Thursday, March 31, 2016

एबीसी टेलिभिजनले भन्यो- सिके राउत आतंककारी होइनन्

१९ चैत, काठमाडौं । देश टुक्र्याउने अभियानमा लागेका सिके राउतको अन्तरवार्ता प्रशारण गरेको एबीसी टेलिभिजनले राउत आतंककारी नभएको बताएको छ ।

सिके राउतको अन्तरवार्ताबारे प्रेस काउन्सिलले स्पष्टीकरण सोधिसकेपछि एबीसी टेलीभिजनले वक्तव्य जारी गर्दै भनेको छ- हामीलाई अहिलेसम्म थाहा भएअनुसार सिके राउत राज्यबाट आतंककारी घोषित व्यक्ति हैनन् । यदि आतंकारी भएको भए राज्यले खुलम खुला हिंडडुल गर्न छुट किन दिएको ? सिके राउतलाई नेपाल प्रहरीले न त सर्वाधिक खोजीको सूचिमा राखेको छ, न त इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको छ ।

टेलिभिजनको वक्तव्यमा भनिएको छ- देशको कानुन व्याख्या गर्ने सर्वोच्च सम्मानित निकाय अदालतले सिके राउतलाई कारवाही गर्न र जेलमा पठाउन अहिलेसम्म आदेश जारी गरेको छैन ।

तर, सिके राउतले अन्तरवार्तामा दिएके अभिव्यक्ति एबीसी टेलिभिजनको सम्पादकीय नीतिसँग मेल नखाने र उनीसँग एबीसीको फरक मत रहेको वक्तव्यमा उल्लेख छ ।

हेर्नुहोस् वक्तव्यको पूर्ण पाठ

बुधबार साँझ कार्यक्रम एबीसी वाचमा सीके राउतको अन्तर्वार्ता प्रसारित भएपछि यसबारे क्रिया प्रतिक्रियाहरु आउन थालेका छन् । राउतको अन्तर्वार्ता प्रकरणप्रति एबीसी फरक मत राख्दछ ।

एबीसी न्यूज स्थापनाकालदेखि राष्ट्र, राष्ट्रियता र जनताप्रति सबैभन्दा बढी समर्पित छ । गणतन्त्र नेपालको पहिलो न्यूज च्यानलको रुपमा हामीले स्थापनाकालदेखि आम जनताको चासो र चिन्ताको पक्षमा समाचारहरु प्रसारित गर्दैआएका छौं । हामी दावीका साथ भन्छौं, हाम्रो, हाम्रा प्रत्येक समाचार र रिपोर्टहरु जनताप्रति उत्तरदायी छन्, राष्ट्रियताप्रति प्रतिवद्ध छन् । जनताका प्रत्येक सरोकारमा चासो राख्नु हाम्रो दायित्व हो ।

एबीसीमा बुधबार लाइभ अन्तर्वार्ता प्रसारित भएपछि बुधबार रातिदेखि नै क्रिया प्रतिक्रियाहरु आइरहेका छन् । ती सबैको एबीसी सम्मान गर्दछ । सिके राउतका कुनै पनि अभिव्यत्ति एबीसी टेलिभिजनको सम्पादकीय नीतिसंग मेल खांदैनन् ।

बरु, ती अभिव्यत्तिप्रति एबीसी टेलिभिजन खेद व्यक्त गर्दछ । तर, सीके राउतले प्रत्यक्ष प्रसारणका क्रममा भनेका कुराहरुलाई लिएर अहिले बाहिर आइरहेका क्रिया प्रक्रियाहरुप्रति भने हामी संवेदनशील भएका छौं ।  सीके राउतका अभिव्यत्तिबारे व्याख्या र विश्लेषण गर्ने आम जनताले हो । उनका अभिव्यत्तिले एबीसीको प्रतिनिधित्व गर्दैनन् ।

प्रत्यक्ष प्रसारणमा गरिएका कुराकानीलाई सेन्सर हुँदैन भन्ने सबैलाई जानकारी भएकै हो । बरु, अन्तर्वार्ताकारले उनका अभिव्यक्तिप्रति बारम्बार आपत्ति जनाएका छन् ।

एबीसीमा प्रसारित अन्तर्वाताले सीके राउतलाई कतै प्रमोट गरेको छैन । बरु, उनको चरमपन्थी अभिव्यक्तिप्रति आम जनताले जान्न पाएका छन् र उनी कस्तो खाले व्यक्ति हुन भन्ने बुझ्न पाएका छन् ।

सीके राउतले राष्ट्र विखण्डन गर्ने पहिलो अभिव्यक्ति एबीसीबाट दिएका पनि हैनन्  पहिल्यै दिएका थिए भने उनलाई अहिलेसम्म कारवाही गरिसकेको हुनुपथ्र्यो । हामीलाई अहिलेसम्म थाहा भएअनुसार सिके राउत राज्यबाट आतंककारी घोषित व्यक्ति हैनन् । यदि आतंकारी भएको भए राज्यले खुलम खुला हिंडडुल गर्न छुट किन दिएको ?

सिके राउतलाई नेपाल प्रहरीले नत सर्वाधिक खोजीको सूचिमा राखेको छ नत इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेको छ रु देशको कानुन व्याख्या गर्ने सर्वोच्च सम्मानित निकाय अदालते सिके राउतलाई कारवाही गर्न र जेलमा पठाउन अहिलेसम्म आदेश जारी गरेको छैन ।

एबीसीमा प्रसारित सिके राउतको अभिव्यक्तिकै कारण आम जनताको राष्ट्रियताप्रतिको मनोविज्ञानमा गम्भीर चोट पुगेको छ भने एबीसी न्यूज त्यसमा क्षमायाचना गर्न तयार छ । तर, यही नाममा एबीसी विरुद्ध प्रयोग हुने तत्वहरुहरुप्रति भने एबीसी खेद प्रकट गर्दछ ।

राष्ट्रियता र सार्वभौमिकताप्रति सबैभन्दा बढी सचेत एबीसी छ । राष्ट्रियता र देशभक्तिप्रतिको हाम्रो निरन्तरको अडान कसै कसैलाई पाच्य हुन नसकेको पनि प्रष्टै छ ।

सीके राउतको अन्तर्वार्ताका क्रममा उनले दिएका अभिव्यक्तिप्रति एबीसीले प्रष्ट फरक मत राख्छ । तर, यही नाममा एबीसीप्रति गरिने आक्रमण भने स्वीकार हुन सक्दैन ।

एबीसी प्रत्येक मैत्रिपूर्ण आलोचनालाई स्वीकार गर्न, दर्शकको सुझाव अनुसार सुधार गर्न तयार छ, तर, ध्वंसात्मक आलोचनालाई भने एबीसी कतै स्वीकार गर्न बाध्य छैन । गाउँ सहर दुनियाँ ब्यूँझाउने हाम्रो अभियान जारी छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment