१९ चैत, काठमाडौं । प्रवेशिका परीक्षा (एसएलसी) को पहिलो दिन जाजरकोटमा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।
परीक्षाको सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका आजको अन्नपूर्णमा समाचार छ । स्थानीयको ढुंगा आक्रमणबाट एकजना प्रहरी जवान घाइते भएका छन् ।
जाजरकोटको पैँक गाविसस्थित जनता उचच मावि परीक्षा केन्द्रमा खटिएका प्रहरीमाथि बिहीबार बिहान स्थानीले ढुंगामुढा प्रहार गरेका हुन् ।
मध्यपश्चिमा क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका खनुसार स्थानीयले प्रहार गरेको ढुंगाा लागेर प्रहरी जवान अम्मर थापा घाइते भएका हुन् ।
उनको दाँत भाचिएको प्रहरीले जनाएको छ । प्रहरीले परीक्षा केन्द्रमा स्थानीयको भीडभाड भएपछि हटाउन खोजेको थियो । स्थानियले भने आफूँहरुलाई हटाउन खोजेको भन्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment