Thursday, March 31, 2016

प्रचण्डले औल्याए संविधानका चुनौति, समाधान गर्न कानुन व्यवसायीलाई आग्रह

काठमाडौँ, १८ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको सहज कार्यान्वय अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनसँग आबद्ध कानुन व्यवसायीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ संविधानको कार्यान्वयन गरेर मुलुकलाई नयाँ दिशामा लैजानुपर्नेमा जोड दिनुभयो ।

संविधानमा समावेश गरिएका समावेशी, समानुपातिक व्यवस्था एवम् जनताका पक्षमा प्राप्त भएका अधिकारका आधारमा थप अधिकारप्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने अध्यक्ष दाहालको कथन थियो ।

उहाँले संविधानको पहिलो व्याख्याकार कानुन व्यवसायी भएकाले जनताका पक्षमा सूत्रबद्ध भएका अधिकारलाई जनतामाझ लैजान सुझाव दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो- “संविधानलाई सर्वस्वीकार्य संविधान कसरी बनाउने भन्ने अझै चुनौती छ, यसलाई समाधान गर्ने दायित्व कानुन व्यवसायीको हो ।”

कार्यक्रममा एमाओवादीका सांसद् रामनारायण बिडारी र नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले संविधान राम्रो भएरमात्र नहुने र त्यसको व्यावहारिक कार्यान्वयन गर्नु नै महत्वपूर्ण पक्ष हो भन्नुभयो । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment