Tuesday, April 26, 2016

बिवाहको लागि केटीले एक्कासी यस्तो शर्त राखेपछि…….

भारतको मध्य प्रदेशकी प्रियंका भदोरियाले बिवाह पूर्व घरपटीका मानिससँग  यस्तो शर्त राखेपछि सबैजना जिल्ल परे ।

प्रियंकाले आफ्नो हुनेवाला घरपटिका मानिससँग प्रष्ट रुपमा भनिन कि–’ यदि उनीहरुले भनेको केटासँग बिवाह गर्नु छ भने उनको परिवारले १० हजार रुखविरुवा रोप्नु पर्छ ।’ उनको यो मागलाई पुरा गर्ने शर्तमा गत शुक्रबार उनको बिवाह सम्पन्न भएको छ । उनीहरुले धुमधामसँग प्रियंकासँग आफ्नो छोराको बिवाह गरेका छन् ।

प्रियंका भिंड जिल्लाको किशीपुरा गाउकी हुन, त्यहाको रिति रिवाज अनुसार बिवाह गर्ने दुलहीलाई उनको इच्छाको बारेमा सोध्ने गरिन्छ । तर प्राय: केटीहरुले लुगा,कपडा,गहना,जग्गा जमिन आदि माग्ने गर्दथे भने प्रियंकाले  अलग किसिमको माग राख्दा  सबै चकित परेका थिए । प्रियंका दश बर्षको उमेर देखि नै  विरुवाहरु रोप्ने गर्दथिन् । उनको त्यस्तो कृयाकलापले पर्यावरणमा सघाउ पुर्याउदै आएको छ । प्रियंकाका पति रवि चौहानले उनको शर्तलाई स्विकार गर्दै १० हजार मध्ये ५ हजार बिरुवा उनको माईतीमा रोप्ने संकल्प गरेका छन् । जुन स्थान बर्षौदेखि सुक्खा स्थानको रुपमा परिचित छ । अहिले प्रियंकाको यो कार्यलाई सबैले सराहनिय मानिरहेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जहाँ बा आमाले नै छोरीका लागी घरमा ग्राहक खोजेर ल्याउँछन् र १ व्यक्ति बापत २५० रुपैयाँ लिन्छन्

एजेन्सी । दुनियामा कुनै पनि बाबुआमाले आफ्ना छोराछोरीलाई नराम्रो काममा फसुन भन्ने चाहाना राखेका हुँदैनन् । तर भारतको मध्य प्रदेशको नीमच जिल्लाका बाबु आमाले नै आफ्ना बढेका छोरीहरुलाई ग्राहक खोजेर आफ्नै घरमा ल्याई दिन्छन् भन्दा धेरैले नपत्याउन पनि सक्छन् । जुन कुरा उक्त जिल्लाको बाछडा समुदायको संस्कारका रुपमा दरिएको छ । जुन कुरा प्रहरी र प्रशासनले चाहेर पनि तोड्न असफल हुँदै आएको छ ।

बाछडा समुदायका आधुनिक युवतीहरुले यो कुरालाई सहन नगरेपछि उनीहरु पछिल्लो समय विरोधमा समेत उत्रिएका छन् । बा आमाले यौन धन्दाका लागी घरमा नै ग्राहक खोजेर ल्याइदिने परिपाटीको विरोध गर्दै एक युवतीले हालै भागेर आफुलाई मन परेको युवकसँग विहे गरेपछि समुदाय नै उनी विरुद्ध खनिन पुग्यो । समुदाय नै आफ्ना विरुद्धमा लागेपछि ति युवती एसपीकहाँ पुगिन् ।

सुरुमा एसपीले कहानी सुनेर नै तर्सीए । जब युवती आमा बा र मामाले नै यौन सम्बन्धका लागी ग्राहक घरमा नै ल्याउने र बढ्दै गरेका किशोरीहरुले पनि सानै उमेरमा देह ब्यापार गर्नुपर्ने बाध्यता सुनाएपछि यो विषयले गम्भिर रुप लिएको भारतीय मिडियाले उल्लेख गरेको छ । एक पुरुषसँग सम्बन्ध कायम गरे बापत ति ग्राहकहरुले जम्मा २५० रुपैयाँ दिँदै आएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बाबुरामसँग नाम जोडेर बदनाम गर्न खोजियोः जेकेन्द्र

काठमाण्डु, १४ वैशाख– नयाँशक्ति नेपाल विद्यार्थी यूनियनका प्रवक्ता जेकेन्द्र श्रेष्ठले केन्द्रीय सम्मेलनको बैठकको विषयलाई लिएर आफ्नो नाम जोडिएको प्रति आपत्ति जनाएका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेकेन्द्रले आफूलार्य नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र उनको परिवारसँग जोडेर भ्रम फैलाएको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘नयाँशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र वहाँको परिवारसँग जोडेर निरन्तररुपमा अभियानात्मक ढंगले भ्रमपूर्ण प्रचार गरिनुले मलाई दुःखीत तुल्याएको छ । यस्ता अनर्गल प्रचारले सर्वसाधारणमा भ्रम पर्न सक्ने भएकोले यो विज्ञप्ति जारी गरेको छु ।’

विज्ञप्तिमा अघि भनिएको छ,‘पछिल्लोपटक नयाँशक्ति निकट विद्यार्थीको बैठकमा ‘जेकेन्द्रले हातपात गरेको’ भन्ने आशयको समाचार आफैंमा कपोलकल्पित, भ्रामक र बदनियतपूर्ण छ । पत्रकारिताको न्यूनतममूल्य, मान्यता र आचारसंहितालाई समेत ठाडो उल्लंघन गर्ने यस्तो अभ्यासले न त स्वतन्त्र पत्रकारिताप्रतिको सम्मान बढ्छ न त लोकतन्त्रलाई नै बलियो बनाउँछ ।’

साथै उनले कुनै विषयमा आशंका लागे सम्बन्धित व्यक्ति वा निकायसँग बुझेरमात्र समाचार बनाउनसमेत पत्रकारलाई आग्ह गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पोखरामा मञ्चन हुँदै पुलिस र प्यासी, मेटिएला त पोखरेलीको नाटक प्यास ?

१४ वैशाख, पोखरा ।

–      मलाई एउटा प्रदेश दिइयोस्, जहाँ म जुवाघरहरु निर्माण गर्न पाऊँ ! निर्धक्कसँग जुवा खेल्न र खेलाउन पाऊँ !

–      मलाई एउटा प्रदेश छुट्याईयोस् ! जहाँ म आफूखुशी देहव्यापार गर्न पाऊँ !

–      मलाई चाहिं चोर्ने इलाका चाहिन्छ । मैले चोरेर बाँच्न पाउनुपर्छ ।

–      मलाई रक्सी खाने क्षेत्र चाहियो । जहाँ ठूल्ठूला रक्सी भट्टीहरु निर्माण गरियोस् ।

नझुक्किनुस् ! माथीका यी मागहरु वास्तविक होइनन् । यो त पोखरामा मञ्चन हुन लागेको ‘पुलिस र प्यास’ नामक नाटकभित्रको संवाद मात्र हो ।

देशमा पछिल्लो क्रममा देखिएको विकृतिलाई सामाजिक यथार्थपरक ढङ्गबाट लेखिएको नाटकलाई पोखरेली रङ्गकर्मीहरुले जिवन्तता दिने प्रयास गरिरहेका छन् । नाटकमा गणतन्त्रपछि विभिन्न समूहले राज्य माग्दै आन्दोलन चर्काएको प्रसङ्गलाई व्यंग्यात्मक ढङ्गबाट नाटकीय रुप दिईएको छ ।

रिहर्सलको अन्तिम चरणमा रहेको ‘पुलिस र प्यास’ नाटक यहि बैशाख १७ र १८ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा प्रस्तुत गरिदैछ । पञ्चामृत नाट्य समूहको प्रस्तुतीमा प्रदर्शन हुन लागेको नाटकको नाटककार तथा चलचित्र निर्देशक कृष्ण उदासीले निर्देशन गर्दैछन् । उनी नाटकका लेखक पनि हुन् ।

नाटकमा पञ्चामृत नाट्य समूहका परिवर्तन, मूना गुरुङ, सबु पाठक, दिलु गुरुङ, शितला अधिकारी, विवस बाबु, आशिष अधिकारी, मनिषा गौतमको अभिनय रहेको छ । नाटकका कलाकार नयाँ अनुहार भए पनि आफूले कुमालेले काँचो माटोलाई मूर्तिको आकार दिएजस्तै जीवन्त अभिनय गराइरहेको उदासीले बताए । नाटकमा ध्वनीमिश्रण रविभूषण पराजुलीले गरेका छन् ।

सुस्ताएको नाटक उक्सेला त ?

पोखरा नाटकको उर्वरभूमी हो । दशक अघिसम्म यहाँ नियमितरुपमा नाटक प्रदर्शन हुने गथ्र्यो । सरुभक्तलगायतको योगदानमा दर्जनौं नाटक मञ्चन भए । यद्यपी यसले निरन्तरता पाउन सकेन ।

त्यसपछिका एक दशक नाटक सुस्त भयो । गत वर्ष ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ पछि यसले पुनः ब्यूँतिने प्रयास गर्‍यो । तर त्यसपछि अर्को नाटक मञ्चन हुन नसकिरहेको अवस्थामा पञ्चामृत नाट्य समूह जुर्मुराउँदै रिहर्सलमा जुटेको छ । यसमा काँध थापेका छन् नाटककार कृष्ण उदासीले । यो नाटकपछि पोखरामा नाटकको माहौल सिर्जना हुने पञ्चामृत नाट्य समूहको विश्वास छ । यो नाटक प्रदर्शनलगत्तै अर्को एक नाटकको तयारी शुरु गरिने नाट्य समूहका अध्यक्ष परिवर्तनले बताए ।

नाटक प्रदर्शनमा जुटेको पञ्चामृत नाट्य समूह २०७२ सालमा स्थापना भएको हो । पोखरेली पाँच युवा/युवती मिलेर स्थापना गरेको यो समूहले पछिल्लो ३ वर्षदेखी रेडियो नाटक गर्दै आएको छ । यो समूहले रेडियो अन्नपूर्णबाट रेडियो नाटक शुरु गरेपछि हाल पोखराका अधिकांश सञ्चार माध्यममा रेडियो नाटक प्रशारण हुन थालेको छ ।
 
Natak1

बसन्त बिन्दुदेखि उदासीको यात्रा

पोखरा बिन्ध्यबासिनी निवासी कृष्ण उदासी पोखरेली नाटक निर्देशक हुन् । उनको पूरा नाम कृष्णप्रसाद बास्तोला हो । राष्ट्रिय उच्च मावि टुँडिखेल पोखराको प्राचार्य समेत रहेका उनी नाटकबाहेक साहित्यका अन्य विधामा पनि कलम चलाउँछन् । उनको पहिलो कृति ‘बसन्त बिन्दु’ नाटक हो । उनले यो नाटक २०४० सालमा लेखेका थिए ।

२०४४ सालमा उनको ‘आँशुको बद्ला’ नाटक पहिलोपटक प्रदर्शन भएको थियो । जसमा उनले पहिलोपटक नाटकमा डेब्यूसमेत गरे । त्यसको २ वर्षपछि उदासिले ‘ब्यथाभित्रको कथा’ नाटकबाट नाटक निर्देशन गर्न शुरु गरेका हुन् । उनको ‘पुलिस र प्यास’ नाटक १०३ औं नाटक हो ।

उनले रेडियो नेपालले प्रदान गर्ने उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरिसकेका छन् । २०५१ सालमा आयोजित राष्ट्रव्यापी रेडियो नाटक महोत्सवमा उनले ‘आस्थाको बस्ती’ नामक नाटकबाट राष्ट्रिय अवार्ड जितेका हुन् । बहुप्रतिभा उदासीले नाटकबाहेक कविता, गजल र कथासमेत लेखेका छन् ।

उदासीले ‘गन्तव्य’ नामक चलचित्रबाट नेपाली चलचित्रको ठूलो पर्दामा डेब्यू समेत गरिसकेका छन् । गत वर्ष नै निर्माण गरिएको उक्त चलचित्र भुकम्पका कारण प्रदर्शनमा ढिलाई हुँदै आएको छ । सो चलचित्र आउँदो जेठ १ गतेबाट प्रदर्शन गर्ने तयारी भइरहेको उदासी बताउँछन् ।
 
नाटकघरको अभाव

पोखरामा नाटकघरकाे अभाव छ । नाटकघर नहुँदा पोखरा उद्योग वाणिज्य संघको सभाहललाई नै नाटक घर बनाउन बाध्य छन् पोखरेली नाट्यकर्मी । सभाहललाई नाटक घर बनाउँदा कथाले मागेको परिदृष्य  निर्माण गर्न कठिन हुन्छ । ध्वनीमा समस्यासमेत देखिने गर्छ । नाटकघर नै नभएको ठाउँमा नाटक प्रदर्शन गर्ने भन्दा प्रायोजकले पनि नपत्याउने नाट्यकर्मीहरु बताउँछन् ।

पछिल्लो क्रममा नाटकघर निर्माणको प्रयास भने भइरहेको छ, तर अहिलेसम्म यसले मूर्तरुप पाएको छैन । झण्डै एक वर्षअघि नाटक घर निर्माणको प्रयासस्वरुप पोखराको नागढुङ्गामा शिलान्यास गरिए पनि डिपिसी गर्नुबाहेक अन्य काम भएकोउ छैन । नाटक घर नहुँदा रिहर्सलदेखी प्रदर्शनसम्ममा समस्या भोग्नुपरेको नाटक निर्देशक उदासी बताउँछन् ।

नाटक घर नहुँदा ‘पुलिस र प्यास’ नाटक पनि गैह्रापाटनस्थित केसी पार्टी प्यालेसमा रिहर्सल भइरहेको उनले जानकारी दिए । नाटकघर बनेमा कलाकारहरुलाई व्यवसायीक बनाउनपनि मद्धत पुग्ने उनको बुझाई छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनमा यति कडा कानुन, नेपालमा नहुँदा पहिचानै संकटमा पर्न थाल्यो!

काठमाडौं, १४ वैशाख । उत्तरी छिमेकी चीनमा नियम कानुन यति कडा छ कि सानो गल्ती गर्दा जेल सजायँ अथवा मृत्युदण्ड नै दिइन्छ ।

त्यसैले विकास, शान्ति, अमनचयन र सुशासन कायम छ । जनवादी गणतन्त्र चीनमा १९८२ को संविधानले देश समृद्धि बनाउन धेरै कुरामा प्रतिबन्ध लगाएको छ भने अधिकार चिनियाँ कम्युनिष्ट पार्टीलाई सुम्पेको छ ।

उक्त संविधानले नियमकानुन पनि निकै कडा बनाएको छ । त्यसमध्येको एक अहिलेपनि कडाईका साथ लागु भइरहेको छ । त्यो हो धर्मसम्बन्धि ऐन ।

china-uyghur-3

चीनमा अहिलेसम्म मुसलमानलाई मस्जिदमा नमाज पढ्न प्रतिबन्ध लगाइएको छ । उइगर जातका मुसलमानहरुले प्रार्थना गर्ने सबै मस्जिदहरु चिनियाँ सेनाले ध्वस्त गरिसकेको छ र त्यहाँ जान प्रतिबन्ध लगाएको छ ।

संसारभर मुसलमानलाई आत्मघाती र आतंक मच्चाउने आतंकवादीका रुपमा लिइन्छ । संसारका विभिन्न देशमा भइरहेका आतंकवादी गतिविधिमा बढीजसो मुश्लीमहरुकै संलग्नता छ । र धर्महरुमध्ये कट्टर धर्म पनि यो हो ।

china-uyghur-1

उइगर जातका मुसलमानहरुले चीनमा आतंकवादी गतिविधि गर्न थालेपछि मस्जिद र नमाज पढ्न चीनले प्रतिबन्ध लगाएको हो । यो समुदायमाथि चीनले प्रतिबन्ध र निगरानी गर्दै आएको छ । उइगर जातका मुसलमानका एक जना नेतालाई त चीनले देशनिकाला गरेको थियो । उनी अहिले जर्मनीको शरणमा छन् ।

china-uyghur-5

यद्यपी चिनियाँ सरकारले उइगर जातका मुसलमानका युवाहरुलाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रम पनि सञ्चालन गरिरहेको चिनियाँ प्रधानमन्त्री ली खयाछीले जानकारी दिएका छन् ।

china-uyghur-2

चीनको शिन्चियांगमा मात्रै उइगर जातका मुसलमानहरुको बसोबास रहेको पाइन्छ । पहिला यी बहुसंख्यक थिए तर, अहिले अल्पसंख्यक भइसकेका छन् । मुश्लीमहरुको परम्परा र चालचलनमा चिनियाँ सरकारले धेरै प्रतिबन्ध लगाएको छ । मस्जिदमा अजान वा नमाज पढ्न प्रतिबन्ध छ । यतिमात्रै होइन रमजानका दिनपनि रोजा (व्रत) राख्न पनि प्रतिबन्ध लगाइएको छ ।

समाचार अनुसार जसले सरकारको कानुनहरुको उल्लंघन गर्न उसलाई सेनाले तुरुन्तै जेल हाल्छ र अपराधीको जस्तै कडा सजायँ दिन्छ ।

नेपालमा नहुँदा पहिचानै संकट पर्नथाल्यो

protest_newdelhi_nepal_hindu

नेपालमा नियम कानुन नभएका होइनन तर, अस्थिर राजनीतिका कारण कार्यान्वयनभन्दा पैसा र शक्ति ‘पावर’बाट काम चल्छ । कुनै समय नेपालमा ९५ प्रतिशत हिन्दू धर्मालम्बी थिए । तर, अहिले अन्य धर्महरुले पैसाको प्रलोभन देखाएर धर्म परिवर्तन लगाई नेपालको पहिचानै संकटमा पारेका छन् ।

नेपाल विश्वमा अझै पनि हिन्दू राष्ट्र भनेर चिनिन्छ । तर, पछिल्लो समय राज्यका नेतृत्वकर्ता (नेता)देखि स्थानीय जनतासम्मले पैसामा धर्म साटेपछि पहिचान मेटिने सम्भावना बढेको हो । जबरजस्ती धर्म परिवर्तन रोक्न बेला बेला माग उठेपनि सरकारका मन्त्रीहरु नै पैसामा विक्दा खुलेयाम धर्म परिवर्तन भइरहेको छ ।

पश्चिमा देशहरुको पैसा खाएर नेताहरुले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको चर्चा पनि हुने गरेको छ । नियम कानुन लागु गराउने निकाय नै पैसा खाएर मौन बसेपछि नेपालमा यस्तो समस्या आएको हो । त्यसैले कहाँको चीन कहाँको नेपाल तुलना गर्नै अप्ठेरो छ । अब नेपालले चीनको ऐन कानुन र कार्यान्वयनको प्रक्रियाबाट केही सिक्नुपर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सेक्सका बारेमा हुँदैछ यस्तो खास अनुसन्धान

अहिले बेलायती विद्यार्थीहरु शुक्रकिट बिक्रिमै ब्यस्त छन् । उनीहरुले आफ्नो शुक्रकिट एक पटक दान गरे वापत ११ हजार रुपयाँ कमाउँछन् । शुक्रकिट दिने युवा विद्यार्थीहरुले अनलाइन सपिङ साइट अमेजन मार्फत ७५ ब्रिटिश पाउण्ड अर्थात ११ हजार ४०० रुपयाँको भौचर पाउँछन् । अनी उनीहरुले सो नगद भौचर मार्फत अनलाइनमै आफुलाई चाहेको कुरा किन्न सक्दछन् ।
शुक्रकिट दिएको बदलामा सयौ पाउण्ड कमाउन सक्ने यस्ता भाग्यामानी विद्यार्थी बेलायतको शेफिल्ड विश्वविद्यालयका हुन् । उत्त विश्वविद्यालयका प्राध्यापक ऐलेन पेसीले एउटा यस्तो अनुसन्धान गर्दैछन् जुन सफल भएमा पुरुषको  पुरुषत्व ७० प्रतिशतसम्मले बढाउन सकिन्छ । सोही सोधका लागी उनलाई तन्नेरी युवाहरुको शुक्रकिटको आवश्यकता परेको हो ।
प्रध्यापक ऐलेन लाइकोपेन नामक तत्व माथि शोध गरीराखेका छन् । यो तत्व गोलभेँडाको बोक्रामा पाईन्छ । यही तत्वको प्रयोगले पुरुषहरुमा शुक्रकिटको मात्रा बढाउन सकिने विश्वास उनको छ ।उनको यो शोध सफल भएमा पुरुषमा बाँझोपन हटाउन तथा पुरुषत्व बढाउने दिशामा यसबाट ठूलो सफलता प्राप्त हुने उनको दावी छ । शोधको सुरुवाती नतिजा निकै सकरात्मक रहेको र लाइकोपेनले जबर्जस्त उत्साह पैदा गर्न सक्ने देखिएको प्रध्यापक ऐलेन बताउँछन् । लईकोपेनको सहायताले शुक्रकिट बढाउने प्रक्रिया तीन महिनामा पूरा हुने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बल्लबल्ल आफ्नो ज्यान जोगिएपछि अरुको ज्यान जोगाउन दौडधूप

नारायण अधिकारी

काठमाडौं, वैशाख १४ – ‘दुई दिनमा एक छाक खान पनि पाइएन । अहिले यहाँ भरे कहाँ थाहै नहुने, दोडिदैं सकियो एक वर्ष’ भूकम्पको एक बर्ष यसरी सम्झिनुभयो मनोपरामर्शदाता राजन केसीले, ‘म र श्रीमती गोदावरीको आफ्नो खेतमा जौं काटिरहेका थियौं । जमिन हल्लियो । इँटा भट्टा नजिक छ, त्यहाँ आएका गाडीले जमिन हल्लायो भनेर सोचेको मात्र थिएँ, भट्टाको चिम्नीले झण्डै आफ्नो ज्यान लगेन ।’

इँटाको चिम्नीबाट ज्यान जोगाएका केसीले भूकम्प गएको दिनदेखि अहिलेसम्म भूकम्प पीडितलाई मनोपरामर्श दिँदै दिन बित्ने गरेको छ । उहाँ भूकम्प जाने बित्तिकै टुँडिखेलमा पुग्नुभयो ।

त्यसबेला मानिस चिच्याउँदै ‘मलाई डर लागिराख्या छ । म टेण्टमा जान सक्दिन । टेण्टले मलाई किचेर मार्छ, अब म बाँच्न सक्दिन’ भनेको उहाँको दिमागमा अझै ताजै छ ।  यसरी तर्सेका नागिरकलाई उहाँहरुले परामर्श दिँदै आउनुभयो ।

उहाँले ती आत्तिएका मानिसलाई सम्झाउँदै भन्नुभयो, संसारमा सबैभन्दा शक्तिशाली मान्छे हुन्छ, मान्छले आँट गरेमा भूकम्प भन्दा ठूला प्राकृतिक विपत्तीबाट पनि बच्न सकिन्छ, धैर्य गर्नुस् ।

तपाईंहरु नआत्तिनुस्, साथमा हामी छौं । यसरी आत्तिएको मनलाई थोरै भएपनि मलमपट्टि लगाउने काम केसीले गर्नु भयो । १२ गते भूकम्प गएपछि १३ गतेबाट उहाँ मनोपरामर्शका लागि भन्दै घरबाट निस्कनुभयो । ‘१३ गतेपछि कमै मात्र मेरा घरमा बास भएको छ’ केसीले भन्नुभयो, ‘खाना पनि दुई दिनमा एक पटक खाइन्थ्यो अहिले त्यस्तो चाहिँ छैन ।’

केसी पहिला वीर अस्पतालमा रहेको ट्रमा सेन्टरमा गएर बिरामीहरुलाई मनोपरामर्श दिन थालनुभयो । ट्रमा सेन्टर, टुडिखेल, भक्तपुर, कीर्तिपुर लगायतका ठाउँमा शिविर राखेर केसीको समूहले आत्तिएका भूकम्प पीडितलाई बाँच्ने आधार सिकाउन थाले ।

स्वास्थ्य विभागसँग मिलेर परामर्श

भूकम्पका धक्काहरु निरन्तर आइरह्यो । जसले नागरिकलाई झन अत्याउन थाल्यो । ‘आफूलाई पनि डर त नलागेको कहाँ हो र, अरुका अगाडि डराउनु भएन’ केसीले भन्नुभयो ।  भूकम्प निरन्तर गएपछि उहाँहरुले स्वास्थ्य विभागसँग समन्वय गरेर परामर्श गर्न थाल्नुभयो ।

यसरी परामर्श दिँदै केसी काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट जिल्लामा पुग्नुभयो । सिन्धुपाल्चोकमा उहाँ जानुभन्दा पहिला डरले स्कुल पढ्न बालबालिका आउने गरेका थिएनन् । ‘जब मैले घरघरमा गएर आमा, बा र केटाकेटी सबैलाई सँगै राखेर मनोपरामर्श गर्न थाले त्यसपछि विस्तारै स्कुल आउने विद्यार्थीको संख्या बढ्यो’ उहाँले भन्नुभयो ।

अझै मनोपरामर्श आवश्यक

भूकम्प गएको एक वर्ष भएसक्दा पनि मनोपरामर्शदातालाई भ्याइनभ्याई छ । केसीले एक वर्ष अघिदेखि दिन थाल्नुभएको परामर्श अहिलेपनि निरन्तर चलिरहेको उहाँले बताउनुभयो ।

‘अगुल्टाले हानेको कुकुर विजुली चम्कँदा तर्सन्छ भनेजस्तै भूकम्प गएको एक वर्ष बितिसक्दा पनि नागरिक त्रसित छन् । एक वर्ष वितिसकेपनि भूकम्पमा परेर बाँचेकाहरु लाई मनोपरामर्शको अवाश्यक पर्ने गरेको छ’ उहाँले भन्नुभयो ।

उहाँले अहिले भक्तपुरमा दुई सय भन्दा बढी भूकम्प पीडितलाई मनोपरामर्श दिइराख्नु भएको छ । मानिसहरु अझै आत्तिने, परकम्प आउँदा पनि आत्तिएर भाग्ने, निद्रा नलाग्ने, रिंगाटा लाग्ने भएकाले परामर्श दिएको उहाँ बताउनुहुन्छ ।

भक्तपुरका पीडित पहिलाको तुलनामा अहिले धेरै कम भएकाले अबको केही दिनमा परामर्श दिनु नपर्ने उहाँले बताउनुभयो । त्यसपछि अरु जिल्लामा गएर मनोपरामर्श दिने उहाँको योजना छ ।

खासगरी आफ्ना आफन्त गुमाएका, घाइते भएका र घरवार गुमाएकाहरुलाई अझै मनोमरामर्श चाहिने मनोपरामर्शदाताहरुले बताउने गरेका छन् । यसरी तर्सिनुलाई असामान्य परिस्थितिमा देखिने समान्य प्रतिक्रियाको रुपमा लिनुहुन्छ मनोपरामर्शदाता केसी ।

पीडितले आत्महत्या गर्न थाले

भूकम्पबाट जसोतसो ज्यान जोगाएका भूकम्प पीडितले आत्महत्या गर्न थालेको मनोपरामर्शदाता केसीले बताउनुभयो । तर्सेका नागरिकलाई उचित मनोपरामर्शको आवश्यकता पर्ने हुन्छ ।

समयमा मनोपरामर्श नपाए पीडितले आत्महत्या रोज्ने गर्छन् । यतिजनाले आत्महत्या गरे भनेर ठ्याक्कै भन्न नसकेपनि भन्दै केसीले भन्नुभयो ‘हामीलाई भक्तपुरबाट धेरै फोन आएको छ, भूकम्प पीडितले आत्महत्या गरे भनेर ।’

आफ्ना आफन्त गुमाएपछि वा आफ्नो अंगभंग भएपछि भविष्य अन्धकार देख्न थालेपछि आत्महत्या गर्ने गरेको उहाँले बताउनुभयो ।

यसरी भूकम्पबाट तर्सिएका नागरिकलाई सान्तवना दिँदै बाँच्ने आत्मबल बढाउन मनोचिकित्सकले महत्वपूर्ण भूमिका निभाउनु पर्ने उहाँ बताउनुहुन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं