२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको मतगणना पार्टी कार्यालय सानेपामा चलिरहेको छ । मत गणनाका लागि प्रोजेक्टर समेत प्रयोग गरिएको छ ।
२५ केन्द्रीय सदस्यका लागि ९० उम्मेदवार छन् । सबै उम्मेदवारले प्रतिनिधि राख्न पाउनु पर्ने माग गरेपछि निर्वाचन समितिका प्रतिनिधिले मञ्चमा बसेर मतपत्रलाई प्रोजेक्टरमा देखाएर मात्र गन्ने व्यवस्था गरिएको छ । उम्मेदवारका प्रतिनिधिहरु हलमा बसेका छन् ।
२५ भन्दा बढी उम्मेदवारलाई मत दिएको मतपत्र बदर गर्ने समझदारी भएको छ । ५०/५० मतपत्रको बिटो बनाइएको छ । खुलाको सकिएपछि आरक्षणतर्फको मत गणना हुनेछ ।
कांग्रेसको १३औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएका छन् ।
| उम्मेदवारको नाम | मत |
|---|---|
| प्रकाशमान सिंह | ३६ |
| प्रदिप पौडेल | ३६ |
| खुमबहादुर खड्का | २९ |
| गोपालमान श्रेष्ठ | २५ |
| चन्द्र भण्डारी | २५ |
| धनराज गुरूङ | २७ |
| नारायण खड्का | २८ |
| प्रकाशशरण महत | २५ |
| प्रदिप गिरी | २५ |
| बद्री पाण्डे | २५ |
| बलबहादुर केसी | २५ |
| बालकृष्ण खाँड | २८ |
| विमलेन्द्र निधि | २९ |
| महेश आचार्य | २९ |
| डा. मिनेन्द्र रिजाल | २९ |
| डा. रामशरण महत | २८ |
| डा. शेखर कोइराला | ३२ |
| सुजाता कोइराला | ३४ |
| विश्वप्रकाश शर्मा | २१ |
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment