- पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी हो। यो नेपाली राजनीतिक इतिहासको सबभन्दा लामो इतिहास भएको पुरानो पार्टी हो।
अहिलेको यो राजनीतिक प्रक्रियामा पनि नेतृत्वदायी भूमिका खेलेको पार्टी हुनुको नाताले मैले नेपाली कांग्रेसका नेताहरुलाई तपाईहरुले विषय कसरी प्रस्तुत गर्नुहुन्छ, मलाई यो असाध्यै चासो छ र तपाईं कार्यकर्ताहरुले त्यसलाई कसरी ‘रेस्पोन्स’ गर्नुहुन्छ भन्नेमा पनि मेरो विशेष चासो छ।
किनकी म आज मञ्चमा बसेर तपाईहरु तिर हेर्दै गर्दा नेताहरु र विदेशी पाहुनाहरुका कुरा सुन्दै जाँदा त्यता तिर फर्किएको छु, जतिखेर शेरबहादुर देउवाजी निरंकुशताको हिरासतमा हुनुहुन्थ्यो। थुप्रै साथीहरु भूमिगत हुनुहुन्थ्यो।
त्यतिबेला तात्कालित सभापति गिरिजाप्रसाद कोइराला जसले संसदमा भएका सात वटा पार्टीको पनि नेतृत्व गर्नुृहुन्थ्यो। उहाँ र मेरो बीचमा भएका छलफलका दिनहरु स्मरणमा ताजा भएर आएको छ। त्यतिबेला गिरिजाप्रसाद कोइरालासँग महामन्त्री कृष्णप्रसाद सिटौला पनि हुनुहुन्थ्यो र हाम्रो ऐतिहासिक समझदारीको वातावरण बन्दै थियो, म त्यता फर्किएको छु।
गिरिजाप्रसाद कोइराला र मेरो बीचमा भएका छलफलहरु र ति छलफल पछिका निश्कर्षहरु जुन निश्कर्ष १२ बुँदे समझदारी हुँदै अनि विस्तृत शान्ति सम्झौता हुँदै, गणतन्त्रको घोषणा हुँदै संविधान सभासम्म पुग्यौं। ति दिनहरु प्रत्यक्ष र ताजारुपमा अहिले स्मरण गरेको छु।
अहिले यो वर्ष हाम्रो निम्ति एउटा असाधारण वर्ष भएको हुनाले एकातिर विनासकारी भूकम्पको सामना गर्नुप¥यो। त्यसबाट हामीलाई निकै ठूलो क्षति भयो। यसै वर्ष हामीले संविधानसभाबाट संविधान बनाउने जस्तो ऐतिहासिक कार्य पनि राजनीतिक समझदारी कै आधारमा बनायौं।
त्यसपछि हामीले नाकाबन्दीबाट पनि ठूलो आर्थिक क्षतिको सामना गर्नुपर्यो र पनि हामीले राष्ट्रिय एकताको एउटा मजबुत आधार बनाउँदै लग्यौं। संविधान बनाउने बेलामा सुशील कोइरालाजीसँग भएका छलफलहरु राष्ट्रिय एकताको निम्ति हामीले गरेका प्रतिवद्धताहरु र यो कार्यान्वयनको सन्दर्भमा पनि अब नेपाली काँग्रेसले कस्तो बाटो लिन्छ? तपाईहरुले कस्तो बाटो लिनुहुन्छ भन्ने तिर मेरो ध्यान बढी केन्द्रित भएको हुनाले उद्घाटन समारोहको अन्तसम्म बसेर सबै नेताहरुको र तपाई कार्यकर्ताहरुको पनि प्रतिक्रियालाई पनि मैले हेर्नुपर्छ भन्ने ठानेँ।
जब नेपाली कांग्रेसका कुनै नेता मेरो अगाडि नेपाली काँग्रेसले मात्रै सबै ग¥यो अरुको केही भूमिका छैन भन्नुभयो भने मेरो मन चसक्क घोच्छ। निरंकुशतासँग लड्ने बेलामा तपाईहरु जसरी लड्नुभएको थियो विभिन्न ढंगले त्यससँग लड्ने बेलामा गिरिजाप्रसाद लगायत नेपाली कांग्रेसलाई दिलोज्यानले साथ दिने समुह वा शक्तिलाई तपाईहरुले बिर्सिनुभयो भने नेपाल बनाउन सकिँदैन। यो कुरा पनि म तपाईहरुको अगाडि भन्न चाहन्छु।
राजनीतिक कार्यनीतिको दृष्टिकोणले तात्कालिन राजासँग विपी कोइरालाले कार्यगत वा कुनै खालको एकता गरेर राणाका विरुद्ध लड्न जरुरी थियो। विपीले त्यो आँट नगरेको भए संभवत नेपालको इतिहास अर्कै ढंगले कोरिन सक्थ्यो। अनि ३० वर्ष पञ्चायत विरुद्धको लडाई र ०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै वामपन्थी र प्रजातान्त्रिक शक्तिहरुको सहकार्य र एकताद्वारा पञ्चायतको अन्त्य भएको अर्को इतिहास छ।
यदि परम्परागतरुपमा नै हाम्रा सोचहरु रही रहेको भए, हामी सबै जड जस्तो ‘आफ्नो गोरुको बाह्रै टक्का’ गरेको भए सायद पञ्चायतलाई ०४६ सालमै ढाल्न गाह्रो हुन्थ्यो। म त्यो दिन सम्झन्छु, विशाल यही खुल्ला मञ्चमा जनसभा थियो। गणेशमान सिं वीर अस्पतालको माथि हुनुहुन्थ्यो। हामी सबै साथमा थियौं। एउटा ऐतिहासिक राजनीतिक प्रयोग त्यो थियो, जसले पञ्चायतको अन्त्य गर्यो।
हामीले नेपालमा जे राजनीतिक प्रयोग गर्दैछौं। त्यसमा हाम्रा छिमेकीहरुको सहयोग र सद्भाव जरुरी छ। बेलाबेलामा हामीलाई वा नेपाली जनतालाई जे महसुस हुने गरेको छ। कहिलेकाहीँ हाम्रा भावनाहरुमा ठेस लाग्ने गरेको छ। भारतीय नेतृत्वले नेपाली जनताको भावनालाई गहिरो गरी सम्मान गर्नेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु।
भाजपाका भगतसिं कोसियारीजी मार्फत फेरि यस्तो इतिहास नदोहोरियोस्। हामीले नाकाबन्दी व्यहोर्नुपर्ने के गल्ती गर्यौं? यो इतिहास फेरि नदोहोरियोस्। म उहाँ मार्फत भारतीय सबै नेताहरुलाई यो अनुरोध गर्न चाहन्छु। हामी मित्रता चाहन्छौं। हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो अर्थनीति, हाम्रो संस्कृति, हाम्रा सबै मौलिक प्रकृतिका छन्। हामीलाई छुट्याउन सकिँदैन। तर कहिलेकाहीँ व्यवहारमा जे जस्ता पीडाहरु हामीले भोग्नुपरेको छ। त्यो इतिहास नदोहोरियोस्। म यही अनुरोध गर्न चाहन्छु।
यो राजनीतिक प्रयोग जो गरिएको छ, खासगरी गिरिजाप्रसाद कोइराला जस्तो ‘टावरिङ पर्सनालिटी’ नभएको भए, र मैले विद्रोह गर्दागर्दै पनि नेपाल राष्ट्र र नेपाली जनताको हितको निम्ति ठूल्ठूलो जोखिम उठाउन तयार नभएको भए अहिले हामी जहाँ छौं संविधान सभाबाट संविधान जारी गर्ने हामीलाई जो सुशीलजी प्रधानमन्त्री भएको बेलामा उहाँको नेतृत्वमा संविधान घोषणा गर्ने ऐतिहासिक गौरव प्राप्त भएको छ, त्यो प्राप्त हुने थिएन।
अहिले पनि देश सहज भइसकेको छैन। राष्ट्रिय एकता झन् बढी आवश्यक भइसकेको छ। संविधान कार्यान्वयनको चुनौती हाम्रो अगाडि छ। पुनर्निर्माणको चुनौती हाम्रो अगाडि छ। यो सबै कामको निम्ति राष्ट्रिय एकताको आवश्यकता छ। हामी विभिन्न विचारधार र दर्शन भए पनि राष्ट्रको एकताको निम्ति जनताको हक अधिकारको निम्ति जनताको समृद्धि र चाहानाको निम्ति हामी एकै ठाउँमा छौं।
गिरिजाबाबुसँग हुँदा मेरो भनाई हुन्थ्यो, उहाँले नै पनि मलाई भन्नुहुन्थ्यो। १५÷२० वर्ष हामी सँगै जानुपर्दछ। सुशील जीले पनि मलाई त्यही भन्नुहुन्थ्यो। म के आशा गर्छु भने अब आउने नेतृत्व तपाईहरु जुन प्रक्रियाबाट आए पनि यो संविधान कार्यान्वयन गरी छाड्ने राष्ट्रलाई एकतावद्ध गरी छाड्ने र नेपाली जनताको विकासको चाहनालाई सम्बोधन गरी छाड्ने प्रतिवद्धता र आँट सहित आउनेछ भन्ने विश्वास र शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
तपाईहरुको यो तेह्रौ महाधिवेशन विशिष्ट क्षणमा हुँदैछ। शुसीलजी जसले संविधान बनाउने प्रक्रियामा नेतृत्वदायी भूमिका खेल्नुभयो उहाँ हामीसँग हुनुहुन्न। गिरिजा बाबु जसले यति ठूलो जोखिम उठाएर हामीसँग एकता गरेर राष्ट्रलाई शान्ति र संविधानको नयाँ प्रक्रिया तिर लैजाने कुरा गर्नुभयो उहाँ पनि हामीसँग हुनुहुन्न। अब जो नेताहरु हामीसँग हुनुहुन्छ, म के चाहान्छु भने यो इतिहास र परम्परालाई त्यो ऐतिहासिक विरासतलाई हामी कसैले नबिर्सिउँ। हामी एउटा सहकार्य, सहमति र एउटा नयाँ ऐतिहासिक प्रयोगबाट शान्ति र संविधानको एउटा नयाँ परिणति ल्याएका छौं। जसलाई विश्वभरी हामीले स्थापित गर्नुछ। विश्वमा हामीले यो सन्देश दिनुछ।
नेपाल इतिहासमा पनि वर्तमानमा पनि यो भूमि विचारको दृष्टिकोणले र संस्कृतिको दृष्टिकोणले विविधतामा एकताको दृष्टिकोणले ऐतिहासिक छ। एउटा नयाँ विचार एउटा नयाँ प्रयोगबाट जसरी हामी आयौं गिरिजाप्रसाद र मैले हस्ताक्षर गरेर जुन राजनीतिक प्रक्रियाको सुरुवात गरिएको छ त्यसलाई त्यसको तार्किक निश्किर्षमा पु¥याइयोस् यही म अब आउने नेतृत्वले नेपाली काँग्रेसलाई एकतावद्ध गर्नेछ। राष्ट्रलाई एकतावद्ध गर्नेछ र यो ऐतिहासिक राजनीतिक विरासललाई निरन्तर अगाडि बढाउने छ भन्ने विश्वास गर्दै तपाईहरुको यो उल्लासमय र यो भब्य उद्घाटन समारोह र यो तेह्रौं महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै बिदा हुन्छु।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्डले दिएको मन्तव्यको सम्पादित अंश
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment