Wednesday, March 9, 2016

कविन्द्र मण्डप र अस्पताल भवन नेपाली सेनालाई हस्तान्तरण

२६ फागुन, काठमाडौं । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा निर्माण भएको कविन्द्र मण्डप र अस्पताल भवन अमेरिकी राजदूत एलिना बी तेप्लेजले नेपाली सेनालाई बुधबार हस्तान्तरण गरेकी छन् ।

ति भवनहरु ग्लोबल पिस अपरेसन इनिसियटिभ (जीपीओआई)को सहयोगमा निर्माण गरिएको थियो ।

शान्ति स्थापनार्थ कंगोमा खटिएका बेला निधन भएका प्रमुख सेनानी कविन्द्रजंग थापाको नाममा मण्डप निर्माण गरिएको हो ।

नेपालका लागि अमेरिकी राजदूत तेप्लेजले भवनको साँचो तथा प्रमाणपत्र प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई हस्तान्तरण गरेकी थिइन् ।

कविन्द्र मण्डपमा १६ वटा कक्षा कोठा, अडिटोरियोम कक्ष, २ वटा बैठक कक्ष, फर्निचर सहितका कार्यालय कोठाहरु, २ वटा अति विशिष्ट कक्ष र स्टोर कक्षहरुको सुविधा छ । ‘लेभल वान हस्पिटल’मा ४ वटा उपचार कक्ष, २ वटा कार्यालय कक्ष, २ वटा महिला बेड, ४ वटा पुरुष बेड तथा डार्क रुम सहितका एक्सरे कक्षको सुविधा छ ।

सो अवसरमा प्रधानसेनापति क्षेत्रीले स्वर्गीय प्रमुख सेनानी थापाको बहादुरीको प्रशंसा गर्दै विश्व शान्ति कार्यमा सहभागी भई शान्ति स्थापनार्थ कार्य गर्न पाएकोमा नेपाली सेनाले गौरव महसुस गरेको बताए ।

यसैगरी राजदूत तेप्लेजले नेपाली सेनासँगको सम्बन्ध परापूर्वकालदेखि रहँदै आएको र यस प्रकारको सहयोग निरन्तर रुपमा जारी रहने बताइन् ।

उक्त भवनहरुले नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने तालिमरत सैनिकहरुलाई विविध प्रकारका तालिम, शान्ति स्थापना सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार एवम् प्रशासनिक कार्यको लागि सहयोगी भूमिका खेल्नुको साथै तालिमरत सैनिकहरुको उपचार प्रयोजनको लागि समेत सहयोग पुग्ने नेपाली सेनाको विश्वास छ ।

कार्यक्रममा स्वर्गीय थापाकी श्रीमती ईनु बस्नेतलाई सम्मान पनि गरिएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment