Thursday, March 31, 2016

ए नेपाली जनताका लुटेरा ‘चरीहरु’ ! ह्यारीबाट केही सिक्ने कि ?

बेलायतका राजकुमार ह्यारीले गत हप्ता नेपाल भ्रमण गर्दा सारा नेपाल ह्यारीमय भयो । ह्यारीले देवत्व पाए । उनको नेपालप्रतिको माया र सद्भाव देखेर माया र सद्भावका पत्रहरु रोकिए, लेखहरु लेखिए । ह्यारीको बिपÞक्षमा लेख्ने मिडियाहरु पाठकको आलोचनाको तारो बने । ह्यारीप्रति अनौठो प्रेम दर्शाए नेपालीहरुले, ह्यारीको सादगी र समर्पणको त मान्छेहरु फ्यान नै भए ।

ह्यारी शक्तिशाली देश बेलायतका राजकुमार हुन् तर राजनीतिमा उनको पकड वेलायतको संबिधानमा छैन, अर्थात कार्यकारी अधिकार छैन । तर पनि अन्तर्रा्ष्ट्रिय मञ्चमा उनको प्रतिष्ठा कुनै कार्यकारीहरुको भन्दा कम छैन् ।

तिनै ह्यारी नेपाल आईरहँदा नेपाल चरीमय थियो अर्थात कुर्सी र यसको वरपर चरीहरु घुमिरहेका थिए । केहि आन्तरिक चरीहरु र केहि बाह्य चरीहरु । ह्यारी सर्बगुण सम्पन्न होइनन, तर उनले बिगतमा आफूले गरेका गल्तीको प्रायश्चित गरिसकेका छन्, युरोपको सन्दर्भ र यौवनका सन्दर्भमा उनका हर्कतहरु क्षमा गर्न मिल्ने खालका होलान–नहोलान तर प्रायश्चित गरिसकेपछि किन कोट्याईरहनु र ?

हाम्रो यहाँ त न टाउकोको मूल्य गर्नेहरुले प्रायश्चित गरे, न त टाउको छिन्नेहरुले नै ।

जनतासँग माग्न या लुट्न मात्र जाने र अरुबाट राम्रो कहिल्यै नसिक्ने ‘चरी’चेहरा भएका राजनीतिकर्मीहरुले ह्यारीबाट सिक्न सक्ने कुरा धेरै छन् । जनतासँग पालभित्र अटाउन सक्ने नेता मात्र मनमा पनि अटाउन सक्छ भन्ने ह्यारीले सिकाएको पाठ घोकेर जनतासँग भिज्ने कि भुर्र भुर्र गर्दै नौ रुपैयाँको हराएको कुखुरा खोज्न नब्बे रुपियाँ खर्च गरिरहने ?

ह्यारी जताजता गए, उतै उतै हार्दिकता र अपनत्व छर्दै गए । त्यहीबेला राज्यका आठ दर्जन जनयुवराजहरु बिदेश भ्रमणमा थिए । मानौँ त्यो जत्था अनिवार्य थियो, सत्ता सोपान बचाईराख्नका लागि । कति धित मर्ने हो त्यो त हेर्नु नै छ । तर दक्षिण जाँदा फरिया माग्ने र उत्तर जाँदा चोली माग्ने हाम्रो मगन्ते स्वाभिमानको अभिमान हामीलाई कहिले सम्म हुने हो ?

मधेस टुक्र्याउने सि.के. राउतले आफैले नमान्ने संबिधानको उपयोग गरेर तराईलाई टुक्याएर छुट्टै देश बनाउने भनेको भन्यै छन् । त्यही संबिधानको घेराभित्र बाँधिएका जनताहरु बारम्बार देशका चौँथो अंग भनिने पत्रकारहरुले लगातार प्रसारण गरिरहेका बिरोधाभास भनाइ सुनिरहेका छन्, हेरिरहेका छन् । चुरो कुरो गुप्त छ ।

Sargam-bhattarai

लेखकः सरगम भट्टराई

राज्यको जात, धर्म र क्षेत्र हुँदैन, राज्यले आफ्नो क्षेत्रभित्र बस्ने जनतालाई बर्ग, जाति र वितरणका आधारमा भेदभाव गर्नुहुन्न । यदि गरिएको छ भने त्यसको बिरोधका लागि सबैले हातेमालो गर्नुपर्छ ।

मैले नबुझेको कुराः मधेसमा भूमिगत रुपमा सेनाको दस्ता तयार गर्ने सिके राउतहरुले संबिधानमा सबै खाले शंसोधनको ग्यारेन्टी हुँदा हुदै सार्वजनिक रुपमा लगातार देशबिरोधी, जातिबिरोधी र सम्प्रदायबिरोधी अभिब्यक्ति दिँदा त्यस्ता भनाइलाई रटान गर्ने केही कलमचरीहरु पनि छन जसले गर्दा सबै खाले कुमार घैँटे र दिनेश अधिकारी ‘चरी’ प्रवृत्तिको मलजल भइरहेको छ ।

देशको सार्बभौमिकतामाथि वारम्बार धक्का दिँदै आएका दक्षिणका बाजहरु जस्ता ठूला चरीहरुलाई मालिक र नोकरको हैन्, मालिक मालिकको सम्बन्ध पनि प्रमाणित गर्नुछ । ह्यारीको भ्रमणलाई चरी प्रबृत्तिसँग भर्सेज गराउनु कत्तिको सान्दर्भिक हुन्छ त्यो कुरा बेग्लै हो तर जनतासँग माग्न या लुट्न मात्र जाने र अरुबाट राम्रो कहिल्यै नसिक्ने ‘चरी’चेहरा भएका राजनीतिकर्मीहरुले ह्यारीबाट सिक्न सक्ने कुरा धेरै छन् । जनतासँग पालभित्र अटाउन सक्ने नेता मात्र मनमा पनि अटाउन सक्छ भन्ने ह्यारीले सिकाएको पाठ घोकेर जनतासँग भिज्ने कि भुर्र भुर्र गर्दै नौ रुपैयाँको हराएको कुखुरा खोज्न नब्बे रुपियाँ खर्च गरिरहने ?

सिक हो सिक ! मनुवा हो डाहा नगर, ह्यारीका राम्रा कुरा सिक । चरीमय चेहरा बदलेर च्यातिएका पाल भित्र पस । त्यहाँ पो छ नयाँ नेपाल ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment