२६ फागुन, काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री एवम समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले निर्वाचन आयोगले संविधान र कानून विपरित आफ्नो दल खारेज गरेको आरोप लगाएका छन् । उनले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताए ।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा मन्त्री सिंहले भने, ‘संविधानको धारा २७० ले दलमाथि प्रतिबन्ध लगाउन नपाउने स्पष्ट व्यवस्था गरेको छ । तर, निर्वाचन आयुक्तमा राजा महेन्द्रको आत्मा प्रवेश गरेर वितण्डा मच्चा उने काम भएको छ ।’
नजिर बसाएर राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाएर तर्साउने योजना रचिएको उनको दाबी थियो । लोकतान्त्रिक मुलुकमा राजनीतिक दल खारेज गर्ने निर्णय विडम्बनापूर्ण भएको उनले बताए ।
मन्त्री सिंहले राजनीतिक दलहरु दलदर्ता ऐन अनुसार दर्ता हुने हुँदा कारवाही पनि दल दर्ता ऐन अनुसार नै हुनु पर्नेमा बदनीयतपूर्ण ढंगले निर्वाचन ऐन अनुसार गरिएको दाबी गरे ।
उनले संसदीय सुनवाई नभएका निर्वाचन प्रमुख निर्वाचन आयूक्त अयोधि यादवको संवैधानिक हैसियतमाथि प्रश्न समेत उठाए ।
कुनै पनि राजनीतिक दलले आय ब्यय विवरण नबुझाउँदा सचेत गर्ने वा १०० रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेकोमा कसैलाई सोही अनुसार र कसैलाई बदनीयतपूर्ण काम गरेको आरोप लगाए । मन्त्री सिंहले भने, ‘कानूनको समान प्रयोग भएन । कसैलाई दलदर्ता ऐन अनुसार र कसैलाई निर्वाचन आयोग ऐन अनुसार कारवाही भयो ।’
मन्त्री सिंहले आफू २०७० सालमा नै निर्वाचन आयोगमा आयब्ययको विवरण बुझाएको भए पनि निर्वाचन आयोगमा रेकर्ड नराखेको आरोप लगाए । अहिले भने आफूसँग भएको तथ्याङ्क भैचालोमा परेर नष्ट भएकोले बुझाउन नसकेको उनको दाबी गिथयो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment