनीहरुले निराश थिए ।

तर, एमाओवादीभित्र अहिले नै सरकार छाड्नेबारे एक मत थिएन । अहिले सरकारमा भएका मन्त्रीहरु र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ वामपन्थीहरुको सरकार छाडेर कांग्रेससँग मिलेर सरकार बनाउने पक्षमा थिएनन् । किनभने उनीहरुलाई कांग्रेससहितको सरकार केही दिनका लागि मात्र हो, त्यसपछि हटाइदिन्छन् भन्ने परेको थियो ।

एमाओवादीको स्थायी समितिमा प्रचण्डले आफूले ओलीसँग गरेको कुराकानी राखे । उपाध्यक्ष श्रेष्ठले आफू अहिले नै त्यसको पक्षमा नरहेको बताए । उनले सरकारमा र एमाले नेतृत्वसँग गर्नुपर्ने संघर्षहरु नै नगरी सरकार छाड्दा जनतामा गलत सन्देश जाने र पार्टी एकता प्रक्रिया पनि अवरुद्ध हुने तर्क अघि सारेका थिए ।

तर, प्रचण्ड कन्भिन्स भइसकेका थिएनन् । स्रोतका अनुसार यसबीचमा श्रेष्ठले एमाले र आफ्नै पार्टीभित्रका नेताहरुसँग ‘वान टु वान’ कुरा गरे ।

श्रेष्ठसहितको समझदारीमा नै एमालेलाई दबाव दिन आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनको अपीलसहित प्रचण्डको वक्यव्य आयो ।

परिणाम, एमाले माओवादीका मागहरु सम्बोधन गर्न तयार भए । यसमा वामदेव गौतम, प्रदिप ज्ञवाली र विष्णु पौडेलले एमाओवादी नेताहरुसँग कुरा गरेर ११ बुँदे सहमतिको मोटामोटी मस्यौदा बनाएका थिए । जुन ९ मा आएर टुंगिएको छ ।

यो समझदारीपछि एमाओवादी स्थायी समितिमा सरकार फेर्ने पक्षमा  अडान राख्दै आएका जनार्दन शर्मा प्रभाकर मौन बसिदिए । गृहमन्त्री शक्ति बहादुर बस्नेतले सरकार फेर्न नहुने भन्दै कडा रुपमा प्रचण्डको आलोचना गरे ।

अब सरकार फर्ने पक्षमा कृष्णबहादुर महरा, वर्षमान पुन र गोपाल किराती मात्र भए । अर्थात अहिले नै सरकार छाड्न हुन्न भन्नेहरु हावी भए । स्रोतले भन्यो, आफ्नो प्रस्ताव पास नहुने देखेपछि सुरुमा त प्रचण्ड एकदमै रिसाएका थिए । तर, भोलिपल्ट उहाँ ठीक छ भन्दै हाम्रो लाइनमा आउनु भयो र एमालेसँग वार्ता भयो ।’

समझदारीका लागि एमालेसँग भित्रभित्रै भएको वार्ता यो पटक प्रचण्डले त्यसपछि मात्र थाहा पाएमा थिए । र, २२ गते राति र २३ गते विहानको वार्तापछि एमाले र एमाओवादीबीच नौबुँदे सहमति भएको छ, जुन बाहिर आइसकेको छ ।

यसबाहेक एमाले र माओवादीबीच तीनबुँदे भद्र सहमति पनि भएको छ । यो लिखित सम्झौता गर्ने तयारी भने अन्तिममा आएर रोकिएको छ र नेताहरुले तीनबुँदेमा हस्ताक्षर नगरी आ-आफ्नो गोजीमा राखेका छन् ।



from Nepal123.com - सरकार ढाल्ने ७२ घण्टे खेलः भाग एक !

पुल्चोकमा जाम

ललितपुरको पुल्चोकस्थित दमकल चोकमा मछिन्द्रनाथ रथ राखिएका कारण बिहानैदेखि सवारी आवागमन प्रभावित भएको छ।  मछिन्द्रनाथको रथ दर्शन गर्न आउने भक्तजनहरुका कारण जाम भएको हो । जसका कारण ललितपुरको जावलाखेलदेखि पूल्चोकतर्फ आउने सवारी साधन प्रभावित भएका छन्।

उनीहरुलाई सुमेरु अस्पताल हुँदै झम्सिखेलबाट कानदेवतातर्फ डाइभर्ट गरिएको छ।


from Nepal123.com - पुल्चोकमा जाम

भारतसँगको सम्बन्ध फेरि चिसिएकै हो त ?

सत्ता परिवर्तन गर्ने कांग्रेसको प्रयास असफल भएकै दिन सरकारले दुईवटा निर्णय गर्‍यो– तय भइसकेको राष्ट्रपतिको भारत भ्रमण स्थगित गर्ने र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने ।

दुई देशबिचको सम्बन्ध केही सुधार हुनै लागेको बेला भएको सरकारको यो कदमले फेरि सम्बन्धमा चिसो आउने एकथरीको आशंका छ । अर्काथरीले भने सरकारी कदम स्वभाविक भएको टिप्पणी गरेका छन् ।

खासगरी वर्तमान सरकार परिवर्तनको लागि भारतले भूमिका खेलेको र त्यसमा राजदूत उपाध्यायले समेत साथ दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट भएको उहाँ निकट स्रोतको भनाई छ ।

त्यसैले एकीकृत माओवादीसँग बल्लतल्ल सहमति गरेलगत्तै उहाँले राष्ट्रपतिको भ्रमण स्थगित गराउनुभयो भने परराष्ट्र मन्त्रालयमार्फत राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गर्नुभयो । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्यो भन्नेहरुलाई ओलीको निर्णय सही लागेको छ ।

सामाजिक सञ्जालमा ओलीको कदमलाई सकारात्मक भन्नेहरु धेरै देखिएका छन् । तर कुटनीतिक तहबाट भने यसको आलोचना भएको छ । दुई देशबिचको सम्बन्ध सुधार हुनै लागेको बेला सरकारले उठाएको यो कदमले फेरि आपसी तिक्तता बल्झन सक्ने उनीहरुको चिन्ता छ ।

तर सरकारले भने भारतसँगको  सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनै लागि राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको दाबी गरेको छ । यस्तै राष्ट्रपति सहभागी हुने धार्मिक कार्यक्रम स्थलमा भएको प्राकृतिक प्रकोप, सरकारको नीति तथा कार्यक्रम प्रस्तुन हुने बेला भएकाले भ्रमण स्थगित गरिएको पनि सरकारको तर्क छ ।

तर सरकारले जसरी प्रष्टीकरण दिएपनि भारतलाई देखाउनको लागि नै यो कदम चालिएको हो भनेर बुझ्न गाह्रो छैन । नेपालको संविधानलाई खुलेर समर्थन नगरेको भारतले मधेसमा भएको आन्दोलनलाई बहाना बनाउँदै लामो नाकाबन्दी गर्यो ।

नाकाबन्दीकै बिच नेपालमा सत्ता हस्तान्तरणको बेला ओलीको सट्टा कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने उसको चाहना थियो । तर उसको चाहना विपरीत ओलीको नेतृत्वमा सरकार गठन भयो । अन्तर्राष्ट्रिय दबाबपछि नाकाबन्दी फिर्ता लिन भारत बाध्य त भयो, तैपनि नेपालको संविधानलाई उसले खुलेर स्वागत गरेको छैन ।

नेपालमा आफ्नो इशारा अनुसार सबैथोक होस् भन्ने चाहना राख्ने भारतलाई ओलीको सट्टा अरु नै प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने लागेको छ । त्यसैले पनि पछिल्लो सत्ता परिवर्तनको खेलमा उसको हात रहेको भन्नेहरु धेरै छन् ।

सुशील कोइरालाको पालामा राजदूत भएर दिल्ली पुगेका उपाध्यायले भने कांग्रेस नेतृत्वमा सरकार गठन होस् भन्ने भारतीय चाहनामा सहयोग गरेको वर्तमान सरकारको आरोप छ । त्यसैले कुटनीतिक क्षेत्रबाट आलोचना हुन्छ भन्ने बुझेर पनि सरकारले उपाध्यायलाई फिर्ता बोलायो ।

पछिल्लो यो घटनाक्रमले फेरि भारतसँगको सम्बन्ध चिसिने भयो भन्नेमा धेरैजना चिन्तित छन् । लामो समय नाकाबन्दी भोगेका नेपालीलाई फेरि त्यही अवस्था दोहोरिने हो कि भन्ने डर छ । तर नाकाबन्दी तत्कालिन समयको रणनीति मात्र हुन सक्ने भएकाले भारतले फेरि त्यही गर्न नसक्ने कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।

उनीहरु भन्छन्–नेपाल सरकारको वर्तमान कदमले भारतीय अधिकारी असन्तुष्ट छन्, तर नाकाबन्दीको समयमा भएजस्तै अवस्था चाहिँ दोहोरिँदैन । दुई देशबिच बिग्रेको सम्बन्ध सुधारको बाटोमा अघि बढेको समयमा फेरि असहज अवस्था आउने भयो भन्नेमा चाहिँ सबैलाई चिन्ता लागेको छ ।



from Nepal123.com - भारतसँगको सम्बन्ध फेरि चिसिएकै हो त ?

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

काठमाडौं, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदको बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेश गर्दै हुनुहुन्छ ।

अपरान्ह चार बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा राष्ट्रपतिले आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रम पेश गर्नु हुनेछ ।

राष्ट्रपतिले सदनमा नीति तथा कार्यक्रम पेश गरेपछि भोलि सोमबारदेखि सो विषयमा सैद्धान्तिक छलफल हुनेछ ।



from Nepal123.com - राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

पुर्नजन्म पाएको ओली सरकारको नीति तथा कार्यक्रम आज

२६ वैशाख, काठमााडौं । एमाओवादीको कारण झण्डै नढलेको केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०७३-०७४ को नीति तथा कार्यक्रम आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछ । राष्ट्रपति भण्डारीले आज दिउसो चार बजे सरकारको तर्फबाट संसदमा बार्षिक नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका संसद सचिवालयले बताएको छ ।

भुकम्प पीडितहरुले मानो र छानो नपाएर छटपटाइरहेको बेला संसद सचिवालले भने लाखौं रुपैयाँमा खर्च गरेर संसद सजावट गरेको छ । स्वागतका लाागि संसद भवन पुरै सजाइको छ । सुरक्षा व्यवस्था पनि कडा गरिएको छ । राष्ट्रपति भण्डारीले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम पेस गर्न लागेकी हुन् ।

नीति कार्यक्रममाथि संसदमा दुई दिन छलफल हुने कार्यतालिका तय भएको छ । छलफलपछि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

नीति तथा कार्यक्रममा सरकारले यसपटक आर्थिक बृद्धिलाई दश वर्षमा दोहोरो अंकमा पुर्‍याउने लक्ष्य लिएको छ । उर्जा, कृषि, उद्योग र पर्यटन क्षेत्रले यसपटक प्राथमिकता पाएका छन् । भूकम्पछिको पुनर्निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउने प्राथमिकता सहित नीति तथा कार्यक्रम आउने यस अघि नै प्रधानमन्त्री अ‍ोलीले बताइसकेका छन् ।

संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउने विषयलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ । तर मधेसवादी सांसदहरुले संसद बैठक अवरोध गर्ने तयारी गरेको बताइएको छ ।



from Nepal123.com - पुर्नजन्म पाएको ओली सरकारको नीति तथा कार्यक्रम आज