– ईश्वर अर्याल
१९५७ अप्रिल १ मा स्विजरल्यान्डमा स्पागेटी नामक पास्ताको खेती हुँदैछ, भनेर बिबिसीले रिपोर्ट प्रस्तुत गरेपछि विश्वभरबाट उक्त खेती आफूले पनि गर्न चाहेको र त्यसको लागि बिउ बिजन चाहियो भनेर दुनियाँबाट पत्राचार र फोन गरिए । वास्तवमा बिबिसीले अप्रिल फुल मनाएको थियो । स्पागेटी नामको कुनै फल या तरकारी हुँदैन, यो सामान्य मैदाबाट बनाइन्छ ।
सम्भवतः बिबिसी जस्तो समाचार संस्थाले अप्रिल फुलको नाउँमा आफ्ना स्रोता र दर्शकहरुलाई झुक्याएको पहिलो पटक थियो । त्यसैको सिको गर्दै आजसम्म पनि संसारका धेरै ठाउँहरुमा अप्रिल फुल मनाउने चलन छ । धेरै मान्छेहरुले अरुलाई गलत समाचार दिएर दुख दिने दिनको रुपमा आजको दिनमा संस्थागत रुपमै झुट बोलिन्छ ।
के यो संस्कृति सहि हो ? परम्परालाई डोर्याउने नाममा कसैलाई गलत समाचार या सुचना दिएर दुख दिनु भनेको साँच्चै मानविय संस्कृती हुन सक्दैन ।
गए सालको अप्रिल फुलमा दिल्लीमा अनौठो घटना घट्यो, एकजना मान्छे रेलको लिकमा दुर्घटनामा पर्यो, प्रहरीले घटनास्थलबाट उक्त मान्छेको घरमा बाबुआमालाई फोन गर्यो, तर, बाबुआमाले अप्रिल फुल भन्दै सो घटनालाई पत्याएनन् । यसबाट सहजै अनुमान लगाउन सकिन्छ, यो दिनको बारेमा मान्छेले के सोच्ने गर्दछन । ढाँट्न पाउने दिन भनेर अरुको मानविय संवेदनालाई पनि ख्याल नगरी मजाकमा उडाइने यो दिन हल्लैहल्लाको भरमा आउँछ र हल्लैमा बित्छ ।
सन् १५८२ मा फ्रान्समा ग्रोगरी तेर्हौंले जुलियन क्यालेन्डर विस्थापित गरेर नयाँ क्यालेन्डरको प्रचलन सुरु गरे । जसमा नयाँ बर्षलाई अप्रिल १ बाट जनवरी १ मा सारिएको थियो । तर, धेरै मान्छेहरुले नयाँ क्यालेन्डरलाई नजानेर या जानेर मान्न अस्विकार गर्दै, अप्रिल १ लाई नै नयाँ बर्ष मनाउँदै आए । तर, ती मान्छेहरु जसले जनवरी १ लाई नयाँ बर्ष मान्न थाले उनीहरुले पुरानो क्यालेन्डर मान्नेहरुलाई मुर्ख भन्न थाले र तिनै मुर्खहरुको लागि अप्रिल १ प्रचलित भयो भन्ने कुरा फ्रान्सको इतिहासमा पढ्न पाइन्छ । त्यही बेलादेखि युरोपमा यसको प्रचलन बढ्यो । त्यतिबेलाका पुरानो क्यालेन्डर मान्नेहरुलाई मुर्ख भनिने यो दिन युरोपमा मात्र होइन पुरै विश्वभरी नै प्रचलित भयो ।
नेपालमा यसको चलन कहिले भित्रियो भन्ने यकिन कसैलाई छैन् । विशेष गरेर युरोपियन क्रिश्चियनहरु नेपालमा भित्रिएर मिसिनरी टोलीहरु बनेपछि यसको प्रचार भएको हुनुपर्छ ।
आफ्नो संस्कृतीको वास्ता नगर्ने हामी नेपालीहरु विदेशी संस्कृतिको नक्कल गरेर अरुलाई दुख दिन पाउँदा भने दुई हातमाथि उफ्रन्छौं । अप्रिल फुलको दिन सामान्य हाँसिमजाकसम्म गर्न सुहाए पनि कसैलाई दुख दिने अभिप्रायले झुट बोल्न र कसैको मानविय संवेदनामाथि खेलवाड गर्न सर्वथा अनुचित छ ।
त्यसो त नेपाली राजनीतिक विसंगतिको बारेमा कुरा गर्ने हो भने हरेक दिन अप्रिल फुल भएको भान हुन्छ । हरेक दिन नेताले झुट बोल्ने गर्दछन, बोलेको कुरा कहिल्यै व्यवहारमा लागू हुँदैन । देश स्विजरल्यान्ड बनाउने होस् या सिंगापुर बनाउने कुरा होस्, जो कोहिले बोले पनि त्यो अप्रिल फुलमा बोले सरह नै भएको छ ।
तलाईं फलानोले बोलाएको छ, त्यहाँ जा अरे, फलानो साथी बिरामी भएर हस्पिटलमा छ, अथवा कोहि मर्यो अरे, मेरो प्रोमोसन भयो, आज पार्टी छ फलानो ठाउँमा आइज, जस्ता कुराहरुले हाम्रो यो दिनको दैनिकी चलेको हुन्छ । किशोर उमेरमा स्कुल मै पढ्दा पनि, तलाईं फलानो केटीले या केटाले भेट्न बोलाएको छ, सरले अफिसमा बोलाउनुभएको छ, जस्ता अरुले सामान्य रुपमा पत्याउन सक्ने तर, सत्यता नभएका कुराहरुले अरुलाई मुर्ख बनाउने चलन पहिल्यैदेखि चल्दै आएको हो । तर, यी सामान्य कुराहरु भए, योभन्दा बाहेक धेरै जटिल झुट पनि मान्छेले बोलेको हुन्छ । त्यसको परिणाम पनि नचाँहदा नचाँहदै जटिल नै निस्कन्छ, फलस्वरूप पछुताउने बाहेक अन्य विकल्प हुँदैन् ।
सामाजिक संजालहरुले सुचनामा अन्य साधनहरुलाई चुनौती दिइरहेको अहिलेको अवस्थामा सानो झुट पनि आगोको झिल्कासरी बढेर जताततै पुग्नसक्छ । यसले आधिकारिकता नपाउँदै त्यसको परिणामको शिकार हुने मान्छेहरु धेरै हुन सक्छन् । एक लाइक, कमेन्ट या सेयरले सो गलत सुचना हजारौं समक्ष पुग्नसक्छ र एउटा मानव अनियन्त्रित त्रास फैलिन सक्छ । अप्रिल फुल मनाउँदा यसको नियन्त्रणको बारेमा पनि उत्तिकै सोच्नुपर्छ र बिशेष गरेर दीर्घकालिन महत्व दिने बिषयलाई प्रयोग नगर्नु हामी सबैको हितमा हुन्छ । सकेसम्म यसलाई रमाइलोको रुपमै लिने तर, कसैलाई गम्भीर परिणामको सिकार बनाउने खालको कुरा चाहिँ नियन्त्रण गर्न सकियो भने, यो दिन हाँसीखुसी बित्न सक्छ ।
नेपालको कानुनमा होलीको दिन लोला हान्न पाउने र अप्रिल फुलको दिन झुट बोल्न पाउने भनिएर लेखिएको छैन् । गलत सुचना दिएर कसैलाई गम्भिर खालको परिणाम भोग्न बाध्य पारिन्छ, भने जनताको सुरक्षा गर्न भनेर बनेको कानुन पनि टुलुटुलु बसेर हेर्ने कुरा हुँदैन । हाँसीमजाक गरेकै सुचना पनि गम्भिर प्रकारको साइबर क्राइमको केसमा अल्झिन सक्छ, भन्ने कुरामा हामी सबै सजग बन्नुपर्दछ । कसैलाई दुख दिने नियतले गरेका हरेक कुराहरू अपराधिक बन्न सक्छन् र कानुनअनुसार दण्डित हुनुपर्ने त स्वाभाविक रुपमा हुन्छ नै ।
धेरै मान्छेहरु यसको बारेमा जान्न चाहन्नन्, तर अरुलाई कसरी मूर्ख बनाउन सकिन्छ भनेर चौबिसै घन्टा सोचेर बस्ने गर्दछन । सकेसम्म आफूले चिनेको मान्छेलाई मूर्ख बनाउने नभए बाटोमा हिँडिरहेका अपरिचितहरुलाई भएपनि मूर्ख बनाउन खोज्दा आफैँ फन्दामा पर्न सक्छन । सोझा–साझा जसलाई यो दिनको बारेमा थाहा हुन्न, उनीहरुले कसैले भनेको कुरा छिट्टै पत्याइहाल्ने हुनाले सोझासाझा नै यसको सिकार हुने गर्दछन । तर, यो बुझ्न जरुरी छ कि कसैलाई मूर्ख बनाउँदैमा आफ्र सज्जन हुन सकिन्न्, आफ्नो व्यक्तिगत उचाइको परिचय आफैं दिनुपर्दछ ।
शिकार त प्रहरी प्रशासन पनि हुन सक्छ, आजको दिनमा विशेष सुरक्षा व्यवस्था गर्नु र इमरजेन्सी रेस्पोन्स टिम खडा गर्नुपर्दछ । समाजमा नराम्रा मान्छेहरुको कमि हुन छोडेको छ आजकाल । सकेसम्म यो संस्कृतिलाई पालना नै नगर्ने, हुँदै नभए संयमित भएर पालना गर्नु भनेको मानविय सभ्यताको परिचय दिनु हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment