Thursday, March 31, 2016

सरकारविरुद्ध प्रदर्शन हुँदै, महँगी र कालोबजारी नियन्त्रण गर्न माग

काठमाडौं, १९ चैत । सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्न नसकेको भन्दै विद्यार्थी संगठनहरूले आज राजधानीमा विरोध प्रदर्शन गर्दैछन् ।

भारतले लगाएको नाकाबन्दी र मधेस आन्दोलनका नाममा भइरहेको कालोबजारी र महँगी नियन्त्रका लागि सत्तारुढ र विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरूका विद्यार्थीले संयुक्तमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

दिउँसो ३ बजे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि सरकारविरुद्ध प्रदर्शनको कार्यक्रम राखिएको नेविसंघका प्रवक्ता यूपी लामिछाने जानकारी दिनुभयो । ‘सरकारले कालोबजारी र महँगीलाई बढावा दिएको हाम्रो ठहर छ’, उहाँले भन्नुभयो, ‘सरकारलाई दबाब दिनका लागि सबै विद्यार्थी संगठनहरूले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका हौँ ।’

संयुक्त विद्यार्थी आन्दोलनमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारीसहित झण्डै दर्जन विद्यार्थी संगठन रहेका छन् । यसअघि बिहीबार बसेको विद्यार्थी संगठनहरूको संयुक्त बैठकले महँगी र कालोबजारी विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment