भनिन्छ अहिलेको जमाना निष्ठुरी छ । मानिसहरु संवेदनहीन, निर्दयी तथा हृदय नै नभएका जस्ता लाग्छन् । यी सबै देख्दा कहिलेकाहीँ लाग्छ जिन्दगीमा कतै सफलता प्राप्त गर्नका लागि निर्दयी तथा अहंकारी नै बन्नुपर्ने हो ? आउनुहोस् यो प्रश्नको जवाफ खोज्ने कोसिस गरौँ ।
पहिले त तपाइँलाई यो कुरा भनौँ की निर्दयी मानिसहरु कस्तो प्रकारका हुन्छन् । मनोवैज्ञानिकहरुले धेरै शोध अनुसन्धानबाट के पाएका छन् भने यस्तो मानिसहरु तिन प्रकारका हुन्छन् ।
पहिलो, अहंकारी । जसलाई अंग्रेजीमा नार्सिसिस्ट भनिन्छ । यस्ता मानिसहरु आफैमा हराउँछन् । आफैलाई नै सबैभन्दा राम्रो ठान्छन् र अरुलाई गन्दैनन् ।
दोश्रो, मनोरोगी । यस्ता मानिसहरु अरु मानिसको भावनालाई रत्तिभर ख्याल गर्दैनन् । प्रायः सोँचविचार विना नै आवेगमा फैसला लिन्छन् । मानिसहरुसँग कडिकडाउ तथा भद्दा रुपमा प्रस्तुत हुन्छन् ।
तेश्रो , धूर्त । मनोवैज्ञानिकहरुले यस्ता मानिसलाई अंग्रेजीमा मेकियावेलियन भन्दछन् ।
यो शव्द इटालीका विश्वप्रसिद्ध राजनीतिशास्त्री मेकियावेलीको नामबाट राखिएको हो । मेकियावेली राजनीतिमा धूत्र्याइँ तथा ढाँटछलबाट काम लिनुपर्छ भन्ने विचारका समर्थक थिए ।
मेकियाबेलियन अर्थात् धूर्त मानिसहरु आफ्नो फाइदाको लागि जे पनि गर्न पछि पर्दैनन् । अरुको भावनासँग खेल्दछन् र छलछामको सहारा लिन्छन् । समग्रमा भन्नुपर्दा उनीहरु आफ्नो फाइदा तथा सफलताको लागि जुनसुकै हदसम्म जान सक्छन् । वैज्ञानिकहरुले उपरोक्त तिनवटै गुणहरुलाई डार्क ट्राएड नाम दिएका छन् ।
कहिलेकाहीँ यस्तो हुन्छ की यी तिनैवटा चरित्रहरु एउटै मानिसमा पनि देखा पर्न सक्छन् । यस्तो मानिस जो अहंकारी हुन्छ, खोक्रो हुन्छ, निष्ठूर हुन्छ तथा नक्कली हुन्छ ।
त्यस्तो मानिस सदैव षडयन्त्र रचना गर्नमा व्यस्त हुन्छ । उसलाई अरु मानिसको कुनै मतलब नै हुँदैन । यी सबै दुर्गुण भएपछि त उसलाई मनोरोगी नै भन्दा पनि फरक पर्दैन । तर सवाल यो हो की यी मध्ये कुन किसिमको निर्दयी हुनु तपाइँका लागि सबैभन्दा फाइदाजनक हुन्छ ?
मनोवेत्ताहरुका अनुसार विश्वका ठूला कम्पनीका सिइओहरुमा मनोरोगीको लक्षण पाइन्छ । अंग्रेजीमा यसलाई स्नेक्स इन सुट्स अर्थात् सुटेड बुटेड सर्प भनिन्छ । यस्ता मानिसहरु पनि निष्ठूर हुन्छन् र व्यवहारमा अनौठो प्रकारको अस्थिरता पनि हुन्छ ।
तर कहिलेकाहीँ कार्यालयमा यस्ता प्रकारका मानिसहरु हुनु आवश्यक पनि हुन्छ, जसले गम्भीर फैसलाहरु लागू गर्न सकून् ।
यद्यपि पूराना अनुभवहरुबाट यो प्रष्ट हुन सकेको थिएन की निष्ठूरीपनका अन्य गुणहरु भएका मानिसहरु खास जिवनमा कत्तिकोे सफल बन्न सक्दछन् ।
स्विजरल्याण्डको बर्न विश्वविद्यालयका डेनियल स्पर्कले यो प्रश्नको जवाफ खोज्ने कोसिस गरेका छन् ।
उनले जर्मनीका करीब ८ सय मानिसहरुको अनलाइन सर्भेक्षण गरे जसमा हरेक क्षेत्रमा काम गर्ने मानिसहरु सहभागी थिए । उक्त सर्भेको नतिजा छक्क पार्ने खालको रह्यो ।
सबैभन्दा रोचक त के पाइयो भने आमरुपमा सुटेड बुटेड सर्प भनिने अर्थात् मनोरोगीको सूचिमा राखिएका मानिसहरु आफ्नो करिअरमा खासै सफल देखिएनन् जति उनीहरुलाई पहिले सफल मानिएको थियो ।
उनीहरुको कमाइ कम पाइयो र सफलताको सिँढी चढ्ने कुरामा पनि उनीहरु पछाडि परेका थिए । आफ्नो कामबाट पनि उनीहरुपूर्णरुपमा सन्तुष्ट थिएनन् । डेनियल स्पर्कका अनुसार मनोरोगीको आफ्नो व्यवहारमाथि कुनै नियन्त्रण हुँदैन । उनीहरुको जोखिम मोल्ने क्षमता भने कहिलेकाहीँ काम आउँछ ।
तथापि सोँचविचार नगरीकन काम गर्ने उनीहरुको बानी अन्ततः हानिकारक सावित हुन्छ । उनीहरु खासगरी आफ्नो मूडको उतारचढावका सिकार हुन्छन् कामकाजमा उनीहरुको मन जाँदैन । मनोरोगीहरुको सर्भे गर्ने स्पर्कको मान्यता यो छ की यदि कोही मनोरोगी बुद्धिमान छ भने उसले आफ्ना यस्ता कमिकमजोरीलाई काबुमा लिनसक्छ र जिन्दगीमा सफल बन्न सक्छ ।
स्पर्कका अनुसार निर्दयी मानिसहरुमध्ये मेकियाबेलियन्स अर्थात् धुर्त मानिसहरु सबैभन्दा सफल बन्दछन् र निकै तिब्र रुपमा सफलताको सिँढी चढ्न सक्छन् । यदि तपाइँ अर्काको कामको क्रेडिट समेत आफुले नै लिन सक्नुहुन्छ र अरुमाथि नियन्त्रण राख्न सक्नुहुनछ भने जगजाहेर छ की तपाइँ सबैभन्दा अगाडि हुनुहुन्छ ।
तर यदि सफलतालाई पैसामा मापन गर्ने हो भने अहंकारी अर्थात् नार्सिसिस्ट चरित्रका मानिसहरु सबैभन्दा अगाडि देखिएका छन् । यस्ता अहंकारी तथा आफैमा हराउने तथा आत्ममुग्ध मानिसहरु अरुमाथि आफ्नो राम्रो प्भाव जमाउन सफल हुन्छन् । यस्ता मानिसहरु निकै राम्रो ढगबाट मोलतोल गर्न सक्षम हुन्छन् र कमाइको मामिलामा पनि अगाडि हुन्छन् ।
तर यदि तपाइँ यस्ता मानिसहरुको सफलताबाट हौसिएर वा लोभिएर आफ्नो अन्तरमनमा निर्दयीपनाको भाव पर्दा गर्न चाहनुहुन्छ भने पर्खनुस्, विचार गर्नुहोस् एकछिन ।
किनकी डेनियल स्पर्कको सर्भेक्षणका क्रममा अन्य तथ्य पनि प्रकाशमा आएका छन् ।
करिअरमा सफलता हासिल गर्ने, पैसा कमाउनमा अगाडि रहने यी मनोरोगी तथा आत्ममुग्ध मानिसहरु जिन्दगीका अन्य पहेलीहरुमा भने निकै पछाडि हुन्छन् ।
भलै यिनीहरुको सुरुवात शानदार हुन्छ, असरदार तथा चमकदार देखिन्छन् तर विस्तारै मानिसहरुले यिनीहरुको चरित्र थाहा पाउँछन् र अन्ततः यिनीहरु सबैसामु नांगिन्छन् ।
अहंकारी मानिसहरु जो आफैमा हराउँछन् त्यस्ता मानिसहरुसँग अरु मानिस नजिक हुन चाहँदैनन् त्यसैले उनीहरु एकलकाटे बन्दछन् ।
यस्तै प्रकारले मेकियाबेलियन्स अर्थात् धूर्त मानिसहरुको चलाखीपनको पत्तो जब अरुले पाउँदछन् उनीहरुको छलछाम तथा नक्कली व्यवहार उजागर हुन्छ ।
मित्रवत तथा मायालु चरित्र भएको मानिस भलै करिअरमा तिब्र रुपमा अगाडि जान तथा सफलताको सिँढी तिव्ररुपमा चढ्न नसक्ला । तर यस्तो चरित्रका मानिसहरु जिवनमा सबैभन्दा बढि खुसी हुन्छन् र उनीहरुको स्वास्थ्य पनि निर्दयी तथा धूर्त मानिसहरुको भन्दा राम्रो हुन्छ ।
महत्वाकांक्षाबाट तपाइँ सफलताको केही सिँढी त चढ्न सक्नुहोला तर वास्तविक सफलताका लागि तपाइँको आन्तरिक बुद्धिमानी तथा कौशल हुनु आवश्यक छ । त्यसैले निर्दयी होइन मायालु बन्नुस् ।
एजेन्सीको सहयोगमा
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment