– हेमन्त पौडेल
धनगढी, १९ चैत । कैलाली जिल्लाका सबै सरकारी निकायलाई नियमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय आफै अस्तब्यस्त बन्नपुगेको छ ।
जनताको कामलाई प्राथमिकतामा राखेर चुस्तदुरुस्त प्रशासन चलाउने जिम्मेवारी पाएको प्रशासन कार्यालय आफै चुस्त नहुँदा सेवाग्राहीले समस्या झेल्नु परेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीबाट हुने कामहरु समयमा नहुँदा जनताले समस्या भोग्नुपरेको छ । नागरिकताको लागि सदरमुकाम पुगेका सेवाग्राहीले समयमा काम नहुँदा निकै समस्या भोग्नुपरेको सेवाग्राहीको गुुनासो छ ।
जिल्लाका विभिन्न ठाँउबाट नागरिकताका लागि बिहीवार धनगढी पुगेका सेवाग्राहीले घण्टौ कुर्दा पनि सेवा पाउन सकेका थिएनन् । नागरिकता फाँटमा कर्मचारी नभएको र भएका कर्मचारीहरुले पनि फेसबुक चलाएर बसेकाले सेवाग्राहीको काम छिटो हुनसकेको थिएन । सेवाग्राहीले नागरिकता छिटो बनाईदिन आग्रह गरेपनि त्याहा बसेका एकजना कर्मचारीले अर्को फाँटमा मान्छे नभएकाले केही समय लाग्छ भन्दै कुराएका थिए भने अर्का कर्मचारी भने फेसबुकचलाएर बसेका थिए ।
नयाँ नागरिकताका लागि यूवायुवतीहरुको भीड थियो भने प्रतिलिपिका लागि बृद्धहरुको भीड लागेको थियो । आफनै कार्यकक्षको तल्लो तलामा सेवग्राहीले भोगेको समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी मोहमत अफताव आलम खाँ अनभिज्ञ हुनुुहुन्थ्यो । सेवाग्राहीले प्रजिअसंग पहुँच नभएका कारण घण्टौदेखि चौरमा बसेर समय विताएका थिए । नागरिकता फाँटमा काम नभएकाले सेवाग्राही समस्यामा परेको कुरा सञ्चारकर्मीले जानकारी गराएपछि प्रजिअ खाँले प्रशाशकिय अधिकृत कमलसिंह महरालाई फाँटमा पठाउनुभएको थियो ।
कर्मचारीको अभावका कारण काममा समस्या भएको प्रशाशकीय महराले बताउनुभयो । तर कर्मचारी टेबुलमा बसेर फेसबुक चलाएको र सेवाग्राहीको काम नगरेको कुरालाई लुकाउँदै कर्मचारी अभावको बहाना बनाउनुभयो । शुरुमा त प्रशासकीय अधिकृत महरालाई नै नागरिकता फाँटमा काम नभएकाले सेवाग्राहीले समस्या भोगेको कुरा जानकारी गराउँदा उहाँले त्यसलाई गम्भीरताका साथ नलिए प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिन बताउनुभएको थियो ।
करिब ३० जना कर्मचारीको दरबन्दी भएको जिल्ला प्रशासनमा बिहीवार २८ जना कर्मचारी उपस्थित भएको कर्मचारी शाखाका केशव जोशीले जानकारी दिनुभयो । दुई जना कर्मचारी अनुपस्थित भएपनि जिल्ला प्रशासनले कर्मचारी नभएका कारण जनताको काममा ढिलासुस्ती भएको भन्दै सेवाग्राहीले आपत्ती जनाएका छन् ।
कैलालीको सुखडबाट नागरिकताका लागि धनगढी पुगेका हेमराज मालले तीन घण्टासम्म कुर्दापनि नागरिकता नपाएको गुनासो गर्नुभयो । नागरिकताको कागजात बुझाउन फाँटमा उमिएको एक घण्टा हुनलाग्यो कोही कर्मचारी नआएको अर्का सेवाग्राही माया रावतले बताउनुभयो । आफूहरुको काम नभएपछि नागरिकता फाँट अगाडीको चौरमा दर्जन महिलाहरु बसेका थिए । समयमा नागरिकता नबनेमा साँझ घर फर्किन समस्या हुने भन्दै कुराकानी गरिरहेका थिए । अरुलाई कर्तब्य सिकाउने जिल्ला प्रशासनको कर्तब्य सिकाउने अन्य निकाय कोही हुँदैन र भन्दौ गुनासो गरिरहेका थिए ।
जिल्ला प्रशासनका मुद्धफाँट लागायतका अधिकांश फाँटमा कर्मचारीविहिन अवस्थामा रहेको थियो । अन्य कार्यालयको छड्के जाँच गर्ने प्रमुख जिल्ला अधिकारी आफ्नै कार्यालयमा कति कर्मचारी आएका छैनन भन्ने बारेमा समेत जानकार छैनन् । जिल्ला प्रशासनका कर्मचारी नहुँदा फाँटहरु रित्तो भएको बारेमा सञ्चारकर्मीहरुले जानकारी गराउँदा प्रमुख जिल्ला अधिकारी खाँ र प्रशासकीय अधिकृत महराले फाँटहरुको निरिक्षण गर्नुभएको थियो । उहाँहरुले निरीक्षण गर्दा सवै अधिकाँश फाँटमा कर्मचारी थिएनन । तर त्यसको बारेमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासा बारेमा प्रजिअ खाँले कुनै प्रतिक्रिया दिन मान्नुभएन ।
कैलालीको प्रमुख जिल्ला अधिकारी भएर आएपछि जनतालाई छिटोछरितो सेवादिने बारेमा त्यति गम्भीर देखिनुभएको छैन । उहाँ कैलाली आएपछि जिल्लाको पूर्वी क्षेत्रको स्थलगत भ्रमण गरि काठमाडांै जानुभएका प्रजिअ खाँ केही दिन अघिमात्र कैलाली पुग्नुभएको छ । प्रमुख जिल्ला अधिकारीको टेबुलमा राखेको सिसी टीभिपनि विग्रेको अवस्थामा छ । बत्ति नभएपछि क्यामरा नचल्ने अवस्थामा रहेको छ । बत्ति नभएपनि इन्भटरबाट पंखाहरु चल्ने ब्यवस्था गरेपनि सिसी टिभी भने नचल्ने अवस्थामा राखिएको छ ।
कार्यालयका अधिकाँंश कर्मचारीहरुको मानसिकता जनताको कामलाई कसरी छिटोछरितो बनाउन सकिन्छ भन्दा पनि कसरी जनतालाई दुःख दिनसकिन्छ भन्ने मानसिकताबाट गुज्रिएको सेवाग्राहीको अनुभव छ । कर्मचारी अभाव भएपनि आवश्यक नभएको ठाउँबाट कर्मचारी ल्याएर भएपनि जनताको काममा ढिलाई गर्न नहुने नेपाली काँग्रेसका धनगढी नगरसभापति नृप वडले बताउनुभयो ।
यस बारेमा बुझ्दा गृह प्रवक्ता यादव कोइरालाले कर्मचारीको अभावमा सेवाग्राहीलाई सेवा दिन नसकेको भन्न नपाइने बताउनुभयो । सामान्य प्रशासन मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई कर्मचारीको अन्तजिल्ला सरुवा गर्ने अधिकार दिएको छ, आवश्यक परेको अवस्थामा प्रमुख जिल्ला अधिकारीले कर्मचारी सरुवा गरेर काममा खटाउन सक्ने व्यवस्था गरेको छ । कुनै पनि बाहानामा सेवाग्राहिको काम रोक्न मिल्दैन प्रवक्ता कोइरालाले भन्नुभयो ।
सेवाग्राहिले समयमा सेवा नपाएको बारेमा बुझ्न विशेष टोली खटाएर सूचना लिने र आगामी दिनमा जिल्ला प्रशासनको कामलाई चुस्तदुरुस्त बनाउन प्रमुख जिल्ला अधिकारी खाँ लाई निर्देशन दिने प्रवक्ता कोइरालाले बताउनुभयो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment