काठमाडौं विश्वविद्यालय नेपालको उत्कृष्ट सामुदाययिक विश्वविद्यालयमात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बजारोन्मुख शिक्षा प्रदान गर्न र जीवनमुखी सीप सिकाउन अभिप्रेरित गर्ने शिक्षाको केन्द्रबिन्दु हो । यस शैक्षिक संस्थाले आफ्नो उचाइ, गरिमा र कद बढाउन विश्वविद्यालयमा कार्यरत प्राध्यापकको दूरदर्शी दृष्टिकोण, अध्ययनरत विद्यार्थीको लगनशीलता र साहस, अभिभावकको माया र स्वदेशी तथा विदेशी सहयोगी हातको निरन्तर विश्वास सर्वोपरि देखिन्छ । उसले पठनपाठन गराउँदा त्यस्ता विषयलाई बढी प्राथमिकता दिन्छ, जसको तत्कालीन बजार र दीर्घकालीन स्थायित्व रहन्छ ।
जब–जब विद्यार्थीलाई समयानुकूल पठनपाठन र तत्पश्चात् भरपर्दो अवसरको खाँचो पर्छ, तब–तब ऊ हाम्रो परिवेशमा यस विश्वविद्यालयजस्ता समयानुकूल परिवर्तन स्वीकार गर्न सक्ने शैक्षिक नेतृत्वदायी थलोमा प्रवेश गर्न थाल्छ । शिक्षा, विज्ञान, मानविकी, इन्जिनियरिङ, मेडिकल साइन्सलगायतका मुख्य विधाको परिधिभित्र रही बजारमुखी जनशक्ति उत्पादन गर्नु यस विश्वविद्यालयको मुख्य विशेषता हो । हाम्रोजस्तो विकासोन्मुख राष्ट्रमा शिक्षाको बजारमुखी परिवर्तनको नीति अति आवश्यक छ । जसको प्रयोग काठमाडौं विश्वविद्यालयले गर्दै आएको छ ।
विश्वविद्यालयअन्तर्गत स्वदेशी तथा विदेशी सहयोगस्वरूप प्राप्त हुने छात्रवृत्तिको अवसरले गर्दासमेत काठमाडौं विश्वविद्यालयमा शिक्षा हासिल गर्नु भनेको बजारिया हल्लाजस्तो निम्नआय भएका वर्गको पहुँच बाहिर छैन । नेपालको परिप्रेक्ष्यमा हाल विकास कार्यक्रमलाई टेवा दिँदै सामाजिक परिचालन गर्न सक्ने जनशक्ति आवश्यक छ । उक्त आवश्यकतालाई दृष्टिगत गरी यस विश्वविद्यायले वातावरण, शिक्षा तथा दिगो विकास, वातावरण इन्जिनियरिङ, वातावरण व्यवस्थापन, कला, शिक्षा व्यवस्थापनजस्ता विभिन्न विषय पठनपानठन गराउँदै आएको कुरामा वातावरण तथा दिगो विकासका विद्यार्थीका रूसमा पंक्तिकार स्वयम् साक्षी छन् । उदाहरणका लागि सोही पाठ्यक्रम पूरा गर्दा विश्वविद्यालयले नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्ससँगको साझेदारीमा चार वर्षसम्म स्नातकोत्तर तहमा सञ्चालित पाठ्यक्रमले नेपाललगायत विश्व वातावरण तथा दिगो विकासबारे येथष्ट मात्रामा शिक्षा प्रदान गर्ने हैसियत राख्छ । पाठ्यक्रम कार्यक्रम अवधिमा वातावरण शिक्षा तथा दिगो विकास पढेर नेपाललगायत दक्षिण एसिया क्षेत्रका एक सयभन्दा बढी विद्यार्थीले आकर्षक छात्रवृत्तिसहित उच्च शिक्षा हासिल गर्ने अवसर आफूले चाहेको मितिभित्रै प्राप्त गरिसकेका छन् । सरकारले विभिन्न क्षेत्रमा दिगो विकास तथा वातावरण विशेषज्ञलाई रोजगारी अवसर सिर्जना गरेबाट काठमाडौं विश्वविद्यालयको शैक्षिक जनशक्ति उत्पादन गर्ने दूरदर्शीलाई थप पुष्टि गर्छ ।
यसै सन्दर्भमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट कार्यान्वयन गरिएको वातावरणमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयन स्थिति हेर्दा यस क्षेत्रमा कुनै रसायनशास्त्र वा विज्ञानको एकाग्र पाटो पढेकाभन्दा पनि बढीभन्दा बढी विकास र सामाजलाई वातावरणसँग जोड्ने व्यावहारिक जनशक्ति आवश्यकता महसुस हुन्छ । काठमाडौं विश्वविद्यालयले यस विषयमा समयमै ध्यान पु¥याउन सके एकातिर विश्वविद्यालयको एकलौटी जनशक्ति बजार कायम रहन्थ्यो भने अर्कोतिर चाहिनेभन्दा फरकखालको जनशक्ति अनावश्यक ठाउँमा अड्केर बस्नुपर्ने थिएन । तर, विशिष्ट कुरा जे भए पनि यस विश्वविद्यालयमा उच्चशिक्षा हासिल गर्नु गौरवको कुरा हो । रूसमा समयानुसार मित्रवत् तरिकाले पढाइन्छ, समयमै शैक्षिक कार्यक्रम गराइन्छ र विद्यार्थीलाई कम्तीमा पनि सम्मानजनक रूपमा गरिखाने बनाइन्छ ।
यो नै पंक्तिकारको आफ्नो जीवन अनुभव हो । हुन सक्छ यस विश्वविद्यालयका सबै स्तानतकोत्तरले आफूले चाहेको व्यवसाय तथा रोजगारीमा आबद्व भइसकेका होलान् तर आफूले सम्हाल्नुपर्ने बजारको सदा न्यायपूर्ण ताकेता गरिरहनु काठमाडौं विश्वविद्यालयमा शैक्षिक नेतृत्वको कमजोरी पक्षका रूपका लिन सकिन्छ । विश्वविद्यालयमार्फत गैरसरकारी तथा विदेशी निकायसँगको सम्बन्धले रोजगारी पाउने विद्यार्थी संख्या बढे पनि नेपाल सरकारको नीति निर्माण तहमा यसबारे अझै संयोजन तथा समन्वय अभाव देखिन्छ । जसले गर्दा बजारअनुसार काठमाडौं विश्वविद्यालयले पढाएको पठ्यक्रम पढेका विद्यार्थीले चाहेको भए पनि पढेको विषयअनुसार सरकारी सेवा थाल्ने अवसर पाएका छैनन् ।
अतः जीवनमुखी सिकाइ, परिवर्तित सोच, मैत्रीपूर्ण शिक्षण कला तथा सरल शैक्षिक अवतरणजस्ता यथार्थ मान्यताले गर्दा काठमाडौं विश्वविद्यालय सफल बन्दै गइरहेको छ । यसमा राज्यका नीति निर्माण तहमासमेत भूमिका खेल्ने चेष्टा राख्दा समग्र राज्यकै प्रगति देखिने तथा आमविद्यार्थीले समेत राहत अनुभव गर्नेमा दुईमत छैन ।
(लेखक, सुनवल नगरपालिका, नवलपरासीका अनुगमन तथा मूल्यांकन अधिकृत तथा (वातावरणविद्) हन् ।)
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment