Wednesday, March 9, 2016

​नेपालगञ्जको होटलमा बेलायती नागरिक मृत भेटिए

नेपालगञ्ज : नेपालगञ्जमा एक जना बेलायती नागरिक मृत अवस्थामा फेला परेका छन्।

नेपालगन्ज उप–महानगरपालिका २ न्युरोडस्थित होटल कस्तुरीको कोठा नम्बर १०२ मा लण्डनका जोन निकोलस वाटसन मंगलबार मृत अवस्थामा फेला परेका हुन्। 
विहान साढे ११ वजे बजेसम्म नउठेपछि होटेल सञ्चालकले शंका लागेर प्रहरीलाई खबर खरेका थिए। ५००६१८१२० नम्बरको पासपोर्ट बोकेका ५९ वर्षका वाटसनले दुवै हात, लिंग काटेको देखिएकाले आत्महत्या हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय बा“केका प्रवक्ता प्रहरी नायब उपरिक्षक भीमकिरण बोगटीले जानकारी बताए।

ढोका फोडेर भित्र पसेको प्रहरीले कोठाभरी रगतै रगत, व्लेड र चक्कु फेला पारेको थियो। घटनास्थलको मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी माधव नेपालले समेत निरीक्षक गरेका थिए।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment