Wednesday, March 9, 2016

स्मार्टफोन बारेका १० मान्यता, जुन गलत हुन् तर सहीजस्तो लाग्छ

स्मार्टफोनको ब्याट्री, क्यामरा, प्रोसेसर तथा एप्स लगायतका बारेमा कैयन् मान्यता तथा भनाइ वा आम बुझाइ रहेका छन् । जसलाई हामी जान अन्जानमा सत्य ठानेका हुन्छौँ । यद्यपि यी भनाइहरु वास्तवमा सत्य हुँदैनन् । हामीले सही ठानेका तर वास्तवमा सत्य नभएका स्मार्टफोन बारेका १० मिथक यस्ता छन्:

· प्रोसेसरको क्षमता दोब्बरले बढाउने बित्तिकै मोबाइलको कार्यक्षमता पनि दोब्बर हुन्छ : 

वास्तवमा तपाइँले फोनको चिपलाई सिंगल कोरबाट डुअल कोर बनाउनुहुन्छ । डुअल कोरबाट क्वाडकोर बनाउनुहुन्छ ।तर फोनका अन्य सफ्टवेयर तथा हार्डवेयरको क्षमता भने उहीँ नै हुन्छ । यी सबै चिपलाई एकै ब्याट्री तथा सिमित मेमोरीबाट काम चलाउनु पर्दछ । त्यसैले केवल प्रोसेसरलाई दोब्बर पार्दा मात्र फोनको पर्फमेन्स दोब्बर हुँदैन ।

· क्यामरा जतिधेरै मेगापिक्सेलको भयो उति नै राम्रो फोटो खिच्दछ :

स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण फिचर भनेको यसको डिजिटल क्यामरा पनि हो । तर यदि क्यामराको मेगापिक्सेल जति बढि भयो त्यसले खिच्ने फोटोको क्वालिटी उति नै राम्रो हुन्छ भन्ने भ्रममा हुनुहुन्छ मने तपाइँ गलत हुनुहुन्छ । बढि मेगापिक्सेल हुनु भनेको तपाइँले फोटोलाई ठूलो पारेर पि्रन्ट गर्न सक्नुहुन्छ । तर फोटोको इमेज क्वालिटी क्यामराको सटर स्पीड तथा अपर्चर लगायतमा निर्भर गर्छ, मेगापिक्सेलमा होइन ।

· स्क्रिनमा स्क्र्याच हुनुबाट जोगाउन स्क्रिन प्रोटेक्टर लगाउनु आवश्यक हुन्छः

स्मार्टफोनकेा स्त्रिmनलाई स्क्र्याच हुनबाट बचाउनका लागि हामी सबैले फोनमा स्त्रिmन गार्ड लगाउँदछौँ । तर अहिले लगभग सबै स्मार्टफोन कर्निंग गोरिल्ला ग्लास तथा स्त्रिmन प्रोटेक्सन टेक्नोलोजीले युक्त भएका हुन्छन् । त्यसैले यस्ता स्त्रिmनवाला स्मार्टफोनमा स्त्रिmन प्रोटेक्टर हाल्नु नै जरुरी छैन ।

· स्मार्टफोनमा आफै भाइरस तथा मालवेयर आउँदछन्ः 

टेक एक्स्पर्टका अनुसार यदि तपाइँ थड पार्टी वा अनधिकृत श्रोतबाट एप डाउनलोड गर्नुभयो भनेमात्र तपाइाको फोनमा मालवेयर आउँदछ । एन्ड्रोइड डिभाइसको कुरा गर्ने हो भने यदि तपाइँ गुगल प्ले स्टोरबाट एप्स डाउनलोड गर्नुभयो भने तपाइँको फोनमा मालवेयर आउने सम्भावना कम हुन्छ । आइफोनमा पनि यस्तै हुन्छ ।

· एप्स बन्द गरेसँगै फोनको पर्फमेन्स बढ्दछ:

यो सत्य होइन । तत्काल प्रयोगमा नरहेका एप्सहरु पृष्ठभूमिमा चलिरहेका हुँदैनन्, ती र्याममा स्टोर भएका हुन्छन् ता की तपाइँले पुनः प्रयोग गर्न चाहनुभयो भने तुरुन्तै त्यसमा जान सक्नुहोस् । त्यसैले रिसेन्टली युज्ड एपलाई बन्द गर्नु आवश्यक हुँदैन । किनकी यसले तपाइँको फोनको पर्फमेन्समा कुनै नकारात्मक प्रभाव पार्दैन ।

· लोकल चार्जरको प्रयोगको ब्याट्री फुट्दछ: 

स्मार्टफोन ब्याट्रीमा विस्फोट हुनुका विभिन्न कारण हुन्छन् । यसमा लोकल चार्जरको हात हुँदैन । जबतक चार्जर बिग्रिएको वा शट भएको हुँदैन र राम्रोसँग काम गरिरहेको हुन्छ, यसले ब्याट्रीमा असर पार्दैन, चाहे चार्जर जुनसुकै कम्पनीको किन नहोस् । ओर्जिनल चार्जर पनि यदि बिगि्रयो भने त्यसले ब्याट्रीलाई असर पूराउन सक्दछ ।

·  थर्ड पार्टी एप्सले ब्याट्री लाइफ बढाउन मद्धत गर्दछन् :

यो सबैभन्दा चल्तीको गलत बुझाइमध्ये एक हो । ब्याट्री अप्टिमाइजिंग एप्सले फोनको ब्याट्री लाइफ बढाउनमा मद्धत गर्दछन् भन्ने सुनेर हामीले यस्ता धेरै एप डाउनलोड गरेका हुन्छौँ स्मार्टफोनमा । तर यथार्थ भने त्यस्तो हुँदैन । कुनै ब्याट्री एप्सले त ब्याट्री ब्याकअपको मामिलामा कुनैपनि भूमिका खेलेका हुँदैनन् । कतिपय कामयावी एपहरुले समेत केवल ब्याट्री व्यवस्थापनमा मात्रै सहयोग गर्दछन् । यिनीहरुको काम अन्य एपलाई व्यवस्थापन गर्नु हो, ब्याट्री ब्याकअप बढाउनु होइन ।

·  ब्लुटुथ तथा वाइफाइ अन भयो भने ब्याट्रीको चार्ज छिटै सकिन्छ :

यदि प्रयोग गरिरहनुभएको छैन भने वाइफाइ तथा ब्लुटुथ बन्द गरिदिएकै राम्रो । तर सत्य के हो भने ब्लुटुथ र वाइफाइ प्रयोग भैरहेको छ भने मात्र त्यसले ब्याट्रीको चार्ज गर्छ गर्दछ । केवल अन भएको अवस्थामा भने यसले ब्याट्रीको चार्ज खर्च गरेको हुँदैन ।

· चुम्बकको नजिक राख्दा फोनको डाटा सबै नष्ट हुन्छ: 

फोनको डाटा मेमोरी कार्डमा संचय भएको हुन्छ । त्यसैले चुम्बकको नजिक फोन राख्नाले मोबाइमा रहेका डाटा नष्ट हुन्छन् भन्ने भनाई गलत हो । चुम्बक नजिक हुनाले स्मार्टफोनको स्टोरेजमा कुनै असर पार्दैन ।

· चार्जिंग गरिरहेको बेलामा फोनको प्रयोग गर्नु हुँदैन: 

यो पनि एक गलत धारणा हो । चार्जिंग भइरहेको बेलामा फोन प्रयोग गर्नाले यो बढि तातो हुन्छ भन्ने मान्यता छ । तर चार्ज भैरहेको बेलामा चलाउनाले फोन तात्ने होइन । फोन तात्नुमा यसको हार्डवेयर तथा सफ्टवेयरको समस्या मुख्य कारक हुन्छ । चार्जिंगका बेला फोनको प्रयोग गर्नुमा समस्या हुँदैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment