Wednesday, March 9, 2016

अस्ट्रेलियन आर्मीसँग क्रिकेट खेल्दै टिम नेपाल

फाल्गुन २६, २०७२- पहिलोपटक नेपाली क्रिकेटरहरुले अष्ट्रेलियन आर्मीको क्रिकेट टिमसँग प्रतियोगिता खेल्न पाउने भएका छन् । साउथ अष्ट्रेलियामा रहेका नेपाली क्रिकेटरहरुको टिम ‘टिम नेपाल’ र अष्ट्रेलियन आर्मीको टिमबिच यही सोमबार खेल हुने भएको छ ।

साउथ अष्ट्रेलियन क्रिकेट एसोसिएसनले आयोजना गरेको र ‘फ्रेण्डसिप कप’ नाम दिइएको यो खेल २० ओभरको हुनेछ । एडिलेड कपको अवसर पारेर आयोजना गरिएको यस प्रतियोगितामा टिम नेपालका तर्फबाट नेपालमा पनि क्रिकेट खेलिसकेका पारस जोशीको कप्तानीमा नेपाली टोली मैदानमा उत्रन्दैछ । निश्चल श्रेष्ठ उपकप्तान रहेको टोलीमा साउथ अष्ट्रेलियामा रहेर क्रिकेट खेलिरहेका नेपाली युवाहरु सहभागी छन् । अष्ट्रेलियामा रहेर खेल खेलिरहेका नेपाली युवाहरुको लागि आफ्नो सीप र दक्षता देखाउने यो ठुलो अवसर भएको खेलाडीहरुले बताएका छन् ।

‘यो हाम्रो लागि अत्यन्तै सुनौलो अवसर हो । एडिलेड नेप्लिज क्रिकेट एसोसिएसनका अध्यक्ष सन्तोष अधिकारीले कान्तिपुरसँग भने– यसले यहाँको क्षेत्रीय र राष्ट्रिय क्रिकेट टिममा समेत सहभागीताको अवसर सृजना गर्नसक्ने हामीले विश्वास लिएका छौं ।’ नेपालीहरुले पहिलोपटक यस्तो अवसर पाएको जानकारी दिदै उनले यसले आफ्नो देशको कला संस्कृतीको प्रचार प्रसार गर्ने मात्र नभएर समग्र नेपालको पर्यटन बिकासमा समेत सहयोग पुर्‍याउन सक्ने बताए ।

यस अवसरलाई सदुपयोग गर्दै सहभागी खेलाडीहरुले कमसेकम नेपाली टोपी लगाएर खेल मैदानमा प्रवेश गर्नेछन भने अन्य सहभागीहरुलाई नेपाली परम्परागत पोशाकमा नेपाली झण्डा सहित सहभागी हुन आग्रह गरिएको छ । यसैगरि नेपाली खानाको स्टल समेत राखिने खेलाडी समेत रहेका अधिकारीले जानकारी दिए । त्यसका साथै कार्यक्रममा नेपाली नृत्य पनि प्रस्तुत गरिनेछ । ‘हामीले यो प्रतियोगितालाई खेलको माध्यमबाट आफ्नो देशको नामलाई अझ चिनाउन मद्दत पुग्ने अवसरको रुपमा लिएका छौं ।’

यसैगरि उक्त दिन अष्ट्रेलियन पुलिसले अन्तराष्ट्रिय बिद्यार्थीहरुसँग प्रतियोगिता खेल्दैछ भने टिम इण्डिया र टिम पाकिस्तान बिच समेत समेत खेल हुँदैछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment