काठमाडौँ : सरकारले झापा जिल्लालाई तराईको जिल्लाको सूचीबाट सारेर पहाडी जिल्लामा राख्ने निर्णय गरेको छ।
विक्रम संवत् २०७३ सालमा होलीको विदा झापा जिल्लाले पहाडी जिल्लामा पाउने विदाका दिन पाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले पहिलोपोस्टलाई बताए।
होलीमा एक दिन काठमाडौँ उपत्यका र पहाडी जिल्लाहरुमा मात्र विदा दिने गरिन्छ भने त्यसको भोलिपल्ट तराईका जिल्लाहरुमा।
यस पटक प्रधानमन्त्री केपी ओलीको गृहजिल्लाले पहाडी जिल्लामा पाउने दिन विदा पाउने छ।
प्रवक्ता कोइरालाका अनुसार राष्ट्रिय विभूति किरात धर्मगुरु फाल्गुनानन्द लिङदेनको जन्मदिनको अवसरमा पनि सार्वजनिक विदा हुनेछ।
लोकतन्त्र दिवसमा हुने छैन विदा
यो वर्षदेखि लोकतन्त्र दिवसमा वैशाख ११ गते विदा हुने छैन। जनआन्दोलन २०६२/६३ उत्कर्षमा पुगेपछि राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरुको माग बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना गरेको दिनको सम्झनामा २०६४ सालदेखि लोकतन्त्र दिवस मनाउने गरिएको थियो।
लोकतन्त्र दिवसको साटो अब असोज ३ गते संविधान घोषणा भएको दिनलाई संविधान दिवसको विदा दिइएको छ।
यो वर्ष ३४ दिन सार्वजनिक विदा हुनेछ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment