Wednesday, March 9, 2016

पद नै धरापमा परेपछि खानेपानीमन्त्री सिंहले देखाए आफ्नो सम्पत्ति

काठमाडौँ, २६ फागुन । पार्टी खारेजीमा परेपछि सांसद र मन्त्री पद धराप परेका बेला खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सिंहले मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुभएको सम्पत्ति विवरणमा प्राचीन मूर्ति पाँच थान, प्राचीन खुँडा तरबार सात थान, प्राचीन गुप्त लठ्ठी तीन थान, प्राचीन थाली, कचौरा र कसौँडी १० थान रहेको उल्लेख छ ।

त्यसैगरी २५ तोला पैतृक र २० तोला स्वआर्जन गरेको सुन, ५०० तोला पैतृक चाँदी, मुगा २० तोला, सिपी पाँच थान र नगद रु ७५ हजार रहेको विवरणमा उल्लेख छ ।

विभिन्न बैंकमा रु ८७ हजार रकम मौज्जाद रहेको तथा सेन्ट्रल फाइनान्स लिमिटेड ललितपुरबाट रु ३० लाख ऋण लिएको सम्पत्ति विवरणमा जनाइएको छ ।

मन्त्री सिंहको नाममा काठमाडौँको थानकोटमा सात आना जग्गामा साँढे तीनतले घर, कालीकोटको ओदानकुमा दुई वटा तीनतले घर, कालीकोटकै मान्मखाडाचकमा एकतले घर रहेको छ । त्यस्तै कालीकोटका विभिन्न स्थानमा उहाँको घडेरी र जग्गा रहेको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment