तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालका अनुसार आन्दोलनका कार्यक्रमहरु मोर्चाको सचिवालयले चैतको अन्तिम सातामा सार्वजनिक गर्नेछ।
बैठकमा मोर्चाको सचिवालयले प्रस्तुत गरेको रिपोर्टमाथि छलफल भएको थियो। सचिवालयले आन्दोलनको समीक्षाका साथै आगामी आन्दोलनको तैयारी र त्यसकालागि ध्यान दिनु पर्ने क्षेत्र-समूहहरु, चरणवध्द आन्दोलनको स्वरुप आदिबारे सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो।
अध्यक्ष ठाकुरको नेतृत्वमा बसेको बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद्सिंह भण्डारी र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतका नेताको सहभागिता थियो ।
मोर्चाका मागहरु मध्ये सीमाङ्कनको विषयमा सम्बोधन गर्न तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन दिने गरी उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा मधेसी मोर्चाको सहभागिता बिना उच्चस्तरीय समिति गठन गरिएको थियो। प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको अघिल्लो रात हतारहतार गठन गरिएको समिति अहिले निस्क्रिय झैँ छ।
उता, भारतले हिजो इयुसँगको संयुक्त विज्ञप्तिमा समयसीमा समेत उल्लेख गर्दै संविधानका बाँकी विषय सल्टाउनु पर्ने बताएको छ। नेपाल सरकारले आज त्यसको कडा प्रतिक्रिया जनाएपछि अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीच कुटनीतिक दोहोरी चलेको छ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment