Wednesday, March 9, 2016

भूमिहीनको प्रश्न- गरिबको घर जलाएर कसरी सरकार चलाउछौ ?

सनिउल्ला धोवी

२६ फागुन, चन्द्रौटा । कपिलवस्तुका भूमिहीन सुकुम्बासीहरुले सरकारबाट राहत भन्दा आहत धेरै पाएको गुनासो गरेका छन् । सरकारले विभिन्न समयमा फाराम भर्न लगाएर राजस्वमात्र असुलीरहेको तर आफूहरुको पक्षमा काम नगरेको उनीहरुको आरोप छ ।

बुधबार चन्द्रौटाको सहज नेपालको भवनमा कपिलवस्तु भूमि अधिकार मञ्च नेपालको नवौं साधारण सभा तथा चौथो अधिवेशन आयोजना गरिएको थियो । भित्तामा टाँगिएका ब्यानरमा लेखिएका थिए- ‘हाम्रै नारा हाम्रै भोट, बिर्सियौ बाचा दियौ चोट’, ‘गरिबको घर जलाउँछौ, कसरी सरकार चलाउछौ ?’

कपिलवस्तुमा अझै पनि १८ हजार भूमिहीन सुकुम्बासी रहेको अनुमान छ ।

कपिलवस्तु भूमिहीन अधिकार मन्च नेपालका अध्यक्ष प्रमोद पौडेलले नेताहरुले बिभिन्न आश्वासन दिएर भोट माग्ने तर चुनाव जितेपछि आफूहरुलाई बिर्सिने गरेको गुनासो गरेकाले यस्ता नारा लेख्न बाध्य भएको बताए ।

भूमि अधिकार मञ्च नेपालका केन्द्रीय अध्यक्ष लेमबहादुर दर्जीले सरकारले आफूहरुलाई दोस्रो दर्जाको नगरिकको रुपमा हेरेको आरोप लगाए ।

कार्यक्रममा नेपाल भूमि अधिकार मञ्च नेपालकी केन्द्रीय सदस्य बसन्ती चौधरी, समाजसेवी हरिप्रसाद पोखरेल लगायतले धारणा राखेका थिए ।

साधारण सभा तथा अधिवेशन बिहीबार नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । कार्यक्रममा कपिलवस्तुका सय भन्दा बढी भूमिहीनहरुको सहभागीता छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment