फाल्गुन २६, २०७२- रियालिटी टेलिभिजन स्टार किम कार्दशिनले आफ्ना श्रीमान कान्ये वेस्टलाई आदेश दिँदै अब उपरान्त सोसल मिडियामा कुनै पनि पोष्ट राख्नुपूर्व उनलाई देखाउनुपर्ने बताएकी छिन् ।
श्रीमान् कान्येलाई आफ्नो नियन्त्रणमा राख्ने हिसाबले उनको यो भनाइ आएको बताइन्छ । किम चाहन्छिन्— उनका र्यापर श्रीमान् कान्येलाई सोसल मिडिया ह्यान्डल गर्न एक्सपर्टको मद्दत आवश्यक छ । अहिले तत्कालका निम्ति कान्येले गर्ने पोस्ट आफूलाई देखाएर मात्र अपलोड गर्न किमले स्मरण गराएकी छिन् । यसबाट विश्लेषकहरूले दुईवटा अर्थ निकालेका छन् ।
पहिलो किम चाहन्छिन्, कान्ये अनलाइनमार्फत कुनै पनि रोमान्स नगरून् । आफ्ना फ्यान्सबाट टाढा रहून् । दोस्रो, किमलाई कान्येका पोस्ट पटक्कै मन पर्दैनन् । त्यसकारण किम उनका पोस्ट आफूले छनौट गरेपछि मात्र अपलोड हुन् भन्ने चाहन्छिन् । जानकारहरूका अनुसार कान्येका लागि सोसल मिडियामा प्रवेश हालका निम्ति नयाँ नै भए पनि यो मामिलामा उनी स्वयं एक्सपर्ट हुन् । सोसल मिडियामा उनका फ्यान फलोइङ गजब मानिन्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment