Wednesday, March 9, 2016

विराटनगरमा विकास निर्माणको काम पुनः सुरु

२६ फागुन, विराटनगर । विराटनगर उपमहानगरपालिका क्षेत्रको ढल निकासका लागि निर्माण कार्यले पुनः तिव्रता पाएको छ । भारतको नाकावन्दी र मधेस आन्दोलनका कारण इन्धन लगायतका सामाग्री अभावका कारण निर्माणको काम प्रभावित बनेको थियो ।

‘मधेस आन्दोलनको चपेटामा मुलुक नै परेको समयमा हामीले काम रोकेका थियौं । अहिले पुनः कामलाई तिव्रता दिएका छौं, प्रोजेक्ट म्यानेजर उपेन्द्र बरालले भने ।

परियोजना अन्तर्गत अहिलेे मुख्य सडक क्षेत्र एवम् भित्री सडकको आसपासमा नाला निर्माणको काम भइरहेको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकार र विराटनगर उपमहानगरपालिकाको आन्तरिक स्रोत समेत गरी करिब २ अर्ब ३९ करोड रुपैयाँको परियोजना विराटनगरमा एक वर्षदेखि चलिरहेको छ ।

विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मीका अनुसार परियोजना अन्तर्गत ६५ किलोमिटर सडक सुधार, ६२ किलोमिटरमा ढल निर्माण र ३२ किलोमिटर नाला निर्माण गरिने छ । नगर क्षेत्रका साविकका भित्री सडक ५६ फिट चौडा बनाइने छ ।

त्यसैगरी पुष्पलाल चोकदेखि पानीटंकीसम्मको ३ किलोमिटर बाटो चौडा गरी कालोपत्रे गर्ने योजना समेत छ । परियोजना अन्तर्गत जतुवा र रानीमा ढलको पानी प्रशोधन गर्न प्रशोधन केन्द्र निर्माण शुरु गरिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment