Wednesday, March 9, 2016

न्यायाधीश र कर्मचारी अभावमा मुद्दा फर्छ्यौटमा समस्या  

२६ फागुन, भक्तपुर । भक्तपुर जिल्ला अदालतमा वार्षिक करिब दुई हजार ५०० मुद्दा दर्ता हुने गरेपनि न्यायाधीश र कर्मचारीको अभावले मुद्दा फर्छ्यौटमा समस्या परेको जिल्ला अदालत भक्तपुरले जानकारी दिएको छ ।

न्यायाधीश र कर्मचारीको अभावले अदालतमा दर्ता भएकामध्ये ६० प्रतिशत मुद्दाको मात्र फैसला हुने गरेको अदालतको तथ्याङ्कले देखाएको छ ।

दर्ता भएका दुई हजार ५०० मुद्दामध्ये गत पुसभन्दा अगाडिसम्म एकजना न्यायाधीशले वार्षिक ८०० मुद्दा हेर्नुपर्ने भएपनि पुसको दोस्रो सातापछि दुई न्यायाधीशको दरबन्दी थप भए तर मुद्दा फर्छ्यौटले तदारुकता पाएको छैन ।

अदालतमा पाँच न्यायाधीशको दरबन्दी रहेको छ । यो हिसाबले एकजनाले वार्षिक करिब ५०० मुद्दा हेर्नुपर्ने हुन्छ ।

बढ्दो मुद्दाको सङ्ख्या, दक्ष जनशक्तिको अभावका कारण समयमै मुद्दाको फैसला गर्न नसकिएको अदालतका श्रेस्तेदार खड्कराज अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार जिल्ला अदालत भक्तपुरमा दैनिक २०/२५ को सङ्ख्यामा मुद्दा दर्ता हुने गरेको छ ।

आव २०७०/७१ मा एक हजार ४१७ मुद्दा दर्ता भएकामा एक हजार ३८६ मुद्दाको फैसला भएको थियो । त्यसैगरी भक्तपुर अदालतमा आव २०७१/७२ मा एक हजार ६०८ मुद्दा दर्ता भएकामा एक हजार ५८९ मुद्दा मात्रै फैसला भएको अदालतले जनाएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment