२६ फागुन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यको खुलातर्फको मत गणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा मत गणना सुरु भएको हो ।
मत गणनाका लागि प्रोजेक्टर समेत प्रयोग गरिएको छ । २५ केन्द्रीय सदस्यका लागि ९० उम्मेदवार छन् ।
सबै उम्मेदवारले प्रतिनिधि राख्न पाउनु पर्ने माग गरेपछि निर्वाचन समितिका प्रतिनिधिले मञ्चमा बसेर मतपत्रलाई प्रोजेक्टरमा देखाएर मात्र गन्ने व्यवस्था गरिएको छ । उम्मेदवारका प्रतिनिधिहरु हलमा बसेका छन् ।
२५ भन्दा बढी उम्मेदवारलाई मत दिएको मतपत्र बदर गर्ने समझदारी भएको छ ।
५०/५० मतपत्रको बिटो बनाइएको छ । एउटा बिटो गन्न कति समय लाग्छ भन्ने आधारमा परिणाम आउने समय अनुमान लगाउन सकिने बताइएको छ ।
खुलाको सकिएपछि आरक्षणतर्फको मत गणना हुनेछ । कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment