Wednesday, March 9, 2016

कमल थापा बैंकक प्रस्थान, भारत हुँदै स्वदेश फर्किने  

२६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा ६ सदस्यीय टोलीको नेतृत्व गर्दै बुधबार बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापा नेतृत्वको टोली एसियन कोअपरेशन डायलग (एसिडी) को १४ औं मन्त्रीस्तरीय बैठकमा सहभागी  हुन बैंकक गएको हो ।

टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराई, उपसचिव भरत रेग्मी  लगायत छन् । एसिडीको बैठकलाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले बिहीबारको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।

एसिडीको बैठकमा सहभागी भएर थापा भारत जाने कार्यक्रम छ ।

एसिडीमा हाल एसियाका ३३ मुलुक सदस्य छन् । एसिडीले १४ औं मन्त्रीस्तरीय बैठकबाट नेपाललाई ३४ औं सदस्यका रुपमा स्वीकार गर्ने तालिका छ ।

भारतमा धार्मिक गुरु रविशंकरले गर्न लागेको धार्मिक सभामा सहभागी भएर उनी २९ फागुनमा स्वदेश फर्किने कार्यक्रम छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment