Wednesday, March 9, 2016

कामअनुसार चर्चा नभएका राजा

फाल्गुन २६, २०७२- हामी सबैलाई थाहा छ, हाम्रो कामको मूल्यांकन इतिहासले गर्छ । कतिपय अवस्थामा इतिहासले पनि न्याय गर्दैन । नेपालको इतिहासमा कामअनुसार चर्चा नगरिएका एउटा यस्तै शासक थिए— राजा शिवदेव तृतीय । लिच्छविहरूको अवशानपछि उदाएको ठकुरी वंशका शासक शिवदेव तृतीय नेपालको इतिहासमा राजाका रूपमा वि.सं. ११५६ देखि ११८४ को कालखण्डमा देखा पर्छन् । उनका कतिपय कार्य अहिले पनि स्मरणीय र अतुलनीय मानिएका छन् । तीमध्ये एक थियो— पशुपतिनाथको पुनर्निर्माण ।

पहिले–पहिले नेपालका मन्दिरहरूमा छाना हुँदैनथ्यो । छाना नभएका कतिपय मन्दिर अझै पनि काठमाडौं उपत्यकामा देखिन्छन् । त्यतिबेला पशुपतिनाथको मन्दिरमा पनि छाना थिएन । राजा शिवदेव तृतीयले नै पशुपतिनाथलाई राष्ट्रदेव घोषित गरेर मन्दिरमा छाना निर्माण गर्न लगाएका थिए भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । यिनै शिवदेव तृतीयलाई कतिपय इतिहासकारले कीर्तिपुर सहरको निर्माणको श्रेय पनि दिएका छन् ।

राजा शिवदेव तृतीयको सबैभन्दा महत्त्वपूर्ण कार्य तत्कालीन नेपालमा प्रचलित मुद्राहरूलाई स–साना एकाइमा विभाजन गरेर सोहीअनुरूपका सिक्का प्रचलनमा ल्याउनुलाई मानिन्छ । त्यतिबेलासम्म पनि नेपालमा राजा मानदेवको समयदेखि प्रचलित ठूला आकारका र ठूला मूल्यका सिक्का प्रचलित थिए, जुन व्यापारी तथा आमजनताका लागि सहज थिएनन् । सानातिना किनमेलमा पनि प्रचलित सिक्काको मूल्य बराबरको वस्तुभाउ खरिद गर्नुपर्ने बाध्यता हुन्थ्यो । आमजनताको दैनिकीमा देखिएको यस्तो असुविधालाई मध्यनजर गर्दै राजा शिवदेव तृतीयले नेपालमा स–साना एकाइका मुद्रासमेत प्रचलनमा ल्याएका थिए । उनले त्यतिबेला मुद्रालाई १ आना, २ आना, ४ आना (सुकी वा गौसुकी) जस्ता एकाइमा विभाजन गरेर त्यतिबेलाको व्यापार–व्यवसायलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । १ आना, २ आना, ४ आना मूल्यका मुद्राका ती एकाइ नेपालमा ३०–४० वर्षअघिसम्म पनि प्रचलनमा थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment